कथा : सानु

~मित्र सङ्ग्रौला~

सानु ! म तिमीलाई सुुस्तरी वोलाउथेँ ।

किन सर ?

दुुई स्वप्नील आँखा उठाएर तिमी मलाई हेर्दथ्यौ ।

रेखा चित्र बनायौ ?

बनाएँ सर ।

खै हेरौँ त ।

नाई राम्रो छैन ! तिमी लजाउथ्यौ । हातमा उठाएको कपि विस्तारै घुमाएर छाँतीमा लुकाउथ्यौ । म मौन हुन्थेँ । यस्तो वेला के भन्ने के सोच्ने,के गर्ने कुनै निर्णय नै दिमागमा सझ्दैन थियो । तिमी सानी थियौ । नाम पनि सानु । सेतो सर्ट ,निलो फ्रक र निलो नै टाई तिम्रो डे«स थियो । शान्त मुुधुर मुहारमा एक जोडी आकासका तारा जस्ता सफा आँखाले सधैँ मलाई चिहाउने गथ्र्यौ । मत एक महिनाको लागि अभ्यास शिक्षणमा आएको छात्र शिक्षक थिए । एक महिनाको लागि भएनि म शिक्षक थिए, अनि तिमी विद्यार्थी । हामी वीच शिक्षक बिद्यार्थीको नै नाता हुनु पथ्र्यो । तर किन हो यो मन त्यसै बेचैन हुन्थ्यो । कक्षा कोठामा पस्नासाथ मेरा आखाले तिमीलाई खोज्थ्यो । तिमी कति सरल,कति शान्त भएर हेरिरहेकी हुन्थ्यौ बिद्यार्थी माझ । खै ! थाहा छैन ती लोलाएका आँखा भित्र के लुकेको थियो ,तिमी मेरो विद्यार्थी हौ भन्ने नै म विर्सन पुुग्थेँ । सत्य सानु, तिमी प्रतिको यो वेचैनी ममा आएको विकृति थियो कि पागलपन म आफैँलाई थाहा थिएन । मलाई यति थाहा थियो तिमी मेरी विद्यार्थी हौ । तिमी प्रति अन्यथा सोच्नुु हुुन्न तर म कति विवश थिए मेरो मन मेरै वसमा थिएन । म आफुुलाई कति सम्झाउथेँ –यो सव ठिक छैन ।मैले यस्तो गर्न हुदैन । यस्तो सोच्न पनि हुदैन । तर सानु समयले मलाई कति कमजोर बनाएको थियो । तिमीलाई एक दिन कक्षामा नदेख्दा मेरो मन उदास हुन्थ्यो । पढाउन मन नै लाग्दैन थियो । कता आफैलाई भित्र पिडा महशुुस हन्थ्यो । तिम्रो मुहार अँध्यारो हुुँदा मेरो मन रुन्थ्यो । मेरो सानुु ! तिमीलाई केही थाहा थिएन ममा यस्तो भावना कसरी आयो । तिमी लाई चोट लाग्दा मलाई दुुख्थ्यो । तिमी रिसाउदा मन खिन्न हुुन्थ्यो । तिम्रो हाँसोले मात्र मनमा अलिकति खुुसी भर्न सक्थ्यो ।

एक दिन तिमीले आफ्नो होमओर्कमा पानको पात बनाएकी थियौ । छेवैमा कुन्निके लेखेर मेटिकी थियौ । तिम्रो यो व्यवहार शिक्षकको लागि पाच्य थिएन । मैले साइकोलोजीमा पढेको थिए । किशोर अवस्थामा चञ्चलताले छाउँछ । यस अवस्थामा विवेकले काम गर्न सक्दैन । अल्लारे भावुकताले नै मान्छेलाई अनियन्त्रित बनाएको हूुन्छ । तिमी पनि भर्खर किशोर अवस्थामा प्रवेश गरेकी किशोरी थियौ । तिमीलाई भावनामा बहकिनुुबाट बचाउनुु मेरो कर्तव्य थियो तर म आफै कमजोर भइसकेको थिए । जस्तै अवस्थामा पनि तिमीलाई ठिक ठाउँमा ल्याउनुु पथ्र्यो । तिमी लाई अवदेखि यस्तो नलेख्नुु है भनुुँ भन्थेँ तर मेरो एक्कासी मुटुको धड्कन बढेर आउथ्यो । तिमी सामुु निर्धक्क उभिन नै कता कता डर लागेर आउथ्यो । आखिर यो सब के हुुँदै थियो । हाम्रो यस्तो क्रियाकलापको परिणाम के हुुन्थ्यो । तिमीलाई केही थाहा थिएन तर म भने भित्र–भित्रै आतङ्कित थिए । कहिले काही त तिमी सँग रिस पनि उठ्थ्यो ,अरुले जस्तै किन तिमीले मलाई शिक्षकको रुपमा हेरिनौँ ? फेरि कता –कता सुुख पनि लाग्थ्यो । तिमीले लुुकि–लुुकि हेर्दा मेरो मन त्यसै घायल हुुन्थ्यो । मेरो सानुु ! तिमीले लज्जालुु आँखा छड्के पार्दै सर भन्दा सुुख मिल्थ्यो । यसरी क्रमश; म तिमीमा हराउदै गइरहेको थिए ।

इलाम क्याम्पस माथिको बस पार्कमा एक दिन तिमी लाई देखेँ परैवाट । तिमी भएको ठाउँमा जाऊ न जाऊ यो मन भयो । जाऊ भने एउटा अर्कै नराम्रो खाडलमा फस्ने डर थियो । नजाऊ भने आफैलाई आफैले मार्नुु बराबर हुुन्थ्यो तर पनि साहास बटुुलेर आफुलाई सामान्य बनाए । सामाजिक नैतिकताले दिलको रहर लाई जित्न सकेन । तिमी तर्फ बढेका पाइला लडखडाउदै थिए । आफुुलाई संयमित बनाउदै तिमी सामुु पुुगेँ ।

“यो एकान्तमा के गर्दैछौ सानुु ? मैले सहास बटुलेर गरेको प्रश्न ।

“आज भोली एकान्त मन पर्छ सर ”

“किन ? ”

मनको बह बुुझ्ने कोही नभए पनि एकान्त नै साथी बन्दोरहेछ सर ? सत्य सानुु ! त्यस बेला मलाई केही बोल्न आएको थिएन । तिमी भनाइले भित्र बिझाएको थियो । मुुटुु वारपार हुने गरी तिखो तीरले घोपेको थियो । कुुन्नि कस्तो अज्ञात अपराध बोधले म बेहोस हुदै थिए । तिमी भने चुुपचाप र उदास थियौ । एउटा शिक्षकको वनावटी रवाफ ओठमा ल्याउदै भनेको थिए–“पढ्नुु पर्दैन ? ” यसरी भावनामा बगेर हुुन्छ ?

“खै ! मेरो त दिलनै वसमा छैन सर । म पनि चाहान्थेँ सवै कुुरा भुुलि दिऊ । तर मन जति बाँड्यो उति नै उड्दो रहेछ । मलाई पनि थाहा छ यो सब ठिक छैन तर म के गरौँ ? यो मन मान्दैन । किन त्यसै रुन आउँछ ,आखिर मलाई के भयो ? मैले तपाईलाई धेरै दुुख दिए है सर ? मलाई किन गाली गर्नुु हुुन्न ? किन पिट्नुु हुुन्न सर ?”

त्यसवेला तिम्रो आखाँ भरिदै थियो । आफ्नो आँसुलाई म बल पूर्वक रोक्दै थिएँ –

“हेर सानु ! यसरी कमजोर बन्नुहुन्न । जे भयो भयो अब यस्तो कुुरा दिमागमा नल्याउनुु । साथीहरु सँग खेल्नुु ,पढ्नमा ध्यान दिनुु ,मलाई सरको रुपमा मात्रै सम्झनुु । अनि यसरी एकान्तमा पनि नआउनुु ,कक्षादेखि बाहिर मलाई कहिल्यै नभेट्नुु ल !”
तिमीले ल को अर्थमा टाउको हल्लायौ र रोयौ अनि विस्तारै आँखा उठाएर मलाई हे¥यौ । ती आँखामा कति दुख थियो ,विछोडको अप्राप्तिको कहालिलाग्दो डर थियो । मैले यो सवै सहन सकिरहेको थिइनँ । हुुन्छ सर तपाई चाहानुु हुुन्छ भने अब कहिल्यै पनि तपाईको सामुु पर्ने छैन । म मेरो मुुटु थिच्नेछुु , म आफुुलाई बाँध्ने छुु र तपाईको आँखाबाट हराउने छुु । मेरो उपस्थितिले तपाईलाई अफ्ठ्यारो पार्छ भने म तपाईलाई दुुख दिन चाहन्नँ ।

मैले केही बोल्न सकिनँ केवल हेरे तिमीलाई आँसुु रोकेर । म नवोले पनि मेरो उदाश आखाँले भन्दै थियो –“सानु तिमी मलाई छाडेर कही नजाऊ ल । तिमी छौ र त अलिकति भए पनि बाँचेको छु । तिमीलाई एकदिन नदेख्दा न्यास्रो लाग्छ । त्यसरी निष्ठुर नबन । ” तर यो सब सोचाइ मात्र थियो । मैले केही भनिनँ ।

अभ्यास शिक्षणमा आएका कयौँ साथीहरु कति सुुखी र खुुसी थिएँ । सबै रमाउँथे । सर भन्दै विद्यार्थी झुुम्मिन्थे । शिक्षक र विद्यार्थी विच कति राम्रो नाता थियो । यता हामी भने सधैँ उदास ,सधैँ निरास थियौँ । न तिमी खुुसी थियौ न त म , मैले सबैथोक पाए अनि केही पनि पाइन । आफुु पनि धेर्रै धेरै रोए ,अनि तिमीलाई पनि धेरै धेरै रुवाए । तिमी आप्राप्तिमा रोयौ । पहिलो माया टुटेको मा रायौ । म भने सामाजिक र नैतिकताको पहाडले थिचिएर रोएँ । एउटा नियतिको गीत गाउदा गाउदै एउटा आँसुको कथा लेख्दा लेख्दै एक महिना वितेर गयो । अब त फाइनल अबजर हुने मिति पनि नजिक हुदै थियो कक्षामा हेर्थेँ । पछाडि बेञ्चमा तिमी चुपचाप बसेकी हुुन्थ्यौ कता –कता आफ्नै संसारको विशालतामा हराए जस्ती कतै कितावी पात्र जस्ती विल्कुलै पृथक रुपमा प्रस्तुुत हुदै थियौ ।तिमी । तिमीमा चाञ्चलता हराएको थियो तिमी कम बोल्थ्यौ यस्तो लाग्थ्यो मानौँ तिमी हिउँदे पहाडी खोला जस्तै सुुक्दै जाँदै थियौ । तिमी भित्रका पिडालाई म प्रत्यक्ष अनुुभूत गर्थेँ तर म सँग उपाय थिएन । म आफूलाई दाषी ठान्ने पापी ठान्थेँ । तर मेरो कुनै साहास थिएन । कोही वेला त सोच्थेँ दुुँनियाँको प्रवाह नगरुँ । नैतिकताको पहाडहरु भत्काइ दिऊ तर खै केही भएन ,कुुण्ठा र पिडाले छट्पटाउनुु सिवाय म सँग कुुनै उपाय भएन । केवल चुुपचाप आँसुु पिए । यस्तै नियति बन्यौ सानु । मैले केही गर्न सकिनँ ।

मेरो लागि बर्तमान ज्यादै कठिन थियो । एकातिर तिमी लाई हेर्थेँ पहाडी खोला झैँ सुक्दै गएकी अर्कोतिर नैतिक पहाड थियो स्वास नै थुुनिदिने । मैले कसो गर्नुु थियो । कहिले त लाग्थ्यो म किन यो स्कूलमा आएछुु । दुुई घारको वीचमा चेप्टिएर हिड्न कति कठिन थियो । तिम्रो आँशुुले रातभर रुवाउँथ्यो । शिक्षक हुुनुको नैतिकताले दिनभर थिचि राख्थ्यो । कति गर्दा पनि म त्यहाँबाट उम्कन सकिनँ । कहिले काही रोए ,कहिले काँही जीवन यस्तै हो भनेर पन तुहाए । सवैले देख्थे –जीवन सहजनै थियो । तिमी पनि ठान्थ्योै होला सरलाई केही भएको छैन । तर यो आँसुु ,यो पीडा तिमी लाई कसरी देखाऊ । टुुटेको दिलको टुुक्रा तिमी सामुु कसरी पुु¥याऊ ? आँसु बगेको डोव गालामा नवस्दोरहेछ ।

सानुु ! अब त विदा हुने दिन आउन लागेको थियो । फाइनल अबजरको अघिल्लो दिन मैले नै तिमीलाई बोलाएको थिएँ ।

“सानुु !”

“ हजुुर सर ”

सुुखी हुुनुु ल

मेरो गला अवरुद्ध भयो । तिमीले पनि केही बोल्न सकिनौ । सायद तिम्रो पनि अवरुद्ध भएको थियो होला ।

सर ! हाम्रो भेट कहिल्यै हुन्न हगि ?

हो सानु प्रत्येक भेटले छुुट्नुुको पीडा साँचेको हुुन्छ । जीवन भर कोही कसैको साथमा हुदैन । भेट्नुु ,छुुट्नुु , त संसारको रीत हो । छुुट्न लाई नै हाम्रो भेट भएको हो । भेट नभए सम्म तिम्रो आफ्नै संसार थियो । आज समयले मिलायो अनि फेरि विछोडको घाऊ लगायो । समय नै औषधी हो सानु ! फर्केर हेर समयले नै सबै ठिक गर्दछ । हिजो जस्तै सहज जिन्दगी हाम्रो हुुनेछ ।

तिमी टाउको फर्काएर रोयौ । पहिलो चोटि तिम्रो गालामा बगेको आँसुुको धार देखेँ मैले । केही क्षणको मौनता पछि तिमीले रुञ्चे स्वरमा भन्यौ –हामीलाई त सम्झनु हुुन्न होला होइन ?

के फाइदा हुुन्छ र ? पराइलाई सम्झेर सम्झना आए पनि विर्सदै जानुु पर्छ । यो शब्द मैले आफुुलाई नै कुुल्चेर भनेको थिएँ ।

सर ! तपाइ भित्र मुुटु छैन , तपाई पापी हो ? तपाई निष्ठुुर हो । यति भनेर तिमी टाढा भयौ । म मुुर्तिवत् भएँ । सानु! तिमीलाई थाहा थियो म पापी थिइनँ म निष्ठूर पनि थिइनँ । पापी थियो त परिस्थिति पापी थियो । समाजको मूल्य र मान्यता पापी थियो । उमेर र भावुकता पापी थियो । तिमीलाई मैले असिम माया गरेँ मुटुभरि माया गरँे । माया गर्नुको अर्थ विवाह गर्नु होइन । एकान्तमा भेटेर अंगालोमा वाधिनुु होइन । तिमी प्रतिको प्रेममा कुनै कलंक थिएन । माफ गर सानुु तिमीलाई सधैँ प्रेम नगरेको नाटक रचेर मैले रुवाएँ । वास्तवमा यो सव तिम्रै लागि थियो । यो उमेर तिम्रो पढ्ने उमेर थियो ,सृजना गर्ने उमेर थियो । फेरि तिमी मेरी विद्यार्थी थियौ । यी सबै कारणले मैले पापी हुनुपरेको थियो निष्ठुुर जस्तो हुनु परेको थियो । तर सानुमलाई पापी नसम्झ परिस्थितिनै विवश थियो ।

सानु ! भोलि त म घर जाँदैछुु । तिम्रो प्रेम छाँतीभरि साँचेर । तिम्रो याद मष्तिष्कभरि उनेर । सायद फेरि म इलाम नआउला तर पनि तिम्रो सुुखी जीवनको लागि नारायणस्थान भगवान सँग प्रार्थना छ । तिम्रो सानो आँखाले रुन नपरोस् यहि कामना छ । भोलि म वस चढ्दा अन्तिम चोटि रुनेछुु तिम्रो नाममा । मलाई निष्ठुुर नभन्नुु ल । सानुु धेरै धेरै रोएको हुुनेछुु तिमी लाई सम्झेर । गाडिको गति सँगै चुुरँेघाँटीमा रुनेछुु । बिब्ल्याँटेमा रुनेछु ………….हुदै फिदिममा रुनेछुु । फिदिम पारि तमोर नदी नदी रुनेछुु । यस्तो धेरै तिम्रो नाममा रुनेलाई पापी नभन्नु ल । धोका दियो कहिल्यै नभन्नुु ल ।।।

।। इति ।।

मित्र सङ्ग्रौला
छातेढुुङ्गा–४,तेह्रथुम

(स्रोत : तेह्रथुमबाट प्रकाशित हुने एक मात्र ‘विकसन’ साहित्यिक पत्रिका )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.