जीवनलार्इ कसरी मान्छेहरू व्याख्या गर्छन् रु मानिसहरू शब्दहरूमा जिन्दगीलार्इ कसरी अर्थ्थाउने प्रयास गर्छन् त्यो त मलार्इ थाहा छैन । तर पनि जति जीवन मैले विताए, जति दुख: सुख मैले भोगेँ र बिभिन्न उतारचढाव सहदै यहाँसम्म मलार्इ ल्याइपुर्यााएँ, यसले आज मलार्इ प्रष्ट पारेको छ, जीवन एउटा एकल यात्रा हो, जसले मानिसले भन्ने गरेझैँ अनुभवी र व्यावहारिक बनाउँछ ।
लगभग जिन्दगीका ४० वसन्त पार गरिसकेका आज मान्छेले खोज्ने सबैचिज मेरो अगाडि छ । यो हिन्दु समाजभित्र नारिले आफ्नो सवल अस्तित्वका लागि जे चीजका लागि तड्पिरहेकी हुन्छे सबै मेलै उपभोग गर्न पाएँ ।
म आफै शिक्षित भएपनि एउटा शिक्षित तथा जागिरे श्रीमान पाए । छोराछोरी जन्माएँ, हुर्काए । हरेक सांसारिक सुख मेरा अगाडि छ । भौतिक सुख उपयोग गर्नक मेरा अगाडि सबै चिज छ । खान, लाउन, देखाउन सबै भरिपूर्ण छ । यति हुँदाहुँदै पनि जुन आगो मेरो मनमा दन्किरहेको छ यसलार्इ सम्बोधन गर्ने, जुन घाउ अन्तरमनमा लामो समयदेखि दमित छ त्यसमा लागाउने मलम मैले कहीँ भेट्टाउन सकिन । हो मैले आफैमा खोज्दा मेरो अस्तित्व मैले कही पाइन ।
वाल्यकालमा मेरा बा आमाकी छोरी बनेँ । समाजले सिकाएअनुसार बा–आमाले मलार्इ दान गरिदिनु भयो कुनै परार्इको हातमा, त्यसपछि म कसैकी श्रीमती बनेछु, कसैकी बुहारी बनेछु । केही वर्षपछि म आमा बनेँ, तर म आज खोज्दै छु, म आफु कहिल्यै बन्न सकिन । मेरो अस्तित्व कहिले बा–आमामा, कहिले श्रीमानमा त कहिले छोराछोरीमा देखेँ, म कहिल्यै भिन्न हुन सकिन, आफुले आफैलार्इ पाउन सकिन ।
आज मैले अनुभव गर्छु मनका चाहना, इच्छा, रहर कसरी अरूले हरण गरिरहेछन् मबाट, एउटी महिलाको नाममा एउटी चेलीको नाममा । कहिल्यै पनि अनुभव गरिनकी मेरो पनि आफ्नो जिन्दगी हो यो । मेरा पनि इच्छा र चाहना छन् । यही समाजमा जन्मिएकी हुँ र अरू सरह मेरो अस्तित्व हुनुपर्छ ।
हो प्यारा–आज, प्यारा नै भनेर सम्बोधन गर्दैछु । समाजले पहिले तिमीलार्इ देख्छ त्यसपछि तिमीभित्र मलार्इ । करिब २४–२५ वर्ष तिमी सँग विताउँदा, तिम्रै वरीपरी रहिरहँदा, तिम्रै लागि रगत पसिना वगाइरहेकी म तिम्री त हुन सकिन तर पनि यो समाजले सिकाएको छ तिमी प्राणनाथे हौ, तिमी विना मेरो अलगै प्राण रहन सक्दैन ।
बा–आमाले १५–१६ वर्ष हुँदा, एउटा बोझ सम्झेर तिम्रा हातमा दान दिएकी म, आजसम्म तिम्रै भइरहेँ, तिम्रै हुने कोशिसमा लागिरहेँ, तिम्रै हुनका लागि सारा यत्न प्रयत्न गरिरहेँ ।
सानै हुदाँ हजुरआमा सँगै सुत्ने वेला सुनेका कथाका राजकुमारी जस्तै कल्पना गर्थेँ आफुलार्इ । राजकुमारसगँको प्रेममा डुबेकी एउटी राजकुमारी जस्तै जिन्दगी बाँच्ने इच्छा जाग्थ्यो ममा पनि, त्यस्तै राजकुमार भेटिएला मेरा लागि पनि भनेर सधै कल्पना गरिरहन्थे । कयौं पलहरूमा हजुरआमाका कथाको जस्तै घोडामा दौडदै आएको राजकुमारको कल्पना गर्थेँ ।
पछि ठुली हुदै जाँदा स्कुलमा लाइब्रेरीबाट लिएका उपन्यासका पात्रहरूसँग आफैलार्इ तुलना गर्थेँ म । पुस्तक पढ्दा पढ्दै ती पात्रहरूसँग हराउँथे, रमार्इलो संसार वसाउँथे ती पात्रहरूसँग कहिले कहिले त ती पात्रहरू भन्दा अगाडि गएर आफ्नो छुट्टै सुनौला संसारको कल्पना गरिरहेकी हुन्थेँ ।
जीवनलार्इ कसरी मान्छेहरू व्याख्या गर्छन् ? मानिसहरू शब्दहरूमा जिन्दगीलार्इ कसरी अर्थ्याउने प्रयास गर्छन त्यो त मलार्इ थाहा छैन । तर पनि जति जीवन मैले विताएँ , जति दुख सुख मैले भेगेँ र विभिन्न उतारचढाव सहदै यहाँसम्म मलार्इ ल्इपुर्या्एँ, यसले आज मलार्इ प्रष्ट पारेको छ, जीवन एउटा एकल यात्रा हो, जसले मानिसले भन्ने गरेझै अनुभवी र व्यवहारिक बनाउँछ ।
लगभग जिन्दगीका ४० वसन्त पार गरिसकेका आज मान्छेले खोज्ने सबैचिज मेरो अगाडि छ । यो हिन्दु समाजभित्र नारीले आफ्नो सवल अस्तित्वका लागि जे चिजका लागि तड्पिरहेकी हुन्छे सबै मेलै उपभोग गर्न पाएँ ।
चरीझैँ कल्पनामा उडिरहने मलाई १५ १६ वर्षको कलिलो उमेरमा नै तिम्रो हातमा जिम्मा लगाई दिनुभयो । म तिमीसंगै डोली चढ्दा आमा–बा का आँखा मा आँशु त अवश्य पनि छचल्किएको थियो तर मलाई लाग्थ्यो उहाँहरु अर्कोतिर मनमनै खुसी पनि हुनुहुन्थ्यो किन भने उहाँहरुले त्यसै बखत जिन्दगीको बोझ मानिने छोरीलाई अर्काको जिम्मामा लगाई रहनुभएको थियो ।
मैले देखका सपना, कल्पना गरेको संसार, मनको राजकुमार शायद मैले कहिल्यै पाउन सकिन । जब व्यवहारले बिस्तारै थिच्दै लग्यो, तब तिमी, सासुससूरा अनि समाजले निर्धारण गरेका कयौँ बन्धनहरुले मलाई चारैतिरबाट बेरिरेहेका थिए। त्यसबखत मसँग सायद ती देखेका सपना तथा रहरहरु सम्झन सक्ने हिम्मत पलाएन ममा । तिमी एकातिर सरकारी जागिरे थियौ अर्को तिर म अलि–अलि पढे लेखको भएपनि घरको बुहार्तनमा तल्लीन थिएँ ।
मैले अलिकति हिम्मत गरेर तिमीसंग भनेकी थिए संगैका साथीहरु कलेज जाँदैछन् । म पनि पढ्न जान्छु है । मैले तिमीलाई आफ्नै सम्झेर भनको त्यो अनुरोध तिम्रो लागि कहाँ पच्न सक्थ्यो । हप्काउदै भनेका थियौ पढाउनका लागि ल्याएको होइन तँलाई । पढेर के गर्छेस् । रामोसंग घर व्यवहार सम्हाल्ने दुलही बन्नुपर्छ । पढ्ने कुरा बिर्सिदे ।
त्यहीबाट सुरु भयो मेरो आस्तित्वबिहीन यात्रा । त्यही दिनदेखि छाडेका थिए मेरा रहरहरुले । अनि देखेका रंगिला सपनाहरुले। बिवाहले मलाई बन्धनमा ल्याएर जेलिदिएको थियो । आफ्ना सबै रहर चाहनाहरुलाई पैतलामुनि कुल्चदै एउटी सफल गृहणी, एउटी सफल दुलही तथा संस्कारी आमा बन्नु थियो मलाई । त्यसैको तरखर मा मेरो यौवन बित्यो मेरो उर्जाशील जवानी बित्यो अनि ती संगसंगै बिलिन भए मेरा कयौँ रहर, सपना तथा उत्साहहरु ।
त्यति परिपक्क नभए पनि व्यवहारले सिकाउँदै लग्यो । विवशतासंगै, समाजको डर, घरको इज्जत अनि तिमीसंगको मेरो भविष्य सम्झेर मुखमा ताल्चा ठोक्न बाध्य भए । अधिकार, इच्छा, रहर आदि कुराहरु मेरा लागि पराई बन्दै गए । घर परिवार अनि तिम्रो मार्गदर्शनमा आफ्नो आधा जीवनलाई समर्पित गरे मैले।
घरको बुहार्तन, तिम्रो सुसार, बच्चाहरुको हेरचाह, लालनपालन, पर–पाहुनाको सत्कार आदिमा मेरो जीवन को कयौँ वसन्तहरु मैले घरकै चार दिवारभित्र बिताएकी छु । यति लामो समयसम्म पनि मैले कहिल्यै तिम्रो अगाडि बोल्ने हिम्मत गर्न सकिन । आफ्ना आधिकार, रहर मन भित्रै दमित भैरहे । सोच्थे बिस्तारै बिस्तारै सबै कुराहरु ठीक हुन्छन् होला । सधै सोच्ने गर्थे मैले सोचेको राजकुमार जस्तै तिमी पनि मेरो मनलाई बुझ्ने राजकुमार बन्नेछौ ।
आज तिमीलाई याद छ वा छैन । तिमी ले मातेर आएर कयौ पटक कुट्दा मैले धेरै रातहरु आँशुसंगै बिताएकी छु । कयौँ पीडालाई लुकाएर तिम्रा अगाडि हाँसिरहेकी हुन्थे । तिमीले मेरो र बाआमाको अपमान गर्दा पनि मैले मेरै गल्ती छ भनेर उल्टो माफी मागेकी छु । यतिसम्म कि तिम्रा बारेमा अरुले अनकौं कुराहरु सुनाउँदा पनि नसुनेझै गरेकी थिएँ । तिमीले साथीसँगी तथा पाहुनाहरुका अगाडि हप्काउँदा वा अपमान गर्दा पनि तिम्रो इज्जत तथा प्रतिष्ठाका लागि हाँसिरहेकी हुन्थे।
कल्पना गर्थेँ छोराछोरी हरु हुर्कदै छन्, ठुला हुँदै गए भने केही शान्ति मिल्नेछ मनमा । छोरा छोरीहरुलाई मैले सधै राम्रो संस्कार सिकाउने प्रयत्न गरेँ जस्तो लाग्छ । तर पनि आफ्नै रगत मासुबाट अनपढ तथा पछौटे भन्दै नराम्रो व्यवहार गर्दा कुन आमाको मन अमिलो हुदैन होला र ?
हो जीवन लाई बुझ्ने क्रममा, जीवनको परिभाषा खोज्ने सिलसिलामा लामो समय अनकौ उतारचढावका बीचमा बिताएँ । आज तिमीसंग, छोराछोरीसंग कुनै गुनासो छैन । गुनासो छ त आफैसंग छ । आफ्ना अधिकार निम्ति नबोलेर मुखमा ताल्चा ठोक्ने मेरो आफ्नै कायरतासंग छ । अन्याय पर्दा हिम्मत गरेर आगाडि बढ्न नसक्ने मेरो आफ्नै कमजोरी प्रति छ । समयसंगै आफुलाई दक्ष तथा क्षमतावान बनाउनुको साटो गृहणीमा सिमित गर्ने मेरो लाचारीपनसंग छ । र गुनासो छ यो सामाजका कुरुप संस्कार तथा संस्कृतिसंग जसले नारीहरुलाई मान्छेको दर्जा दिन अनकनाइरहेका छन् । बजारका वस्तुहरु झैँ आज नारीहरुको सुन्दरतालाई उपभोग्य बस्तु बनार्इ रहेका छन् । र मेरो गुनासो आफुलाई चिन्दाचिन्दै पनि कहिल्यै आफ्नो अस्तित्व खोज्न का लागि पाइला चाल्न नसक्ने मेरो कायरपनसंग छ ।
आज तिमीलाई वा छोराछोरीलाई छोडेर सधैका लागि जादै छैन म । साथै कुनै विवशताले बाँधिएकी पनि छैन म । कुनै कायर झैँ हिम्मत हारेर आत्महत्या गर्नका लागि तिमीहरुसंग टाढा हुदैछैन । आज मसंग पूर्ण हिम्मत छ । म आज निस्किदै छु सबै खालका बन्धन चुडाल्नका लागि । आफैलाई चिन्नका लागि वा आफ्नो अस्तित्व खोज्नका लागि । म कुनै रुखको हाँगामा झुन्डिने छैन वा त्यस्तै कुनै रहमा हामफालेर कायरता प्रदर्शन गर्ने छैन । विष पिएर आफुलाई सिध्याउने छैन । सिर्फ यति गर्नेछु, यो संसारमा आफ्नो आस्तित्व खोज्ने छु, मेरो पहिचान खोज्ने छु र मेरो आफ्नै लागि यो संसार म ठाउँ खोज्ने छु एउटा सम्मानजनक जीवनयापनका लागि ।
प्रकाश भण्डारी, नयाँ दिल्ली
(स्रोत : Chakrapath )