~महेश्वर चापागाईं~
‘सर, भोलिबाट म अफिस आउँदिन।’
धेरै दिनदेखि देखिरहेको थियो- काममा उसको ध्यान गएकै छैन। अफिसमा एक किसिमको छटपटी व्याप्त थियो। घरि ठूलो आवाजमा धारो खोल्थी ऊ र जगभरि पानी भरेर एक घुट्कोमा सिध्याउँथी, घरि मेचबाट उठेर उसको टेबुलतिर आउँथी र फेरि केके सोचेर फर्कन्थी। कम्प्युटर अन गरी माउसमात्र तलमाथि–तलमाथि गर्दै एकोहोरिन्थी ऊ।
‘के गरेको यस्तो? ४०० मा ४० जोड्दा कसरी ४४०० भयो?’
‘खोइ के भएको सर, मेरो माइन्ड नै कन्सन्ट्रेट हुन सकेको छैन,’ ऊ मलिन स्वरमा जवाफ फर्काउँथी।
अफिस छोड्ने बिचार रहेछ उसको। त्यसैले केही दिनदेखि उसको दैनिक व्यवहारमा परिवर्तन आएको रहेछ। पाँच–छ वर्षदेखि यस सहकारीमा आबद्ध थिई ऊ। सुरुमा महिनाको एक हजारमा काम थालेकी उसले अहिले मासिक सात हजार कमाउन थालिसकेकी थिई। अफिसभित्रको बचत, बचत फिर्ता, इन्ट्री, लेजर, ऋण सबैसबै काममा पोख्त भइसकेकी थिई। ‘अब यसपालि तलब बढेर दस हजार पुग्नु पर्छ है!’ एक महिनाअगाडि मिटिङमा यस्तै कुरा गरेकी उसमा कसरी एकाएक अफिस छोड्ने बिचार आयो?
उसले छोडेपछि रिक्त कामहरू धेरै हुने नै भए। आफ्नो ठाउँबाट निभाएको जिम्मेवारी सम्हाल्न नयाँ मान्छेलाई कम्तीमा एक वर्ष त लाग्थ्यो नै। आखिर पाँच वर्षको उसको अनुभव अब अफिसलाई काम नलाग्ने हुँदै थियो।
…
‘सर भोलिबाट म अफिस आउदिन!’
विमलको कानमा यही आवाज गुन्जिरहेको थियो। ऊ भने सकारात्मक जवाफको प्रतीक्षामा थिई।
‘यसपालि तिम्रो तलब बढाएर दस हजार पुर्याभउने भनेको होइन? अनि तिमीलाई बजारमा हिँड्न गाह्रो भयो भनेर अफिसले स्कुटर पनि दिने भनेको छ। पहिलेजस्तो फिल्डवर्क पनि गर्नु पर्दैन तिम्ले,’ ऊ गएपछि बाँकी रहने असरल्ल कामको चापलाई थेग्ने तागत विमलमा नभएर हो या उसको कामको कदरस्वरूप, कहिल्यै नभनेको कुरा विमलले आज भन्यो।
एक छिन उसले पुरानो टेबुल र कुर्सी हेरी, जहाँ ऊ पहिलो दिन आएर बसकी थिई। टेबुलका छेउछेउका भेनिस्टर उप्किएर पहेँला भएका रहेछन्। बस्दाबस्दा कुर्सीमा उसको आकार बनिसकेको रहेछ। टेबुलको एक कुनामा दुरुस्तै ऊसको हातको डाम बसेको रहेछ। एकफेर अफिसको मायाले ऊ पग्लिई। हाकिमको आँखामा पुलुक्क हेरी उसले। यत्तिन्जेलमा आँखा रसाइसकेको थियो।
‘होइन सर, अब मलाई केही चाहिँदैन। मैले अब पढाइले गर्दा अफिसको काम नभ्याउने भएँ। जाने बेलामा किन नमिठो नराम्रो बोल्नु भनेर…’ मनभित्रका सबै दुःख मनमै राखेर सकेसम्म नरम हुँदै भनी।
विमलले विगत सम्भि्कयो। उसको आफ्नो सपना र योजनालाई सम्भि्कयो। आफूले लगाएको सर्टको टाँकमा गएर उसको आँखा अडियो, फेरि पाइन्टतिर हेर्योे— अहो, मैले कपडा नकिनेको पनि पाँच वर्ष भएछ। यो त बहिनीले बर्थ डेमा गिफ्ट दिएको थिई। दिल्लीबाट ल्याइदिएको सर्टको टाँक बजारमा पाइने सर्टभन्दा भिन्न थियो। जुत्ता छेउछेउबाट उप्किएका थिए, पाइन्टको क्रिज एकनासको थियो।
सहकारी दर्ता गर्न पच्चीस जना चाहिन्थो। जम्मा पाँच जना थिए, तेस्रो मिटिङसम्म पनि। धन्न कहाँबाट भेला भएछन्, मानिसहरू। विभागबाट मान्छे आउँदा कसरी बनेछ विधान! कसरी पूरा भएछ एउटा किताबजस्तो दर्ता फाइल! अफिस कहाँ राख्ने, काउन्टर टेबुल कसरी बनाउने, पैसा कहाँबाट जम्मा गर्ने, कम्प्युटर सफ्टवेयर, पार्टेसन…अहो अफिसलाई चाहिने सबै कुरा त जम्मा भइसकेछन्। पुरानो डेस्कटप कम्प्युटर एलइडी हँुदै ल्यापटप भइसकेछ। तर खालि उसको त्यही दुई जोर कपडामात्र फेरिएका रहेनछन्।
उभिँदा–उभिँदा विमलबाट जवाफ नपाउँदा थाकेर ऊ अगाडिको सोफामा बस्छे। नयाँ स्टाफहरू जिज्ञासु नजरले यतै हेरिरहेका छन्।
विमल फेरि विगतमा फर्किन्छ। प्रत्येकचोटि दुई हजार तलब बढाउँदा उसको शरीरमा काँडा उम्रेको थियो तर ठूलै गर्वले यसपालि दुई हजार तलब बढ्यो भनेर अलि ठूलो स्वरले हाकिमी पाराले भनेको थियो। त्यसमा पनि उसले ठूलो खुसी जनाएकी थिइन। टारगेट मिट गरेको छ महिनासम्म ऊ स्कुटर–स्कुटर भनिरहेको थिई, विमल तर्किरहेको थियो। त्यसपछि त उसले स्कुटरको उच्चारण नै गर्न छोडेकी थिई उसले। चैतको घाममा हिँड्दा टाइफाइड भएर ऊ पन्„ दिन अफिस नै आउन सकिन। हर्लिक्स लिएर अस्पताल पुग्दा भनेकी थिई, ‘सर, बजारमा हिँड्दा–हिँड्दा मेरो खुट्टा करकर दुखेर राति त निदाउनै नसक्ने भइसकेँ।’
बजारमा जति खटेर लाग्दा पनि नयाँ सहकारीलाई धेरैले विश्वास गर्दैनथे। महँगोमा पैसा खोज्दै ऋण लगानी गर्दा नाफा हँुदैनथ्यो। अफिस नाफामा जान कम्तीमा पाँच करोड लगानी गर्नुपर्थ्यो। कर्मचारीको तलबको लागिमात्रै करोडभन्दा माथि रकम चाहिन्थ्यो तर बजारबाट जम्मा तीन–चार लाखमात्र उठ्थ्यो। त्यसमाथि सुरुका बजार प्रतिनिधिले तीन–चार लाख उठाएर कुलेलाम ठोकेका थिए। ऊ आएपछि मात्रै लेजरहरू चुस्त–दुरुस्त हुन थालेका थिए। कस्तो मिलाएर राखेको थिई पासबुकसँग। महिनाभरिको एउटा पनि हिसाब गडबड भएन। बजारबाट पैसा बढेर दस लाख भएको थियो। अब यो सालबाट सहकारीले आफ्नो खर्च बल्ल धान्न थालेको थियो।
‘तिमीले कसरी छोड्न मिल्छ यो अफिस? सबैभन्दा पुरानो कर्मचारी तिमी नै त हौ। तिम्लाई थप सेवासुविधा सहित नयाँ योजना ल्याएका छौं। धेरै तिमीले भनेजस्तै कार्यक्रम हुनेछन्। म तिमीलाई कसरी अफिस छाडेर जाऊ भन्न सक्छु?’
‘सर म थाकिसकेको छु यो अफिसबाट अनि यो कामबाट। नयाँनयाँ योजना र सपना बनाउने यो अफिसलाई मैले पनि राम्रोसँग चिनिसकेको छु। अझै नाफामा जान अफिसलाई तीन वर्ष लाग्छ सर। तपाईंले भनेजस्तो मलाई दस हजार तलब र स्कुटर दिन सक्नुहुन्न। बरु मभन्दा सस्तोमा अरू कर्मचारी पाउन सक्नुहुन्छ। उनीहरूलाई मलाई झैं सरसुविधा पनि दिनु पर्दैन।’
विमल एकतमास भयो। अफिसको वास्तविकता नै त्यही त थियो। अघिल्लो साल केही हुन्छ कि जस्तो थियो। बैंकले सहकारीजत्तिकै ब्याज दिन थालेका थिए। उनीहरूले पनि पाँच वर्षमा नै सावाँको दोब्बर दिन्थे। त्यही ब्याजअन्तर थियो सहकारीमा पैसा राख्ने कारण। राष्ट्र बैंकबाट स्वीकृत प्राप्त बंैकहरूले नै सहकारी बराबरको ब्याज दिन थालेपछि भएका अलिअलि पैसा पनि सहकारीबाट झिकेर मान्छेहरूले ब्यांकमै राख्न थालेका थिए।
धमाधम पुराना नाम चलेका सहकारीहरू जग्गामा गरेको लगानी, सञ्चालकको बेइमानी, व्यस्थापकीय कमजोरीले गर्दा जनताको पैसा बिचल्ली पार्दै भागेका थिए। बजारमा राम्रा सहकारीमाथि नै पनि विश्वास गुम्न थालेको कुरा अर्पणा राम्रोसँग जान्दथी।
‘तिमी नौ बजे अफिस आएनौ भने अर्को अफिस खोजे हुन्छ। यसपालि टार्गेट मिट भएन भने तिमीले सहकारीमा काम गरेको कुनै अर्थ छैन। यो लेजर किन ठिक ठाउँमा नराखेको? सदस्यहरूसँग किन मिठो नबोलेको? अलिअलि बिसन्चो भयो भन्दैमा काम बाँकी राख्न मिल्छ? अफिस नाफामा भए पो तलब बढ्छ, यतिमा काम गर्न मन लागे गर, नत्र…’ अहो कति साह्रो तुच्छ वचन बोलेको रहेछु मैले, आखिर किन यसरी कामकाम मात्र भनिरहेँ हुँला!
विमल विगत सम्भि्कँदै सोचमग्न हुन्छ।
उनले यसरी काम छोड्लिन् भनेर कल्पनासम्म गरिनँ। एक दिन उनले सोचेको भन्दा राम्रो बोनस दिएर सञ्चयकोषको व्यवस्था गरेर छ महिना बराबरको एकमुष्ठ तलब दिएर खुशी पारांैला— उसले सोचेको थियो।
उसलाई काममा मात्र लदाउने, उसको परिश्रममात्र खाने, अफिसको स्वार्थमात्र पूरा गर्ने कहिल्यै सोचेको थिएन। अर्पणालाई चाहिने सबै काम पनि सिकाएर दक्ष बनाएको थियो। अब ऊ ठूलो बैंकको म्यानेजरसम्म भएर पनि चलाउन सक्ने भएकी थिई। आखिर उसलाई नआउने केही काम थिएन।
यो पाँच वर्षमा सातचोटि ग्यासको भाउ बढेछ। पाँचचोटि घरभाडा बढ्यो। दसचोटि चामलको मूल्य बढिसकेको छ। बीसचोटि त तरकारीको भाउ नै बढ्यो। तर तलब? जम्मा तीनचोटि सामान्य रूपमा वृद्धि भयो। उसले सहकारी बन्द नगरेर किन खोलिराखेछ यो पाँच वर्ष? आखिर कसैलाई सन्तुष्ट पार्न सकेको रहेनछ, आज सबैभन्दा पुरानो कर्मचारीलाई पनि आफ्नो जीवन निर्वाह गर्ने सेवासुविधा दिन्छु भन्न सक्दैन। कर्मचारीर्ला ‘यो अफिस नछोड म आजैको मितिबाट सेवासुविधा बढाइदिन्छु’ भन्न सक्ने तागत र हैसियत ऊसँग छैन। उसलाई थाहा छ— अब अफिसलाई यति धेरै माया गर्ने कर्मचारी अफिसमा बिरलै आउँछन्।
विमल केके सोच्दै थियो। उसले राजीनामा पत्र लेखिसकेकी थिई र कुन बेला टेबुलमा राखिसकेको थिई। केही बोल्ड अक्षरलाई उसले वरैदेखि नियाल्यो।
‘तिमीले छाडेपछि हाम्रो नयाँ योजना के हुन्छ, अबको तीन वर्षमा अफिसलाई नाफामा लैजाने सपना केही देखेकी छ्यौ?’
‘सर, तपार्इंले सपना देख्नुभयो। अफिस खोल्नुभयो। कर्मचारी आवश्यक पर्योस, हामीले जागिर खाने सपना पालेका थियांै जागिर खायौं। तपार्इंको अफिस खोल्ने सपना पूरा भयो, हाम्रो पनि जागिर खाने सपना पूरा भयो। अब मेरो केही सपना बाँकी छैन सर। मैले केही जानेको थिइनँ, यस अफिसबाट धेरै सिकेँ। मेरो पहिलो काम र अनुभवबाट धेरै सन्तुष्ट छु। यस अफिसले मलाई सकेको भन्दा धेरै दिएको छ। म अब अरू धेरै सपना साँच्न चाहन्न, पाल्न चाहन्न। सपनाहरू मरिरहेको हेर्न चाहन्न। तपार्इंले जे भने पनि अब आजबाट म यो अफिसको कर्मचारी रहिनँ सर। तपाईंले बनाउनुभएका सपना पूरा होऊन्, तपाईंको नयाँ योजना सफल बनोस्, धेरैधेरै शुभकामना। मैले थोरै भए पनि पसिना बगाएको यो सहकारी भोलि ठूलो बनोस्। यसका धेरै शाखा खुलून्। राष्ट्रिय स्तरमा फैलियोस्। समय र परिस्थितिले साथ दियो र तपार्इंहरूले पत्याउनुभयो भने फेरि पनि म यो अफिसमा काम गर्न इच्छुक छु। त्यति बेला तपार्इंको सपना पूरा भइसककेको हुनेछ।’
ऊ कुन बेला बाहिर निस्किसकेको थिई। तर विमलले उसका पाइला रोक्न सकेन। आफ्नो प्रश्नको जवाफ उसले पाइसकेको थियो। उसको सपना अझै पूरा भइसकेको थिएन। ऊ त सहकारी योजनाकर्ता थियो, जन्मदाता थियो। त्यसैले पुराना कर्मचारीले जस्तो अफिस छोडेर जान मिल्दैन थियो।
कुन बेला उठिसकेको रहेछ ऊ, पछाडि सरिसकेको कुर्सी अलिअगाडि तानेर बस्यो। त्यतिन्जेलमा अफिस खालीखाली भइसकेको रहेछ। कर्मचारीहरू काम सिध्याएर घर फर्किसकेका थिए।
…
अर्पणाले छोडेर गएको आजको काम पूरा गर्नुछ। उसको ठाउँमा नयाँ कर्मचारी नियुक्ति गर्नुछ। नयाँ योजना बनाउनुछ। तीन वर्षभित्र अफिसलाई नाफामा पुर्याँएर कर्मचारी, शेयर होल्डरलाई बोनस खुवाउनुछ।
ऊ सोच्छ— सपना पूरा नहुन्जेल म कसरी यो कुर्सी छाडूँ? मेरो पदीय दायित्वले दिँदैन। बाई अर्पणा! वी वील मिस यु अलट, वी बील मिस यु अलट…।
(स्रोत : NagarikNews)