~पुन्यप्रसाद प्रसाई~
लगभग पन्ध्र बिघाको क्षेत्रफलमा पैmलिएको बाँसघारी छ । यो बाँसघारीमा कसको अधिकार छ भन्ने विषय विवादित छ । तर यस बाँसघारीको निर्वाद उपभोगचाहिँ मुखिया रङ्गनाथले गर्दै आएका छन् । गाउँका अरू कसैले यो बाँसघारीबाट एकघना बाँसको उपयोग गर्न पाएको छैन । प्रतिबन्धित पार्टीले ‘यो बाँसघारी सार्वजनिक भएकोले रङ्गनाथ या अरू कसैले पनि यहाँबाट एकघना बाँस पनि काट्ने र कटाउने गरे भौतिक कार्वाही हुनेछ’ भनेर एउटा सूचना टाँसिदिएपछि यस बाँसघारीबाट बाँस काटिन छाडेको छ ।
यो बाँसघारीको उत्तरी भाग जङ्गलसँग जोडिएको साथै बाँसघारीको बीचमा केही खाली ठाउँ पनि भएकोले प्रतिबन्धित पार्टीलाई आफ्ना कार्यक्रम यो बाँसघारीको बीचमा सञ्चालन गर्न सजिलो परेको छ । पार्टीले यो बाँसघारीको बीचमा कतिपटक त आफ्ना जनमिलिसियालाई तालिमसमेत दिइसकेको छ ।
तर अहिले यहाँ तालिमको तयारी भइरहेको छैन । जनमिलिसियाका पन्ध्र जनामध्ये चार जना चारतिर पहरा दिन खटाइएका छन्; सात जना, अनुहारमा अचम्मलाग्दो उत्सुकतासाथ बसेका छन्, जिल्ला कमिटीले उनीहरूले गरेको प्रस्तावको निर्णय सुन्न । यो निर्णय लिएर आउँदै छन् जिल्ला सचिव कमरेड ज्वाला ।
जनमिलिसियाकी प्रमुख कामरेड कान्तालाई यो छोटो प्रतीक्षा पनि अनन्त लामो पर्खाइ जस्तो लाग्छ । उनी छिन्–छिन्मा उठ्दै बस्दै गर्छिन् । कुनैबेला उनी यताउता चक्कर पनि लाउँछिन् ।
‘हाम्रो प्रस्ताव स्विका¥यो कि स्विकारेन जिल्ला कमिटीले ?’ उनी छोटो–छोटो डेगले हिँड्दै सोच्छिन् । घडी हेर्छिन्, ‘दुई बजिसक्यो, यसबेलासम्ममा त आइपुग्नु पर्ने हो कमरेड । कम्युनिष्ट पार्टीको जिल्ला कमिटीको सचिव स्तरको पदमा पुगेको कामरेडले समयको बेवास्ता त गर्नु नपर्ने । ए साँच्ची…।’ कामरेड कान्ताको ओठमा रहस्यमय मुस्कान देखिन्छ । ‘हो त नि, मैले त यो घडी पन्ध्र मिनेट चलाख पो राखेकी छु ।’ उनी पुनः बस्छिन् ।
कामरेड कान्ता उमेरले बीस वर्षकी छिन् । यिनी जनमिलिसियामा संलग्न भएको एक वर्ष पुग्दा–नपुग्दै जनमिलिसिया प्रमुख बनिन् । यसरी यति छिट्टै प्रमुख बन्न सक्ने यिनकोे क्षमता भनेको आठ कक्षासम्मको पढाइ थियो । किनकि जनमिलिसियामा अरू जे–जति थिए प्रायः सबै ‘ल्याप्चे’ थिए । जिल्ला कमिटीले यिनलाई प्रमुख बनाउँदा बाँकी कसैले पनि यिनको ईष्र्या गरेनन् । किनकि आपूm भर्ति हुँदादेखि नै यिनले आफ्ना साथीहरूप्रति अपनत्वपूर्ण व्यवहार गरेकी थिइन् भने सबैलाई लेखपढ गर्न पनि सिकाउन थालेकी थिइन् ।
पाँच फीट पाँच इञ्च उचाइकी चुच्चो नाक, ठूला आँखा, बाटुलो अनुहारकी सावली कान्ता देख्नमा सुन्दर छिन् । यिनलाई आपूm काली हूँ भन्ने चेतना छ । त्यसैले कसैले तपाईं सुन्दर हुनुहुन्छ भन्यो भने झट्टै स्वीकार गर्न यिनलाई मुस्किल पर्छ । प्रतिउत्तरमा लजाउँछिन् मात्र ।
यी सुन्दरी छापामारले पार्टीलाई आफ्नो योग्यता पनि देखाइसकेकी थिइन् । यिनको नेतृत्वमा गाउँ विकास समितिको कार्यालय जलाउने, प्रहरीले खाली गरेर गएको चौकी जलाउने कार्य सफलतापूर्वक सम्पन्न भइसकेको थियो भने छापामारको सङ्ख्या सातबाट सत्र पु¥याएकी थिइन् यिनले । पार्टीको लागि जस्तोसुकै त्याग गर्न पनि तयार कान्ता यसरी छट्पटाउनुको मुख्य कारण थियो यिनले पार्टीसँग एउटा बन्दुकको माग गरेकी थिइन् । उनीहरूको यही मागको निर्णय लिएर जिल्लाबाट अहिले जिल्ला सचिव कामरेड ज्वाला यहाँ आउँदै छन् । यो पर्खाइ उनै जिल्ला सचिवको हो ।
‘पिरिर… पिरिरि… ।’ उपस्थित सबैको कानमा रूखको पातको धुन पर्छ ।
‘ए कामरेडहरू, सुन्नुभयो पात बजेको ?’ पात बजेको सुनेर उत्तेजित कान्ता जुरुक्क उठ्दै सोध्छिन् । ‘हाम्रो मान्छे आउँदै छन्’ भनेर थाहा दिन बजाइएको धुन थियो यो । उनीहरूबीच यस्ता केही धुन थिए जसको आधारमा उनीहरू बुझ्थे, बाहिरको अवस्था । कुनै खतरा परोस् या अरू कुनै अवस्था नै किन नपरोस् पहरा दिन बसेको कमरेडले रूखको पात बजाएर जानकारी दिन्थ्यो । पहरामा बसेको कामरेड घाँस–दाउरा गर्न आएको गाउँलेजस्तो बनेर पहरा दिने गर्थे । पात बजेको सबैले सुनेका थिए र बुझेका पनि थिए, यो आफ्नो कुनै कामरेड आउँदाको जनाउ थियो ।
‘सायद जिल्ला सचिव कामरेड ज्वाला आउँदै हुनुहुन्छ ।’ समूहबाट एक जना बोले ।
‘अरू कोही आउन बाँकी त हुनु हुन्थेन नि ?’ कामरेड ज्वाला नभएर अरू नै कोही पो होला कि भन्ने शङ्काले सोधिन् कान्ताले ।
‘अरू कोही आउन बाँकी छैन, आउने कामरेड ज्वाला नै हो ।’ अर्को एक कामरेड बोले । कान्ताको अनुहार उज्यालो भयो । उनले, पातको आवाज आएको दिशातिर एकोहोरो हेरिन् । पातमा लोकधुन बजिरहेको थियो जुन धुन अहिले निकै तिख्खर सुनिँदै थियो । पातबाट निस्किएको यो धुनले जनाउने सङ्केत कामरेड कान्तालाई राम्रैसँग थाहा थियो । उनी विश्वस्त थिइन् कि आउने व्यक्ति अरू कोही नभएर प्रतीक्षित जिल्ला सेक्रेटरी कामरेड ज्वाला नै हुन् । आफ्नो प्रस्ताव जिल्ला कमिटीले स्वीकृत ग¥यो कि गरेन भन्ने कुराको खुब खुल्दुली थियो कान्ताको मनमा । सबै कामरेड बसेका छन्, तर कान्ता भने छोटो डेगले यताउता गरिरहेकी छिन् ।
‘ल कामरेड ज्वाला पनि आइपुग्नु भयो ।’ स्वयम् कान्ताको उत्तेजित आवाज सुनियो । सबै कामरेड उठे र कान्ता फर्किएको दिशातिर फर्किए । द्रुत गतिमा आपूmतिर आइरहेको कामरेड ज्वालालाई देखेर सबै खुसी भए ।
‘लालसलाम कामरेडहरू !’ केही नजिक आएपछि मुठ्ठी उठाएर दरिलो आवाजमा बोले ज्वाला ।
‘लालसलाम कामरेड !’ प्रतिउत्तरमा यतातिरका सबै एकैसाथ गर्जिए । पूरा बाँसघारी गुञ्जियो ।
छेउमा आएर अनन्तले सबै कामरेडसँग दरिलो हात मिलाए, अपनत्वको महसुस गरे र गराए पनि ।
‘ल बसौँ !’ हात मिलाइसकेपछि भनिहाले कमरेड ज्वालाले । उनलाई हेर्दा लाग्थ्यो, उनी यहाँबाट जतिसक्दो छिटो हिँड्न चाहन्छन् । उनको हतारो कामरेड कान्तालाई पनि महसुस भयो, भनिन्– ‘कामरेड ज्वाला, के पार्टीले हाम्रो प्रस्ताव स्विका¥यो ? अर्थात् के हामीलाई पार्टीले एउटा बन्दुक दिने भयो त ?’ यो प्रश्न गर्न कामरेड कान्ताले आपैmमा निकै शक्ति सञ्चय गर्नुपरेको थियो । किनकि यसको उत्तरमा ‘न’ अर्थात् कामरेड ज्वालाले ‘प्रस्ताव अस्वीकार भयो’ याने कि ‘तपाईंलाई बन्दुक प्राप्त हुँदैन’ भनिदेलान् कि भन्ने ठूलो त्रास थियो उनमा । त्यसैले उनी मुटु थामेर कामरेड अनन्तको जबाफ सुन्न आतुर भएर बसेकी छिन् । बाँकी अरू कामरेडमा पनि उस्तै मौनता व्याप्त छ । सबै जना साह्रै मन्दगतिमा सास लिने र छोड्ने गरिरहेका छन् ।
‘पार्टीले तपाईंलाई बन्दुक दिने भएको छ । हुन त बन्दुक नियमित सेनालाई मात्र दिने पार्टीको घोषित नीति नै हो, तर यस स्थानमा जनता र हाम्रो पार्टीको सर्वनाश गराउन पुरानो सत्ताले डाँकाहरूको प्रयोग गरेकोले यी डाँकालाई सबक सिकाउन तपाईंहरू सक्षम हुनुहोस् भनेर पार्टीले तपाईंहरूलाई एउटा थ्री नट थ्री राइफल, दुइवटा भरुवा बन्दुक र केही थान ग्रिनेट दिने निर्णय गरेको छ ।’ जिल्ला सेक्रेटरी ज्वालाले भने । कान्तालाई खुसीले उफ्रिएर चिच्याउन मनलाग्यो, तर उनले आपूmलाई मुस्किलैले रोकिन् । उनको अनुहार खुसीले धपक्कै बलेको थियो ।
‘यस भेगका जनताका लागि पार्टीको यो निर्णय ठूलो हर्षको विषय हो । किनकि यहाँका जनता सिमानापारीबाट आउने डाँकाबाट साह्रै सताइएका छन् । अब हाम्रो पार्टीले यस भेगका जनतालाई सुरक्षा दिनेछ ।’ कान्ताले केही गम्भीर मुद्रा बनाएर भनिन् ।
‘पार्टीलाई विश्वास छ, पार्टीका विचारहरू जनतासम्म पु¥याउन र स्थानीय रूपमा पार्टीको उपस्थिति सशक्त रूपमा देखाउन तपाईंहरू सक्षम हुनु हुनेछ ।’ जिल्ला सेक्रेटरी कामरेड ज्वालाले आवाजलाई सकेसम्म ओजपूर्ण बनाउने प्रयास गर्दै भने ।
‘बन्दुक हामीले कहिलेसम्ममा प्राप्त गर्नेछौँ होला त कामरेड ?’ सोधिन् कान्ताले ।
‘सायद यही हप्ता तपाईंहरूसम्म आइपुग्ला । किनकि पार्टीले उक्त कार्यको लागि केही कामरेडलाई खटाइसकेको छ । जसले तपाईंहरूलाई बन्दुक उपलब्ध गराउनका साथै घरेलु बम निर्माण गर्ने प्रशिक्षणसमेत दिनु हुनेछ ।’ कामरेड ज्वाला केहीक्षण चुप लागे र कुुराको बिट मार्दै भने– ‘म आज तपाईंहरूलाई यो कुराको जानकारी दिनको लागि मात्र यहाँ आएको हुँ ।’ कामरेड ज्वाला उठे र उनले आपूmले बोकेको झोलाबाट केही पुस्तक निकाले र भने– ‘कामरेड कान्ता, तपाईंको लागि मैले केही पुस्तक ल्याइदिएको छु, पार्टीको कामबाट फुर्सद भएपछि अध्ययन गर्नुहोला र साथीहरूलाई पनि पढाउनुहोला ।’ कमरेड ज्वालाले झोलाबाट केही पुस्तक झिके । कान्ताले अनन्तको हातबाट पुस्तक लिइन् ।
‘धेरै–धेरै धन्यवाद कामरेड, मलाई पढ्ने तीव्र इच्छा छ । मैले आपूm मात्र पढ्ने नभएर केही समय साथीहरूलाई पनि पढाउने गरेको छु । अब धेरै साथीहरू राम्रैसँग अक्षर फुटाउन सक्ने हुनुभएको छ ।…’ कान्ताले आफ्नो बायाँपट्टि उभिएको मङ्गोलियन अनुहारको पुड्को मानिसलाई देखाएर भनिन्– ‘कामरेड हिमाल पनि अब आफ्नो नाम लेख्न सक्ने हुनुभएको छ ।’ उक्त व्यक्ति सर्मायो जो भर्खरै जनमिलिसिया हुन आएको थियो । अबका दुई–तीन हप्तामा म उहाँलाई किताब पढ्न सक्ने बनाउँछु ।’ कान्ताले खुसीले आँखा नचाउँदै भनिन् ।
‘एउटा सच्चा कम्युनिष्टले पार्टीले खटाएको काम सम्पन्न गर्नुका साथै आफ्नो पढाइमा पनि उत्तिकै सचेत रहनुपर्छ । आफ्नो बौद्धिक स्तर बढाउन हर सम्भव प्रयास गर्नुपर्छ । तपाईं छिट्टै नै लेखपढ गर्न सक्नुहुन्छ भन्ने विश्वास छ मलाई । किनकि तपाईंहरूसँग कामरेड कान्ताजस्तो उर्जाशील व्यक्तिको साथ छ ।’ कामरेड ज्वालाले कामरेड हिमाललाई धाप मारे र कान्तालाई हेरे । कान्ताको अनुहारमा गर्विलो भाव देखियो । कामरेड ज्वालाको प्रशंसा स्विकार्दै थोरै मुस्कुराइन् कान्ता । यसपछि कामरेड ज्वाला सबैलाई लालसलाम गरेर छुट्टिए ।
कमरेड ज्वाला गएको पाँच दिनपछि कान्तालाई जिल्लाबाट आएका छ जना कामरेडले बन्दुक र ग्रिनेडका एवम् घरेलु बम निर्माणको लागि चाहिने सामग्री उपलब्ध गराउनुका साथै बम निर्माणको कलासमेत सिकाएर गए ।
बन्दुक हात परेको दिन नै कामरेड कान्तामा अचम्मलाग्दो परिवर्तन आयो । आपूmमा आएको यो परिवर्तनले उनी आपैm अचम्मित हुन पुगिन् । हिजोसम्म पार्टीको नीतिअनुरूप कार्य गर्नुपर्छ, व्यक्तिगत दुस्मनीको आधारमा कुनै पनि प्रकारको क्रियाकलाप गर्नु हुँदैन भन्ने सोच भएकी कान्ताको हातमा जब बन्दुक प¥यो तब उनको सोचाइमा नै परिवर्तन आयो । उनीभित्र जुन विचार र विवेक थियो त्यो सब छुमन्तर गरेर कसैले हटाइदिए भैmँ बिलायो । उनको ओठमा हरदम देखिने मुस्कान र अनुहारमा देखिने कोमल भाव हठात् गायब भएर उक्त रिक्त स्थान कठोरताले लियो । कान्ताले सोच्न थालिन्, ‘अब मसँग शक्ति छ ।’ उनले बन्दुक सुमसुम्याइन्, ‘मेरो साथमा केही व्यक्तिहरू पनि छन् र आडमा एउटा शक्तिशाली पार्टी पनि छ भने मैले आफ्ना व्यक्तिगत शत्रुको सफाया किन नगर्ने त ? गर्नुपर्छ, किनकि तिनीहरूबाट मैले दुःख÷कष्ट झेल्नुपरेको थियो भने अरूले पनि झेल्नुप¥यो होला । त्यस्ता दोषी व्यक्तिबाट समाज र राष्ट्रलाई केही फाइदा पनि त छैन । मैले ती सबै व्यक्तिको सफाया गर्नुपर्छ जोबाट म अन्यायमा परेकी थिएँ । दुष्टहरूलाई बाँच्ने कुनै अधिकार छैन ।’ कामरेड कान्ताले अठोट गरिन् र उनको यो अठोट एउटा ठोस निर्णय पनि थियो । यो निर्णय लागू गर्न उनले पार्टीको अनुमति लिनुपर्ने पनि कुनै आवश्यकता थिएन । किनकि धेरै शत्रुको सफाया उनी अदृश्य रूपमा गर्न चाहन्थिन् ।
कान्ताको यो निर्णय अर्थात् भनौँ सनक बन्दुकप्राप्तिको उन्माद थियो । बन्दुकको स्पर्शले उनीबाट विवेक र विचार विलुप्त भएको थियो । बन्दुकले उनको मस्तिष्कमा यस्तो गलत प्रभाव पा¥यो कि त्यति धेरै विचारशील कान्ता विचारै गर्न नसक्ने भइन् । उनीभित्र आक्रोशको भावना प्रबल भएर उठ्न थाल्यो । उनले सर्वप्रथम शत्रुको नाम लिष्ट तयार गर्ने विचार गरिन् ।
‘मैले ती सबको सफाया गर्नुपर्छ जसले मेरी हजुरआमालाई बोक्सीको आरोप लगाएर मलमूत्र कोच्याउँदै गाउँबाट लखेटेका थिए ।’ उनी विचारमा डुब्न थालिन् । आफ्नी हजुरआमालाई गाउँलेले त्यस्तो दुव्र्यवहार गर्दा कान्ता छ वर्षकी थिइन् । उनको मस्तिष्क क्रियाशील भयो । ‘म ती सबैको सफाया गर्छु जसले मेरी बूढी हजुरआमालाई त्योबेला बोक्सी बनाएर मलमूत्र कोेच्याएका थिए ।’ उनको अनुहार कठोर भयो । कान्ताले सम्झिएका जतिको नाम आफ्नो डायरीमा लेखिन् । सत्र जना गाउँले सक्रिय रहेछन् त्योसमय, उनकी हजुरआमालाई बोक्सी आरोपित गरेर मलमूत्र कोच्याउँदै गाउँबाट लखेट्नेमा ।
यसपछि उनको दिमागमा अर्को काण्ड ताजा भएर उठ्यो । यो काण्ड गाउँको कुवामा घटेको थियो । कामरेड कान्ता त्योसमय दस वर्षकी थिइन् । उनी पनि आफ्नी आमासँग सानो घैला बोकेर सँगसँगै कुवा गएकी थिइन् । बाहुनीको पालो पुगेपछि मात्र तल्ला जातकाले पानी कुवाबाट लिन पाउने चलन थियो । कान्ता र उनकी आमा पालो कुरेर कुवाको डीलमा बसेका थिए । बाहुनीहरू इत्रिदै, एक–अर्काको कुरा काट्दै पानी भर्दै थिए । चञ्चले कान्ता उफ्रिएर खेल्दै थिइन्, खुट्टाले भुइँको पानी उछिट्टिएर एउटी बाहुनीको गाग्रीमा छिटो परेछ । बाहुनी रिसले आगो भएर कान्तालाई जगल्टामा समाएर भुइँमा नाक रगडाउन थाली । आफ्नी छोरीलाई बाहुनीले मार्न लागेको देखेर कान्ताकी आमा छुट्याउन गइन् । अनि त के चाहियो… बाँकी सबै बाहुनी मिलेर कान्ताकी आमालाई चुट्नसम्म चुटे । उनका कपाल लुछ्नसम्म लुछे । त्यो घटनापछि कान्ता त झन्डै सात दिन ज्वरो आएर थला परेकी थिइन् ।
यो घटनाको सम्झनाले कान्ताको रगत उम्लेर आयो । अहिले गएर ती सबै बाहुनीलाई लाइनमा राखेर ड्याङ–ड्याङ गोली हानेर मारिदिन मन भयो कान्तालाई । उनले, त्यो दिन कुवामा पानी भर्न आएका सातै जना बाउनीको नाम लेखिन्, आफ्नो डायरीमा ।
कान्ताले आफ्नो मामाको जड्याँहा छोराको नाम पनि लेखिन् डायरीमा, जसले उनी बाह्र वर्षकी हुँदा एक दिन इँजारतल हात घुसारेर उनलाई खाटमा लडाउन चाहेको थियो । तर उनी उम्किन सफल भएकी थिइन् । यसपछि क्रोधित कान्ताले जमिन्दार कुलनाथको परिवार, कुलनाथ स्वयम्को र उसका लठैतको नाम लेखिन्, जसले उनीहरूको ऐलानी जग्गामा बनेको घर भत्काइदिएपश्चात् जग्गा आफ्नो कब्जामा लिएर उनीहरूलाई घरबारविहीन पारेका थिए । कान्ताले हर्केलाई पनि सफाया गर्ने विचार गरिन्, जसले उनलाई प्रेम गरेर पनि ‘विवाह गरौँ’ भन्दा ‘जात मिल्दैन’ भनेर पन्छिएको थियो । ‘आपूm माथि परेको बेला त्यो मलाई धोका दिन सक्छ भने मसँग शक्ति भएको बेला मैले त्यसलाई सफाया गर्न किन नहुने ?’ सोचिन् कान्ताले ।
यसैबेला कान्तालाई स्कुलको घटना सम्झना भयो । उनले सुमन सरबाहेक सबै मास्टरको सफाया गर्ने विचार लिइन्, जसले उनलाई ‘तल्लो जातकी’ भनेर कहिल्यै बेञ्चमा बस्न दिएनन् । उनले मास्टरका सँगसँगै केही विद्यार्थी केटा र केटीको पनि नाम लेखिन् डायरीमा, जसले उनलाई ‘कुजात’ भनेर सधँै सताउने गर्थे । कान्ताले मुखियाको छोरो सन्तोषको नाम पनि सफाया गर्नेकोे लिष्टमा राखिन् । यसले चाहिँ कान्तालाई एक दिन फकाएर सिनेमा लगेको थियो । अल्याङटल्याङ गरेर घर फर्किन ढिला गरेर रात पा¥यो र राति घर फर्किंदा कान्तामाथि जोरजबरजस्ती गर्ने प्रयास गरेको थियो ।
कान्ताको दिमागमा अरू पनि धेरै मानिसको नाम आयो, जसलाई उनले आफ्नो डायरीमा सफाया गरिनुपर्नेहरूको लिष्टमा राखिन् ।
नाम लेखिसकेपछि उनले एउटा ठूलो श्वास लिइन्, ‘यिनीहरूलाई बाँच्ने कुनै अधिकार छैन । आफ्नो अपराधको सजाय पाउनेछन् यी सब दुष्टले । म यी सबलाई मार्नेछु । किनकि मसँग बन्दुक छ ।’
कान्ताको मुखमुद्रा कठोरतम् बन्दै गयो । उनले रुमाल झिकेर बन्दुक राम्रोसँग पुछिन् । रुमाल राखेर एकपटक क्षितिजतिर बन्दुक ताकिन् । उनी उठिन् र घुमी–घुमी शून्यतामा बन्दुक ताकिन् । उनलाई हेर्दा यस्तो लाग्थ्यो, आकाशको कुनै तारा पनि उनको शत्रु हो, जसको उनी सफाया गर्न चाहन्छिन्; उनी गोली हानेर आकाशमा चम्किरहेका ताराहरूमध्ये कुनै तारालाई झार्न चाहन्छिन् ।
कान्ता फेरि बसिन् । उनले भर्खरै डायरीमा टिपिएको नाम गनिन् । ‘एक सय पो भएछन् !’ कान्ता यति धेरै नाम देखेर चकित भइन्, ‘म एक जनाका यति धेरै शत्रु !’ उनी आपैmसँग बोलिन् । उनी फेरि क्षितिजतिर निहार्न थालिन् । उनी निकैबेर यसै टोलाएर बसिरहिन्, ‘अहो यति धेरै पो रहेछन् मेरा शत्रु ! यी सबैलाई मैले मारिदिएँ भने… ?’ उनले आपैmलाई प्रश्न गरिन् । ‘अरू के हुन्छ र ! मेरा शत्रु सकिन्छन्… ।’ उनको अनुहार खुसीले चम्कियो । उनले पुनः शून्यतातर्पm नियालेर हेर्न थालिन् ।
तर… एकैछिनमा उनको अनुहारको खुसी उड्यो, ‘म अहिले बीसकी भएँ । म बीसकी हुँदा नै मेरा यतिका धेरै शत्रु छन् । जिन्दगी त अझ लामो छ । यही हिसाबले म पैँसठ्ठीकी हुँदा त मेरा शत्रु तीन सय हुने भए । अर्थात् आफ्ना शत्रुको सफाया यही अनुपातमा गर्दै जाने हो भने मैले पूरा जीवनमा तीन सय जनालाई मार्नुप¥यो । बाफ रे… !’ कान्ताले जिब्रो टोकिन् ।
उनले दुवै घुँडा जोडिन् र चिउँडो घुँडामा राखेर पुनः सोच्न थालिन्, ‘ल ठीक छ, यी एक सय जनाको सफाया गरेपछि शत्रु सकिएलान्, पछि कोहीसँग शत्रुता नै नगरौँली । तर मैले यिनीहरूलाई मारेपछि यिनीहरूका सन्तान त स्वतः नै मेरा शत्रु हुने नै भए ।’ उनले एकछिन गम खाइन् । ‘ल ठीकै छ त्यसो पनि नहोला । मैले तिनीहरूलाई सफाया गरेको कसैले सुइँको नै नपाउलान् रे । म एउटी क्रान्तिकारी पार्टीकी सदस्य । मजस्ता हाम्रो पार्टीमा एक लाख सदस्य त अवश्य पनि होलान् नै । अब मैले जस्तै ती सबैका शत्रु पनि होलान् । मैले जसरी नै उनीहरूले पनि एक–एक सय जनाको सफाया गर्ने हो भने त एक करोड मानिस मारिने भए । अब हाम्रा सदस्य एक लाख मात्रै नहोलान् र कसैका त सयभन्दा अझ बढी नै शत्रु होलान् । यो हिसाबले सफाया गर्दै जाने हो भने त पूरा देश श्मसान हुने रहेछ ! अब पार्टीभित्रै पनि कोही कसैको शत्रु बनी नसकेको होला भन्नेमा के ग्यारेन्टी पो हुन सक्छ र !’ उनको टाउको चड्किन थाल्यो । बन्दुक काखमा राखेर उनले दुवै हातले टाउको समाइन् ।
अचानक उनीभित्रको मान्छे बोल्न थाल्यो, ‘अहँ, मान्छे मारेर कुनै समस्याको समाधान निस्कनै सक्दैन । बरु त्यसले त अर्को समस्या जन्माउँछ । परिवर्तन, मान्छे मारेर आउन सक्दैन । ‘परिवर्तन’ त मान्छेभित्रको गलत विचारलाई परिवर्तन गरेर मात्र आउन सक्छ । हो समाज, देश र विश्वलाई बदल्ने हो भने मानिसको बिचार बदल्नुपर्छ । म कसैको हत्या गर्ने छैन । हो, कसैको सफाया गर्ने छैन । अब पहिला म थाहा पाउने प्रयास गर्छु, सही के हो ? म जुन बाटोमा हिँडिरहेकी छु कति सही छ ? जब म आपूm सही बाटोमा हुनेछु अनि अरू मानिसको विचारमा परिवर्तन ल्याएर त्यो सही बाटोमा हिँडाउने प्रयास गर्नेछु…। तर म मान्छे मार्ने छैन ।’
भर्खरै आएको यो नयाँ चेतनामा कान्ता सोची नै रहेकी हुन्छिन्; ठीक त्यति नै बेला सारा जङ्गल थर्काउँदै आकाशमा एउटा हेलिकप्टर देखिन्छ । कान्ता जुरुक्क उठ्छिन् । उनी उठ्नुसँगै आकाशबाट बमबारी हुन्छ र जङ्गलमा एकफन्को लाएर हेलिकप्टर जान्छ ।
कान्ताको रक्ताम्मे शरीर कान्लामुनि उत्तानो पल्टिरहेको हुन्छ ।
उप्m ! त्यो हेलिकप्टरबाट बम बर्साउनेमा पनि कान्तामा भैmँ मानिस मारेर समस्याको समाधान सम्भव छैन भन्ने कुराको चेतना आउन सकेको भए ?
(स्रोत : शारदा मासिक २०७१ मंसीर)