तारेभिरको डाँडामा एउटा गाउँ थियो । त्यही गाउँको एउटा झुपडीमा आइते तामाङको परिबार बस्थ्यो । घरमा आइतेका बज्यै, बाबु–आमा र दुईजना दिदी थिए । आमा बा र दिदीहरू पहिले शिवपुरीको बनबाट दाउरा काट्दै बेचेर घरव्यवहार चलाउँथे । आइते गाउँकै सानो स्कुलम पढ्थ्यो । उसका आमा बाबु कहिले आइते पढेर ठूलो होला र उनीहरूको दुःख कम होला भन्ने सोचथे ।
बज्यै हरेक साँझ उसलाई राम्रा र रमाइला कथा सुनाउनुहुन्थ्यो । कहिले सूर्य चन्द्र र ताराहरूका कथा सुनाउनुहुन्थ्यो, कहिले नदी नाला र पहाडका । अनि कहिले रुख बिरुवाका कथा सुनाउनुहुन्थ्यो, कहिले परी र भूतप्रेतका !
तर उसको मन ती कथाहरूम पटक्कै लाग्दैनथ्यो । कथा सुननुभन्दा निहुँजसो छोइएलाजस्तै गरी घरैमाथिबाट उडेको हवाइजहाज हेरेर रमाउउनुमा उसलाई आनन्द आउँथ्यो । त्यो देख्दा उसलाइै पनि हबाइजहाजम बसेर उड्न पाए कस्तो मजा हुन्थ्यो होला भन्ने लाग्थ्यो । ऊ हजूरआमासँग भन्थ्यो पनि– हजूरआमा, हबाइजहाजमा उड्न पाए कस्तो रमाइलो हुनथ्यो होला हगि ?
“बाबु, यहाँ कताबाट हवाइजहाज आउँछ र चढ्नु ? हवाइजहाज सशरमा छ । त्यसमाथि हबाइजहाज चढ्न धेरै प्रसा चापहन्छ, कहाँ पाउनु हामीले । धेरै पढ्ेर राम्रो काम गर्नु अनि चर्ढला नि !”हजूरआमा उसलाई सम्झाउने गर्नु हुन्थ्यो ।
आमाको कुरा सुनेर आइते निरास हुन्थ्यो । सम्झनुको साटो ऊ हरबखत त्यी हवाइजहाजमा उडेको कल्पना गर्दै बस्थ्यो । अरु काममा उसको खासै जाँदैनथ्यो । फर्सत भयो कि ऊ घर छेउकै चौरमा गएर आकाशमा हवाइजहाज आएको हेरिरहन्थ्यो । अनि हेर्दाहेर्दै अनेकौं सपना देख्दै निदाउँथ्यो । एक साँझ स्कुलबाट र्फेर त्यसरी नै चैरमा पुगेर आइते निदायो । केही बेरमैं सपना देख्न थाल्यो ।
आइते घरबाट जंजलै जंगल धेरै टाढा पुग्यो । ऊ हजूरआमाले भन्नुभएको हबाइजहाज बस्ने सहर पुग्न चाहन्थ्यो । त्यहाँ पुगेर चढ्न नपाए पनि हवाइजहाज हेरेर धोको पु¥याउने उसको इच्छा थियो ।
हिँड्दा हिँडदा ऊ धेरै पर वागमतीको मुहानमा पुग्यो । माथि आकाशमा रंगको सूर्य चम्किइरहेका थिए । एक टक सूर्यलाई हेरिरहँदा उसले सूर्यबाट एउटा हवाइजहाजजस्तै कुरा निस्केर उतिरै आइरहको देख्यो । त्यो हावामा हवाइजहाज उडेजस्तै उडिरहेको थियो । तर त्यसम हवाइजहाजकोजस्तै न पंखा थियो न पुच्छर । हवाइजहाज कराएजस्तो आवाज सिन सुनेन ।
हेर्दा हेर्दै त्यो विमान उसकै छेउमा अएर रोकियो । त्यसबाट एकजना ऊजस्तै सानो केटो बाहिर निस्किँदै भन्यो– तिमी किन यहाँ एक्लै बसेका ?
“त्यसै…। म पनि तिमीजस्तै विमानमा बसेर आकासमा माथि माथि उड्न चाहन्छु । तर केगर्नु मसँग हवाइजहाज चढ्ने पैैसा छैन ! उसले दिक्क मान्दै भन्यो ।
“त्यस्तो इच्छा छ भने मसँगै हिँड न त, तिमीलाई पनि मेरै विमानमा घुमाउँला ।” त्यो केटोले भन्यो ।
आइते असाध्यै खुसी भयो । ऊ हत्तार्रिएर विमानभित्र पस्यो । विमान सुिरुमा बिस्तारै माथि उठ्यो र त्यसपछि बेगले आकाशमा उड्न थाल्यो । तारेभि। मत्रै होइन धेरै डाँडा र गाउँहरू एक एक गर्दै पछाडि छुट्दै गए । आइते कहिल्यै सहर गएको थिएन । अहिले विमान सहरमाथि पग्दा तलको दृश्य देखेर ऊ छक्कै प¥यो । चारैतिर सडकै सडकको जालो देखिन्थ्यो । जताततै घरैघर थिए कतै साना साना घर देखिए, कतै आकाशै छालान्जस्ता अग्ला अग्ला गगनचुम्बी भवनहरू ! सडक सबै ठूला साना मोटर गाडी र बसहरूले भरिएका देखिन्थे मासिनहरू हतार हतार हिँडिरहेका थिए । चारैतिरको चर्को स्वर माथि विमानसम्मै सुनिन्थ्यो । त्यो सबै देखेर आइते चकित थियो ।
“सहरमा केही बेर घुम्न पए…!” आइतेले त्यो देखेर आफैंसँग भन्यो । तर के अचम्म आइतेले मनमनै भनेको कुरा विमान चलाउने केटोले सुनेछ ।
“ठीकछ नि त, सहर घुम्दै गर । म साँझमा तिमीलाई लिन आउँला ।” त्यो केटोले भन्यो ।
आइते सहर पनि घुम्न पाइने भयो भनेर खुसी भयो । ऊ सडकमा हिँड्न थाल्यो । ठूला ठूला पसल, कतै लुर्गैलुगा । कतै खानेकुरा नै खानेकुरा । कतै मिठाइ नै मिठइ, कतै फलफूलै फलफूल ! कति कुरा त केहो भन्ने पनि चिन्न सकेन उसले ।
एउटा पसलमा देख्दै जाली जाली परेको रसिलो रोटी देखेर उसको भोक पनि जाग्यो । पसले नजिकै पुगेर उसले भन्यो– “मलाई पनि एउटा रोटी खान दिनोस् न !”
“पैसा छ, जेरी खानलाई ।” आइतेलाई झुत्रे झाम्रे देखेर पसलेले पत्याएन । आइतेले त्यो रोटीको नाम जेरी रहेछ भन्ने त बुझ्यो, तर किन्न ऊसँग पैसा थिएन । आइते दुखी भयो ।
विमानको त्यो केटो लुक्दै पछि पछि आइतेसागै आइरहेको रहेछ । आइते जेरी खान नपाएर दुःखी भएको देखेर त्यो केटोले जेरी किनेर आइतेलाई दियो । आइतेलाई जेरी असाध्यै मीठो लाग्यो । रसिलो र गुलियो जेरी उसले त्यस अघि कहिल्यै खाएको थिएन ।
“धन्यवाद !” त्यति मीठो जेरी ख्वाएकोमा विमान चलाउने केटोलाई धन्यवाद भन्दा त ऊ त्यहाँ कतै देखिएन । साँझमा लिन आउँछु भनेको छ, आइहाल्ला नि त । उसले मनमनै भन्यो ।
जेरी खाएपछि मुख सुकेर आइतेलाई पानी प्यास लाग्ये । पानी खोज्छ, कतै देख्दैन । न कतै धारो थियो, न कुवा–डोबिल्को नै । “मुख सकेर प्याक्प्याकी भैसक्यो, पानी कतै देखिन्न !” दिक्क भएर आफैँसँग भन्यो ।
तर त्यो कुर कसरी विमान चलाउने केटोको कानसम्म पुग्यो कुन्नि, ऊ पानी लिएर आइतेको अगाडि आइपुगिहाल्यो । पानी दिएर चाहिँ तुन्तै अलप भैसकेको थियो । त्यो देख्दा आइतेलाई अचम्म पनि लाग्यो– जादूगर त होइन यो केटो ? तर फेरि उसले आफैैँसँग भन्यो– भीडमा कतै छलियो होला ।
पानी खाएर ऊ फेरि डुल्न थाल्यो । डुल्दा डुल्दा कति समय बित्यो, त्यो पनि पत्तो भएन । थकाइले सडक पेटीकै एक छेऊमा सुस्ताउन बसेको थियो, भुसुक्कै निदाएछ ।
एक्ै छिनपछि कसैले डन्डाले हिर्काएजस्तो लागेर आइते ब्युँझियो । नभन्दै अकासे रंगको नीलो कमिज, गाढा नीलो रंगको पाइन्ट र टाउकोमा क्याप लाइएको एकजना मासिनले डन्डाले घचद्धचयाउँदै उसलाई उठाउँदै रहेछ । त्यसैतै अरु चाहिँ सडकको माझम बसेर अहात हल्लाइ हल्लाइ मोटरलाई बाटो देखाइरहेका थिए । ए…सामाजिक शिक्षामा ट्राफिक पुलिसको बारेम पढेको थिइएँ, यिनै पो रहेछन् ? उसले आफैँसँग भन्यो ।
त्यो देखेर पिटाइ खानु पर्ल भनी ऊ डरायो–अब त घरै जान पाइ हुन्थ्यो ।
उसले मनमा सोचेको केुरा विमान चलाउने केटोले सुनि पनि सकेछ । ऊ अगाडि आएर भन्यो– ल हिँड, म तिमीलाई तिम्रो घरमा लगेर छाडिदिन्छु ।
केटोले आइतेलाई अलि पर एकान्तमा लिएर गयो । त्यहँ झाडीभित्र उसले आफ्नो विमान लेकाएर राखेको रहेछ ।, उनीहरू विमानभित्र पसे । विमान अघिजस्तै सुरुम स्तिारै माथि उठ्यो, पछि हावाजस्तै छिडे आकाशमा उड्न थाल्यो । केही बेरमैं विमान ऊ घरको छेउम ओर्लियो । आएते बाहिर निस्केर विदा माग्दै थियो– कसैले जोड जोडले घच्घच्याएजस्तो लाग्यो । भनन्दैहजुरआमा उसलाई घच्घच्याएर ब्युँझाउँदै हुनुहुँदोरहेछ । ऊ त कतिबेला त्यै चौरमा पो निदाएछ । साँझ परिसक्दा पनि घर नआएपछि हजूरआमा उसैलाई खोज्दै त्यहाँ आउनुभएको रहेछ । अनिपो आइतेले थाहा पायो, विमानको सयर र सहर घुमाइ त सपनामा पो रहेछ !
(स्रोत : बालबँगैचा, २०६६ असोज )