धनीलाई रैछ दशै गरीबलाई रिनको भारी
के खुशीले रमाउने खै मनभरी पिडा पारी
भोका नाङा छोरा छोरी हात्मा छैन सुको पैसा
चोर्न पनि भएन क्यारे लाजसरम पर सारी
ठुलो पाटो बन्दकी छ ब्याज तिर्न सक्या छैन
थाक्यो ज्यान मर्यो आस रिन खोज्दै गाउ चारी
मिठा मिठा परिकार पाक्दै छन छिमेकमा
>बाध्यछौ बाँच्न हामी खाने लाउने आशा मारी
मुर्तीलाई भोग लाउछन हाम्रो पेट सधैं भोको
पोल्छ छाती राको बल्दै निभाउछु आशु झारी
गैडाकोट,- ४ , नवलपरासी
हाल:- इजरायल
(स्रोत : Janapukar)