मलाई फाइट सिकाइदेउन,
मलाई डान्स सिकाइदेउन
एक्टिङ सिकाइदेउन, मलाई हिरो बनाइदेउन
मेरो चर्चा चलाइदेउन, म्याग्जिनसँग
मेरो बिहे गराइदेउन भर्जिनसँग
मेरो एक्ट्रा बनाइदेउ, लाइफ स्टाइलमा
मलाई डिनर गराइदेउ, फाइभ स्टारमा
मलाई पियन भेटाइदेउन, प्रेसिडेन्ट भेटाइदेउन
मेरा मनका सारा इच्छा अनि रहर मेटाइदेउन
मेरो डेटिङ गराइदेउन, हिरोइनसँग
मेरो बिहे गराइदेउन भर्जिनसँग
मलाई चिन्ने बनाइदेउ, संसारले
देख्दा झुक्ने बनाइदेउ, सम्मानले
मलाई जून छुवाइदेउन, मलाई तारा छुवाइदेउन
मलाई संसारकै अग्लो, सगरमाथा चढाइदेउन
मेरो सेटिंग गराइदेउन, भारत चीनसँग
मेरो बिहे गराइदेउन, भर्जिनसँग
(स्रोत : Kantipur – Saptahik)