~सावित्रा रिमाल~
जञ्जिरले वाँधिएर
वसेका ति अवोध गलाहरु
अव हामीले खोल्नै पर्छ
आउ हे नारीहरु हो
एक जुट भई बोल्नै पर्छ
स्वत्रन्त्रताका निमित्त बलेका
दियोहरुमा
अझै तेल थप्नु पर्छ
उठ उठ हे नारी हो
हातमाथि हात राख्नु पर्छ
यूगले भुले छ सतिका
ति अनमोल आँसुहरु
अव हामीले त्यसको मुल्य खोज्नै पर्छ
जाग हे नारीहरु हो
क्रान्तिका लागि वोल्नै पर्छ
अक्षरमा सिमित भएका
कानुनका निरिह ठेलीहरु
अव हामीले च्यात्नै पर्छ
अघि वढ हे नारीहरु
दासताका बन्धनहरु तोड्नै पर्छ
अधिकार माग्दै हामीले
युगौ देखी निरन्तर लडीरहेछौँ
अधिकार मागेर होइन खोसेरै लिनुपर्छ
उर्लि आउ नारीहरु भविष्य आफैँ कोर्नु पर्छ
त्रिभुवन त्रिशुली बहुमुखी कलेज
(स्रोत : समर प्रतिक )