हे आमा!
कती रुन्छ्यौ ब्युँझेर मध्यरातमा
छोड आसुँ काड्नलाई,
नदेख्देउ छानोमा राँको बाली जिउ सेक्नेलाई
भाड्न देउ घर भाड्नेलाई!
खोल्न देउ बारुद गोली र धारका मिल
बग्न देउ रगतका खोलाहरु,
निमोठ्न देउ आफ्नै शिशुका तोतेबोली
च्यात्न देउ तिम्रा चोलाहरु!!
मार्न देउ आफ्नै सपना मार्नेलाई,
हार्न देउ आँफैसँग हार्नेलाई
कती सक्छ्यौ बनेर बैशाकी?,
सार्न देउ उल्टा पाइला सार्नेलाई !
हे आमा!
नदेउ कष्ट देहलाई
छाड शिर ठोक्नलाई
बरु छाड कुपुत जन्माउन,
छाड गर्भपिडा बोक्नलाई !
शान्त हुनेछन सारा
लुछेर तिम्रा तन्तुहरु पल्टाउँदा सम्शानमा,
लाग्नेछ पर्खाल आँखामा उड्दा तिम्रो खरानी !
कुहिरो लागेको बाटोमा झुक्याउँदा बैरीले
हड्पेर लानेछ सम्पत्ति ,
त्यो खेत, त्यो बन, त्यो पानी
बन्धक हुँदा स्वाभिमान
रुनेछ ग्लानीले अभिमानी !
त्यो क्षण बस्ला यादमा दुध पिएको बक्षस्थल
ओढाइ ममता किशोरमा हुर्काइदिएको जवानी!
नचिन्दा आफ्नो माटोलाई
भत्काउँदा हिंड्ने बाटोलाई
याद आउनेछ आफ्नै घर
जोगाउन खोज्दा घरलाई अकालमा मारिएकी जननी !!
https://santoshpaudyal.wordpress.com
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )