सुन्धाराको पानी प्युने ,ज्युदो ऐले को होला र
ढुंगेधाराभरि पानी , देख्ने पनि को होला र ! !
धारा कुवा नदी खोला, पानी हुने ठाउँ भन्थे
गाडी कैले आउछ भनी, बाल्टी बोकी कुर्छन ऐले .
बिजुलीको तारैतारले, ढकमक्क गाउँ वस्ती
समाचार सुन्न बाहेक ,अरु बेला हुन्न बत्ती .
कस्तो कथा सुने आज, सारंगीको धूनमा यो
पराइको इशारामा , हातमुख चल्ने भयो ! !
यस्तैयस्तै बेखुशीका ,कुरा हुन्छन जताततै
साचो सत्य रमाइलो, भुले छौ कि हामी सबै !
बोस्टन अमेरिका
(स्रोत : Milankosansar)