निमाको घरको बुइँगलमा उनका पुराना खेलौनाहरू थुपारिएका थिए । ती खेलौनाहरूमध्ये एउटा खेलौना अनौठो खालको थियो । बास्तवमा त्यो खेलौना हो कि होइन भन्ने निधो पाठकहरूले नै गर्नुहुनेछ ।
निमाका बुबा राजदूत भएर जर्मनीमा बसेको बेलामा निमा पनि बुवासँगै थिइन् । त्यहाँ छँदा उनको जन्मदिनमा उनका बुबाका साथीहरूले धेरै खेलौना उपहार दिएका थिए । ती खेलौनाहरूमध्ये त्यो अनौठो खेलौना पनि थियो । त्यो खेलौना काठले बनेको थियो । उसको लुगा सिपाहीको जस्तो थियो । टाउकोमा ठूलो लाम्चो टोप लाएको थियो । ठूला आँखा, तीखा जुँगा, बाहिरै देखिने सेतासेता दाँत, सिंहको जस्तो कान ढाक्ने कपाल अनि बोके डाढी । तल्लो ओठदेखि च्युदोसम्मको अंग सँधै तलमाथि हल्लिरहन्थ्यो । एकान्तमा भेट हुँदा तर्सर्ाााजस्तो उसको अनुहार थियोे ।
उसको वास्तविक नाम दाँते होइन । तर बुइँगलका अरु खेलौनाहरू र मुसाहरूले उसलाई यही नामले चिन्छन् । नेपाल आएकोमा पहिले उसले निकै पछुतो गरेको थियो । तर अब ऊ यहीँ बसोबास गर्न चाहन्छ । बाकी कथा उसैको मुखबाट सुनौँ ।
निमाका साथीहरूले मलाई देख्ने बित्तिकै नाकमुख खुम्च्याउँदै भन्ने गर्थे, “छया, कस्तो खेलौना हो यो । हर्ेर्दै डरलाग्दो । भो योसँग नखेलौँ । यसलाई परै राख ।”
निमाको घरमा आएदेखि म बेकम्मा भएँ । मेरो केही इज्जत बाकी रहेन । नेपाल आएपछि पनि केही समय त निमाका आमा बाले मलाई उनीहरूको बैठक कोठामा सजाएर राखे, तर मलाई केही काम दिएनन् । काम नगरी बस्नुपर्दा म निक्कै दुखी थिएँ । मेरो उदास अनुहार देखेर होला एक दिन उनीहरुले मलाई बुइँगलमा सारे ।
बुइँगलमा आएपछि मेरो जीवनको उद्देश्य नै फेरियो । यहाँ अरु पनि थुप्रै खेलौनाहरू थिए । धेरैजसो खेलौनाहरू बूढा, थोत्रा, खुइलिएका र मिल्काउने अवस्थामा थिए । तर म भर्खरको ठिटो थिएँ ।
यस्तो काम गर्ने उमेरमा बुइँगलमा थन्किनुपर्दा मलाई झन दुःख लाग्यो । अरु खेलौनाहरूले कस्तो बेकम्मा रहेछ यो त । यो उमेरमै बुइँगलमा थन्क्याइदिएछन् भनेर जिस्क्याउन थाले । तिनीहरूको घोचपेच सुन्दासुन्दा मलाई दिक्क लाग्थ्यो । किन नेपाल आएँ हुँला भनेर मलाई पछुतो लाग्न थाल्यो ।
रात पर्यो कि बुइँगलमा खेलौनाहरूको बैठकजस्तै हुन्थ्यो । खेलौनाहरूले पालैसँग आआपmना अनुभव सुनाउँथे । मेरो पालो आएपछि मलाई बोल्न पनि दिन्नथे । यो अल्छी, कामचोरको पनि के कुरा सुन्नु भनेर उनीहरू आआपmनो ठेगानतिर लाग्थे ।
बुइँगलमा मुसाहरू पनि थिए । कहिले काहिँ बिरालो र र्सप आएर मुसालाई सखाप पार्थे । मुसाहरूले चोरेर ल्याएका सामानहरू यहीँ थुपारेर राख्थे । तिनीहरूले आफूलाई काम नलाग्ने माल सामान पनि चोरेर ल्याउँथे । ती मुसाहरूले पनि अरु खेलौनाको लहैलहैमा लागेर मलाई जिस्क्याउँथे । बेकम्मा , कामचोर भनेर गिज्याउँथे ।
एक पल्ट बुइँगलका मुसाहरूमाथि ठूलो आपत आइलाग्यो । घरधनीले मुसा हिँडने सबै प्वाल टालिदिए । अनि मुसा मार्नका लागि ठाउँठाउँमा धराप पनि थापे । चारपाँच वटा ठिटा मुुसाहरू अकालमा मरे । मुसाहरू बुइँगल छाडेर जान नसक्ने अवस्था आयो । उनीहरूले चोरेर बुइँगलमा लुकाएर राखेका सबै अन्न र अरु खानेकरा तुरिन थाल्यो । उनीहरू भोकै पर्न थाले ।
खान मिल्ने सबै कुरा सकिए पनि उनीहरूसँग सुपारी र ओखर निक्कै बाकी थियो । त्यहाँ भएको सुपारी र ओखरमात्रै फोरेर खान सके पनि उनीहरूलाई झण्डै एक महिना पुग्ने खानेकुरा थियो । तर उनीहरूले सुपारी र ओखर फोर्नसक्तैनथे ।
भोका मुसाहरूले खेलौना खाएर बाँच्न सकिन्छ कि भनेर खेलौनाका हात गोडा र अनुहार पनि टोक्न, चपाउन थाले । मेरै हात खुट्टा पनि धेरै पटक टोके । मेरो कपाल र दाह्री त बाकी नै राखेनन् । यस्तै हो भने अब हामी खेलौनाहरू सबै मुसाका पेटमा पुग्ने भयौँ ।
एक दिन मुसाहरूले भोकले मेरा हात गोडा र गाला टोक्न थाले पछि अचानक मैले मेरो कर्तव्य सम्झेँ । मरो हात गोडा खान तम्सेका मुसाहरूलाई मैले भनेँ, “पर्ख तिमीहरूले खान हुने कुरा यो बुइँगलमा अझै बाकी छ ।”
मेरो कुरा सुनेर ती भोका मुसाहरूले अपत्यारिलो ढंगले मतिर हर्ेर्दै सोधे, “खेलौनाहरूबाहेक अझै के बाकी छ र खान हुने कुरा -“
मैले बुइँगलको कुनामा भएको ओखर र सुपारीको थुप्रो देखाउँदै भने, “तिमीहरूले मेहनत गरेर संगालेको यत्रो पोषिलो खाने कुरा बाकी नै छ । किन आत्तिन्छौ -“
मेरो कुरा सुनेर सबैले एकै स्वरले भने, “त्यो फोरेर खानसक्ने भए त हाम्रो त वंशै विनाश हुनबाट जोगिन्थ्यो नि । तर हामी त्यो फोरेर खान सक्तैनौँ ।”
उनीहरूको कुरा सुनेर मलाई हाँसो उठ्यो । टिठ पनि लाग्यो । मैले एउटा मुसालाई सुपारी र ओखर ल्याएर मेरो मुखमा राखिदिन भने ।
“त्रि्रो मुखमा राखिदिएर हाम्रो पेट भरिन्छ – कस्तो ठग रहेछ यो त । हामीलाई त मर्ुर्खै ठान्याछौ कि क्या हो -” भोका मुसाहरू रिसाए ।
मैले भनेँ । “हेर म खेलौना हुँ । तिमीहरूलाई झैँ मलाई भोक लाग्दैन र खानु पनि पर्दैन । एउटा सुपारी वा ओखर ल्याएर त हेर म के गर्नसक्छु ।”
खान नपाएर दुब्लाएका मुसाहरूले सकीनसकी केही सुपारी र ओखर मेरो अगाडि ल्याए । मैले एउटा सुपारी मुखमा राखेँ र दाँतले टोकेर टुक्राटुक्रा पारेर मुसाहरूको अगाडि राखिदिएँ । भोका मुसाहरूले अत्तिँदै सुपारीका टुक्राहरू खाए । त्यसै गरी मैले आठदश वटा सुपारी र ओखर फोरेर मुसाहरूलाई दिएँ । धेरै दिनपछि उनीहरूको पेटमा खाने कुरा परेको हुनाले उनीहरू बोल्न र चल्नसक्ने भए ।
मुसाहरूलाई भोक लाग्यो कि ओखर र सुपारीजस्ता साह्रो कुरा फोरेर दिनु अब मेरो नियमित काम हुन थाल्यो । उनीहरूले मलाई माया र इज्जत पनि गर्न थाले । मेरो कुरा सुन्न थाले । मेरो गुन सम्झना गर्दै उनीहरूले मेरो दाह्री जुँगामा रौँ थपेर लामो बनाइदिने र मलाई दोसल्ला ओढाउने निधो गरे ।
अर्कोतिर मलाई देखिनसहने खेलौनाहरूले पनि मैले गर्दा उनीहरू मुसाको आहार बन्नु नपरेकोमा गुन मानेछन् । उनीहरूले पनि मलाई काँधमा बोकेर अबिरजात्रा गर्दै बुइँगल घुमाउने कार्यक्रम बनाए ।
मलाई सम्मान गरेको दिनमा सबैले मेरो तरिफ गरे । परोपकार नै सबैभन्दा ठूलो धर्म हो र अर्काको लागि बाँच्ने नै सबैभन्दा महान हुन्छ भनेर बूढो मुसाले भनेको म कहिल्यै बिर्सन्न ।
हुनत मलाई अहिले पनि मेरो देश निक्कै माया लाग्छ । तर स्वदेश र्फकन नपाएकोमा अब पहिलेजस्तो दुःख लाग्दैन । जहाँ बसे पनि आपmनो कर्तव्य गर्ने नै हो । अब म दिक्क भएर बस्दिन । मलाई मुसा र खेलौना सबैले माया गर्छन् । जर्मनीमा मलाई नोन नाका वा नट क्राकर भन्थे भने यहाँ साथीहरूले मलाई मायाले दाँते भन्छन् । काम अनुसार नाम दिएकोमा मलाई खुशी नै लागेको छ ।
तर मलाई एउटा कुराको अझै दुःख र आशा पनि छ । मुसा र खेलौनाहरूले मेरो महत्व बुझेर इज्जत गरे तर निमाले अझै पनि मलाई चिन्न सकिनन् । हरेक वर्षनेपालमा तिहार आउँछ । तिहारमा लाखौँ सुपारी र ओखर फोरिन्छ । तर सुपारी र ओखर फोर्न म दाँतेलाई कसैले पनि सम्झन्न । आउने तिहारमा त पक्कै सम्झलान् र बुइँगलबाट सरेर बैठक कोठामा बस्न पाउँला भन्ने आशा मैले मारेको छैन ।
(स्रोत : Binaya Kasajoo’s Blog)