कोही त भनिदेउ
यो सपना हो भनेर
कुनै डरलाग्दो फिल्म चलिरहेछ हलमा
बरु यो ठीक छ ।
बरु भन, म ठट्टा गरिरहेछु ।
के भयो ? भन मलाई
त्यो शुर्य भोली पश्चिमबाट उदाउँछ बरु
त्यो जुन भोली तिम्रो घरको छतमा ओर्लिन्छ बरु
तिम्रो कोठाको प्लास्टिकको फुल भोली
आफुलाई असली भएको पाउँछ बरु
भन प्रिया, तिमीले परबाट देखेको त्यो इन्द्रेनी
तिम्रो सुत्ने कोठामा हर विहान तिमीलाई स्वागत गर्नेछ ।
तिमी यती भन बस, प्रिया के भयो तिमीलाई ?
तिम्रो नयनमा बर्षायाम !
मेरो सम्पूर्ण जिवनको अन्त्य हो ।
तिम्रो गुलाबी मुस्कान !
मेरो बसन्त ऋतूको आगमन
म सक्दिन उदासी हेर्न तिम्रो मुहारमा
छ अरु के लौ भन प्रिया यो यो संसारमा
मेरो तिमी र तिम्रो साथ बाहेक ?
नरोउ प्रिय, नमार मलाई
सँगै देखेका ती सपनाहरु, ती कसम
ती विश्वास, ती भविश्यका सुन्दर कोपिला ।
तिमी भन मात्र, म गरौँला
तिमी हाँस मात्रा, म रोऔँला
हात समाउ यी मेरा एक्लिएका असुन्दर
तिम्रो प्रतिक्षामा उजाड उजाड यो जिन्दगी ।
नछोड साथ, बरु भन मलाई के भयो प्रिय ?
कोही त रोक, छेक यो बाटो
हे पहाड आइज तँ मेरो आँगनमा
हे काँडा सुत उस्को बाटोमा
हे हावा आज किन तँ यती मौन, आइज
देखा तेरो ताण्डब
हे गगन खोइ तेरो त्यो गर्जन ?
बिन्ती प्रिया भन मलाई
के मा बुझेन मन ?
के पुगेन?
तिमी भन मात्रा…….
म संसारै उल्ट्याइदिन सक्छु !
0……….0……….0
November 1, 2012
(स्रोत : रचनाकारको ब्लगबाट सभार )