नुनीलो वतास पिएर
वादलुको देशमा सारङगी खोजीरहेछु
कता कता कठाङग्रिदो चिसो
लुकामारि खेलीदिन्छ
नाङ्गा आङ्सँग
रिक्ता पेटहरु सँग
चन्द्रगिरिको स्वप्निल चाहाना
उहि वालुवाको खेतीभएर
गडतिरतिर
सम्भयताको उराठलाग्दो गित खोज्छ
सिस्नु र पिठोकोमादकतामा
फरक यती हो
तिमि चादनीको हात समात्छौँ
हामि चादनीको गित गाँउछौ
उहि रात उहि दिन
हामी चिसै जिहिदिन्छौ
तिमि गर्मि भोगिदिन्छौ
हमि उज्यालौ खोज्छौ
तिमि र तिमिहरु अध्यारोलाई पुजाँ गछाँै
जुन मनपराए जुनै राम्रो
फुल मनपराए फुल उसै
एउटा सदावार गित बन्ने सपनापनि छैन अचेल
फेरी तिमिनै मेरो विरुद्ध भएपछि
म तिम्रो पक्षमा लाग्नुको अर्थ के रह्यो र?
उहि छेपाराको कथा जस्तो
आधा वैसमै तोडिएको प्रेम उत्सव जस्तो
बैसालु सन्तान हराएको पिडामा
आमाहरु रोहेर काट्छन अमिला रातहरु
सम्झेर विताउछन् एक्ला दिनहरु
त्यहिवेला तिम्रो सहरमा भव्य उत्सवहुन्छ
उल्टो पाल्टि इतिहासका गन्धे गितहरुमा रमाउदै
दुख्नुको अर्थ रुनु मात्र होईन
नभएत गाँउ गाँउमा समुद्र बन्नु पथ्र्यो नुनीला पानी भरीएर
आजभोली चट्नापनि लजावती लाग्छ मान्छेलाई
त्यहि भएर होला
बोलाउछु कसैले सुन्दैन
यो व्यस्थ सहर हो
त्यसैले म एक्लो छु ।
मकै भटमास र मोहि
उकाली ओराली र चौतारी
भोग तिर्खा र सुसेली
खै कुन सारगींको धुन बन्छ होला
यस्तै संवादसँग
कोदाको महल भर्न
उद्धत बन्दैछन् साझहरु
ईटाको लयमा
सुकुटि सितन भएर
रातो घर देखि ठमेल सम्म
उदाएन्न पर्वहरु
साटिएन्न प्रेमील मुुटुहरु
रपनि मुस्कान कहाँ मेटीएको छर ?
चन्द्र सुर्य भन्दा अग्ला सपनाहरु च्यातिएपनि
कहाँ रोकिएको छ र जिवनको यात्रा
कहाँ भत्काइएको छर जिजिविसा
बाटो दोहोरीए के भो ?
अस्मिता र स्वभिमान विक्रिको विज्ञापनमा छैन
त्यसैले तिमि र तिमीहरुले
हामिलाई विरोधि देख्यौ
यो कठोर सहरको निदर्यी कथाहो
जहा ठुङ्गा शासन गर्छ
सुगन्धको चिप्लो भाषामा कोपीला निमोठेर
हे उज्यालोका विरोधिहरुहो
नअल्मलिए हुन्छ अध्यरोमै जुन टल्किन्छ ।
(स्रोत : Rajbanskota.wordpress.com)