पत्र साहित्य : च्यात्नु पर्ने चिट्ठी

~सुमन पछाई~Suman Pachhai

मेरी काली !

एकछिन्, क्षमा चाहन्छु, तिमीले त यो शब्दलाई उहिले नै बन्द गर्ने आदेश दिएकी थियौ । तर पनि पुनः एकपटक क्षमा चाहन्छु, तिमीलाई काली बाहेक अरू नामले सम्बोधन गर्न पनि म असमर्थ छु । थाहा छैन आज खै कुन मानसिकतामा आएर यो सब लेख्ने प्रयत्न गरिरहेछु ! त्यसो त यो सब लेखिरहनुको कुनै मतलब पनि छैनन् क्यार ! तैपनि यी औँलाहरू किबोर्डमा यन्त्रवत चलिरहेछन् ।

सम्झन्छु, ती दिनहरू, कहिलेकाहिँ निकै रमाइलो अनुभूति हुन्छ ती दिनहरू ती स्मृतिहरूमा डुबुल्की मार्दा, तर कहिलेकाहिँ भने ती रमाइलाहरू उदासीनतामा परिणत हुन्छन् । सम्झन्छु, अलि अलि मोटो, अग्लो होइन, होचो पनि होइन, सायद ठीक्कको उचाई, पुक्क निस्किएका गाला, कालो आँखा भएको मानावाकृति । तर खोई किन हो कहिल्यै पनि मलार्ई त्यो मानावाकृतिसँग प्रेमकहानी सुरु गर्ने सोच आएन । त्यसो त म भुक्तभोगी सायद त्यसैले पनि होला । सोचेको थिएन त्यो मानवाकृति मेरो नजिक हुनेछ, तर भयो, खुशी पनि लाग्यो । तर त्यो खुशी क्षणिक मात्र बन्न पुग्यो । यद्यपि यस धर्तीमा कुनै पनि चिज अजम्बरी छैनन् । सबै कुरा एकदिन नष्ट हुन्छन् । रीत, थीत नै यही हो ।

आजकल फेसबुक धेरैको प्रिय बनेको छ । फेसबुक नचलाउने मान्छे सायदै छन् अहिले । फेसबुकले धेरैलाई गर्नुनगर्नु सबै गरेको छ । राम्रो, नराम्रो । भेट्ने, छुट्टिने सबै यही फेसबुकबाटै हुने गर्छ । संसारलाई सानो बनाइदिएको छ फेसबुकले । म पनि फेसबुकको एउटा प्रयोगकर्ता । फेसबुकमा भेट्टाएँ, त्यो मानवाकृति । यद्यपि फेसबुकमा पहिलो भेट थिएन । भेट त पहिलेदेखि नै हुने गथ्र्यो आमनेसामने । तर त्यो भेट औपचारिक मात्र थियो । अतः फेसबुकमा भेटिएपछि त्यो मानवाकृति याने तिमी र म बीच कुराकानीको माध्यम बन्यो–फेसबुक । फेसबुकले हामीबीचको दुरीलाई घटाउन थाल्यो । दूरी घट्दो थियो अनि हाम्रो नजिकिने क्रम बढ्दो । यही क्रममा हामी एक अर्कामा शारीरिक रूपले मात्र होइन, भावनात्मक रूपले पनि नजिकियौँ । पहिले हाम्रो काम विशेष मात्र भेट हुन्थ्यो, तर ती भेटहरूपनि केबल भेट मात्र हुन्थे । पछि भने अनायास पनि भेटिन थाल्यौँ तर कुनै पनि भेटमा शब्दको आदान प्रदान भने हुन्थेन । हामी बीचको सम्पर्कलाई गोप्य राख्ने चाहना हामी दुवैमा थियो त्यसैअनुसार भयो ।

फेसबुक च्याटिङमा अत्यधिक कुराकानी हुन थाले । धेरै कुराहरू एकअर्कामा सार्वजनिक गरिन थाले । यहाँसम्म कि मोबाइलन नम्बर समेत आदान प्रदान भयो । त्यसपछि फेसबुक च्याटसँगै सुरु भयो फोनसम्वाद अनि एसएमएस च्याटिङ । च्याट, एसएमएस र फोनसम्वादको नियमित क्रमले नजिक्याएन मात्र, हामी बीचमा एउटा सम्बन्ध पनि पैदा गरिदियो, त्यो सम्बन्ध थियो, मित्रता (फ्रेण्डशीप) । मेरो चाहना, मेरो खुशी, मेरो आत्मसन्तुष्टि, मेरो आवश्यकता, मेरो स्वार्थ अनि अरू पनि खै के–के हो, सबै कुरा फ्रेण्डशीप मै थियो । एउटा साँचो मित्रता । तिमीले दियौ र मैले पनि पाएँ, र आप्mनो तर्फबाट पनि दिएँ । कुराकानी गरिरहँदा नामको पछाडि अनेक उपनाम दिइन थालियो । एकदिन च्याट गरिरहँदा मैले गल्तीवश ‘काली’ भन्ने शब्द प्रयोग गरेँ, ‘सरी’ भनेर लेख्न नभ्याउँदै तिमीले ‘यो शब्द एकदम मन पर्छ’ भनेर सकारात्मक प्रतिक्रिया दियौ । अतः दुवैले काली र कालेको उपनाम ग्रहण ग¥यौँ । भनिन्छ नि –‘मान्छे त मरेर जान्छ, अरू त के कुरा’ सायद सही हो । नथिङ इज परमानेन्ट ।

सुरुमा खोई कुन तेलमा हो चिल्लिँदै गएको हाम्रो सम्बन्ध विस्तारै खस्रिँदै जान थाल्यो । र यो खस्राई पनि अनायास नै थियो । त्यसो त मेरो जिन्दगीमा तिमी पहिलो थिइनौ । चाहे विगतका सम्बन्ध प्रेमसम्बन्ध थियो या त अरू कुनै तर पनि तिमी पहिलो थिइनौ, जुन कुरा तिमीलाई मैले प्रष्ट पारिदिएको थिएँ । केही महिनापछि पहिले जस्तो नियमित सम्पर्क हुन छाडेको थियो । सायद तिमी व्यस्त थियौ यही कुरालाई लिएर म शान्त हुने कोशिष गर्थे । तर यही क्रम बढिरहेछपछि मनमा अनेक सोचाइहरू आउन थाले । तिमी पनि टाढिन थालेको महसुस हुन थाल्यो । कता कता उदासीनताले छोप्न थाल्यो । सायद आज यो सब लेखाइबाट म आपूmलाई नै सही सावित गर्दैछु जस्तो देखिएला, मपाईंत्वको मात्रा धेरै देखिएला । तर मेरो मनसाय आपूmलाई सही सावित गर्नु होइन, किन अनि कसका लागि गरुँ म आफूलाई प्रमाणित ?

अँ, हाम्रो सम्बन्धको गति कम हुँदै गएको थियो । सायद पिकअप लिन छाडेको थियो क्यार ! मेरो मनमा चिसो पस्न थाल्यो । कहिँ यो सम्बन्ध पनि अब रोक्किने हो कि ? छट्पटाहट बढ्दो थियो, त्यही छटपटहटमा सम्झन थालेँ तिमीले बोलेका हरेक शब्दहरू अक्षरशः अक्षरशः । सम्झन्थँे, मैले अनायास बोलाउँदा अनायासै आइदिने त्यो मानवाकृति, सम्झन्थे मेरो अनुपस्थितिमा शून्य लाग्यो भन्ने वाक्य, सम्झन्थे मलाई उपनामले गरेको सम्बोधन, अनि अरू पनि केके सम्झन्थेँ, घुम्थे ती बितेका पलहरू यस मस्तिष्कमा रिलझैँ । घण्टौँ सम्म फोनमा कुरा गरेका ती रात, घण्टौसम्म फेसबुक च्याट गरेका ती दिन, अनि ती च्याट र फोनसम्वादमा एकअर्काबीच खेल्ने शब्दहरूमा लिप्त भइदिन्थेँ अनि कहिँ हाँसो कहिँ आँशु को सम्मीश्रण हुन जान्थ्यो । कारण के थियो कुन्नी ! सायद थिए होला कारणहरू । तर यही हो भनेर छुट्याउन भने सकिनँ । तिमीलाई अनेक बारम्बार सोधिरहन्थेँ, तिमीले पनि मलाई अनेक कुरामा शान्त पाथ्यौँ, सान्त्वना दिइरहन्थ्यौ, सायद चित्त नदुखाउने सोच थियो होला तिमीमा । केही समयसम्म तिम्रो सान्त्वनाले काम गथ्र्यो तर मनै न हो, बतासिन्छ, बरालिन्छ ।

मेरो उदासीनताले सही रूप लिदैँ थियो । तिमी त्यति सम्पर्कमा आउँदिनथ्यौ । सायद एकदुइ दिन व्यस्त भयौ तर हरेक पटक तिम्रो व्यस्तता सम्भव थिएन । यदि सम्पर्क भैहाले पनि त्यति रुचि पाउँदिनथेँ तिमीमा । तिमीलाई पहिले जुन शब्दहरुमा खुशी मिल्थ्यो र स्वाभाविक लाग्थे पछि तीनै शब्दहरु अस्वाभाविक लाग्न थाले, मन पर्न छाडे । एक दिन त तिमीले भन्यौँ पनि– ‘अब यस्ता शब्दहरु प्रयोग गर्न छाड, साथीलाई पनि कहिँ यस्ता शब्द भन्छन् त ?’ यति सम्म ठीकै थियो, मेरो रहर एक चिम्टी खुशी र त्यो खुशी ती शब्दमा थिएनन्, तर फेरि आयो अर्को आग्रहवाण तिमीबाट– ‘तिमी सामान्य साथीको जस्तो व्यवहार गर्छौ भने ठीक छ होइन भने, सम्पर्क नगर…’ यस्तै आदि आदि केही बेरसम्म बोलिरह्यौ । यस आग्रहले मलाई अलि बढि नै असर गरेको थियो तैपनि अरु के नै गर्न मिल्थ्यो र, मात्र सोधेँ–‘अनि यो भन्दा अगाडि मैले कस्तो व्यवहार गरेको थिएँ र ?!’ फेरी दियौ पूरा जस्तै लाग्ने अपूरो जवाफ– ‘होइन, त्यस्तो भन्न खोजेको होइन……’ बस् । मैले तिमीबाट पहिले तिमीसँग कस्तो व्यवहार गरेको थिएँ, त्यो त थाहा पाउन सकिनँ, तर आफैँसँग थाहा पाउने कोशिष गर्दैछु ।

र पनि किन हो खै ममा आत्मविश्वास थियो यो गति मात्र कम भएको हो, रोक्किने होइन । यद्यपि सम्बन्ध चर्किसकेको रहेछ, जुन विस्तारै छुट्टिदैछ । हुन त भोली कसले देखेको थियो छ र ! त्यो भोली याने हाम्रो सम्बन्धको अन्त्येष्टि हुने दिन विस्तारै नजिकिँदै रहेछ । सम्बन्ध पूर्णतः रोकिने क्रममा थियो । आयो त्यो नआउनुपर्ने भोली आजको रूपमा । अनेक यत्नवाण प्रहार गरेँ सम्बन्धको गति बढाउन, सम्बन्धलाई बचाउन तर अहँ, तनावग्रस्त भएर प्रहार गरेको भएर हो कि यत्नवाण अन्तै लागेछ क्यार, रोकियो नै, अघि बढेन । अचम्म, सम्बन्धको गति मात्र रोकियो, तिम्रो गति रोकिएन, त्यसो त मेरो पनि गति नै भने रोकिएको थिएन, तर सम्बन्ध भने रोकियो । रोकिएरै छाड्यो, सम्झेँ ‘मान्छे त मरेर जान्छ, अरूको त के कुरा’ ।
सम्भवतः तिमी खुशी थियौ, यद्यपि जिन्दगी तिम्रो, मन तिम्रो, खुशी तिम्रो, चाहना तिम्रो र निर्णय पनि तिम्रै । आखिर जति जे जे भनेपनि मान्छेले आफ्नै खुशी न चाहन्छ । मैले तिम्रो खुशी लुट्न मिल्दैन, यदि लुटिहाले पनि त्यो खुशी तिम्रो हो मेरो होइन । अतः शुरु भयो र त्यसको अन्त्य पनि भयो । कमसेकम अन्त्य त भयो । फेरि नच्याँप्नु पिसाबले नराम्रोसँग च्याँपिसकेपछि कसले रोक्न सक्छ र, फेरि रोकिहाले पनि कहिलेसम्म रोक्ने के !

अनायास, अनायास, अनायास । मैले केही दिन अघि फेसबुक लगायत ट्विटरमा पनि लेखेको थिएँ—‘ऊ अनायास, म अनायास, ऊसको र मेरो भेट अनायास, ऊसको र मेरो सम्बन्ध अनायास, अतः सबै कुरा अनायास, अनायास अनि फेरी अनायास…’ । हो सबै कुरा अनायास थियो । तिम्रो र मेरो सम्बन्धमा कुनै नौलो कुरो भएन । जति भए ती सब स्वाभाविक थिए । सकारात्मक सोचाईले त नकारात्मक रूप लिन सक्छ भने सकारात्मक सम्बन्ध ले नकारात्मक रूप लिनु के नौलो कुरो हो र ?

एकदिन मैले तिमीलाई फोन गरेँ तर बोद्यन सकिन, यसरी फोन गरीरहेँ तर पटकौँसम्म पनि नबोलेपछि तिमी रिसाउनु स्वाभाविकै थियो । फेरी फोन गरेँ, तिमी रिसाएकी थियौँ । त्यो दिन कुरा गर्न समय नै दिइनौँ, अधुरो रह्यो । बारम्बार फोन गरिरहेँ, तिमीलाई तनाव हुन थाल्यो । फोन उठाइनौँ । भोलिपल्ट तिमीलाई फोन गरेँ र सोधेँ ‘हिजो फोन किन नउठाएकी ?’ पड्किनौ तर पड्किएझैँ आवाजमा जवाफ दियौ– ‘एकपटक राखीसकेपछि तिमीलाई लगातार फोन गरिररहनुपर्छ ? गर्लफ्रेण्ड ब्वाईफ्रेण्ड हो र जतिबेला पनि फोनमा कुरा गरिरहन ?’ म अवाक भएँ, के बोलुँ । तैपनि बोलेँ– ‘मैले तिमीलाई मेरो गर्लफ्रेण्ड भनेर भनेको छु र ?’ फेरि उहि शैली र आवाजमा भन्यौँ– ‘फेरी यस्ता विषयमा कुरा ननिकाल है, म यो विषयमा कुरा गर्न चाहँदिन ।’ वाह, कस्तो अचम्म तिमीले चाहिँ यस्तो कुरा भन्न हुने मैले चाहिँ नहुने । फेरि पनि अचम्म, पहिले पटकौँ पटक सम्पर्क गर्दा, बेला न कुबेला सम्पर्क गर्दा पनि तिमी मेरो साथी नै थियौ, तर अहिले दुई पटक सम्पर्क गर्न खोज्दा तिमीलाई मेरो गर्लफ्रेण्ड बन्नु पर्ने भयो । कस्तो विडम्बना ?

मलाई कसैप्रति कुनै गुनाशो छैन । मलाई खुशी पनि होइन, दुःख पनि होइन, उदेक लागिरहेछ र कता कता आफैंप्रति ग्लानि भैरहेछ । केही स्त्रीहरूको संगत्पश्चात् ती सबैमा एउटै कुरा समान रहेको पाएँ, कि कुनै केटीहरूको मन सदा एकैनाश एउटै चिजमा रहिरहन नसक्दो रहेछ । एउटा पंक्षी जस्तो खुला आकाशमा स्वतन्त्र उडिरहन चाहने, कहिले यता, कहिले ऊता । त्यसो त नारीहृदयलाई बनाउने मान्छेले नै बुझ्न सक्दैन रे, म त मामुली मान्छे । अँ, तिमी आयौ, गयौ । तिम्रो आगमनलाई सहजै स्वीकार्न सक्ने मैले तिम्रो बहिरगमनलाई पनि सहजै स्वीकार्न सक्नुपर्छ । मान्छेले हरेक कुरामा केही न केही सिकिरहेको हुन्छ । सायद तिमीले पनि सिक्यौ र मैले पनि ।

रोकिँदै गरेको सम्बन्ध अन्ततोगत्वा रोकियो, यसमा मलाई कुनै दुःख छैन, अनायास बनेको सम्बन्ध अनायास रोक्कियो, र तिमीले पनि मलाई अनायासै गलत सोचिदियौ । यद्यपि मलाई केही फरक पर्दैन चाहे तिमी मलाई सही सोच, या गलत । म सही छु या गलत यसले म आफैलाई पनि कुनै फरक पार्दैन । तापनि मैले के गरेको थिएँ र ! नजिकको साथी सोचेको थिएँ, त्यसैले नै केही कुराहरू सहजै सार्वजनिक गरेँ तिमीसँग । अनि गलत नै छु भने पनि तिर्खाएको गाईलाई पानी दिनु के गलत हो र ? तर यहाँ पनि तिमीले यसरी प्रतिक्रिया दियौ कि कुनै पनि गाई आफैं तिर्खाउँदैन, मात्र बाध्य बनाएपछि मात्र तिर्खाउने हो । कस्तो सजिलो ? जुन तरिकाले तिमीले मलाई गलत सोचेकी छ्यौ, कुनै दिन फुर्सद मिल्छ भने मलाई सही तरिकाले पनि सोच्ने प्रयास गर, सायद त्यतिबेला सहि पनि पाउँछ्यौ कि । किनकि कुनै पनि कुरा आफैमा सही गलत हँुदैन, भिन्न मान्छेको भिन्न सोचाईंले त्यसलाई गलत र सहीको संज्ञा दिने मात्र हो ।

यति पढिसक्दासम्म त तिमी पड्किनै आँट्यौ होला सायद, बम भएर । हुन्छ अब म धेरै लेख्दिन, त्यसो त यति लेखिसकेँ तर पनि म अब लेख्दिनँ । यदि हिजोका दिनहरूमा थोरै पनि विश्वास थियो र अझै पनि कहिँ म प्रतिको विश्वासको अस्तित्व तिमीमा कहीँ बाँकी छ भने मलाई विश्वास गर काली तिम्रो नाममा मैले खेलाएका अन्तिम शब्दहरू यिनै हुन् । यसपश्चात् लेख्न मसँग शब्दहरु छैन र खोज्ने प्रयास पनि गर्दिनँ । त्यसो त पृथ्वी गोलो छ भन्छन् । तर मैले त होचो अग्लो र सम्म मात्र देख्छु, यदी साच्चिकै गोलो नै छ भने यो गोलाईमा गोलिइँदै गर्दा पुनः एकपटक एकैठाउँमा डल्लो कसो नपरिएला र… ।

मैले तिमीलाई शुरुका दिनहरुमा पनि भन्ने गर्थे, ‘तिमी मेरी साथी मात्र हौ, बस मात्र एउटा राम्रो नजिकको साथी’ । हो र सदा रहने छौँ । चाहे तिमी जेसुकै गर न, मेरो मनबाट यो मित्रभाव कम या यसलाई परिवर्तन गर्न सक्दिनौँ । जुन दिन म मेटिन्छु त्यही दिन मात्र सम्भव होला यो मित्रभावको समाप्ती । रह्यो कुरा विदाको । त्यसो त तिमीले पनि मसँग विदा नै भने मागेकी छैनौँ । तर यहाँ फेरी क्षमाप्रार्थी छु, म यति लाचार छु कि तिमीले मागेको खण्डमा तिमीलाई विदा समेत पनि दिन सक्दिनँ र यति विवश छु कि तिमीसँग विदा माग्न समेत पनि सक्दिनँ । तसर्थ हाम्रो अधूरो र अश्पष्ट सम्बन्धका स्मृतीहरु पत्रको रुपमा लेखेको छु । सदा खुशी रहनु, सफल रहनु कोही छ र मागेको कुरा दिन्छ भने त्योसँग तिम्रो खुशी र सफलता माग्छु….!

तिम्रो काले !

मेरो भन्नु
“मैले यो सब आफुलाई प्रमाणित गर्न लेखेको होइन, न त कसैलाई गलत सावित गर्न नै लेखेको हुँ । मैले भनेको छु, मैले आफुलाई किन प्रमाणित गर्नु, अनि कसको लागि प्रमाणित गरुँ ? यदि यसले कसैको जीवनसँग मेल खाएमा त्यो संयोग मात्र हुनेछ । अन्यथा क्षमाप्रार्थि छु । मेरो व्यक्तिगत भोगाई, अनुभव र स्मृति मात्र रहेका छन् यसमा । अतः कसैले यसलाई गलत नसोचिदिनु होला । त्यसो त कसैले सही सोचोस् भनेर लेखेको पनि होइन । आफ्नो अमूल्य समय निकालेर यो पढिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद ।”

१ पुस २०६९
सुमन पछाई
काठमाडौँ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पत्र साहित्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.