सपना जस्तै त छ यो जिन्दगी!
कहाँ झुल्कियो कहाँ अस्ताउने हो
आशै आशको भकुन्डो
अबिरल अनगिन्ति चाहाना सङगै
खेल्दै खेल्दै असङ्ख्य गोरेटाहरुमा
अल्मलीरहेकोछ, माकुराको जालो जस्तै
सफलताका खुट्किलाहरु उक्लिँदै
असफल्ताको ओरालो झर्दै
हिड्दै छ निरन्तर अनन्त अनन्तसम्म
के बर्षा के घाम, के पाहाड के मधेश
के भन्जयाङ्ग् के चौतारि
सुश्केराहरुबिच थाकेको जिन्दगी
पिडाहरुबिच मुस्कुराईरहेका खुशि
मानौ सपना जस्तै केहिबेर छ
फेरि केहिबेर पछि छैन
चटकेको काल्पनिक परेवा जस्तै
बादलले ढाकेको गुम्म आकाश जस्तै
उकुस मुकुस!
अँधेरोमा हराईरहेछ
कोप्चेरमा परेको फर्सि जस्तै
न तन्किन्छ न फस्टाउँछ
खाली नाममात्रैको यो फोस्रो
झुठो रङ्गमन्च् अनि झुठा पात्रहरु
तिर्नैनसकिने यो उधारो जिन्दगी
कसैको बहिखातामा झुन्डिएको आशा
पिरै पिरको पिरलो
देख्दा सुन्दर तर भोग्दा निकै कठिन
मस्त निद्रामा देखिने सपना जस्तो यो जिन्दगी!
बोस्टन अमेरिका
(स्रोत : Milankosansar)