नींद नहुने भए सपनीको के नै अर्थ हुन्छ र
रात नहुने भए बिहानीको के नै अर्थ हुन्छ र ।।
यो अर्थै-अर्थले जेलिएर अल्झेको मायावी संसारमा,
माया नभएको भए जिन्दगानीको के नै अर्थ हुन्छ र ।।
रीतिथिति,धर्म र दायित्व निभाउनै पर्ने समाजमा,
घरबारै नचाहनेलाई अर्धाङ्गिनीको के नै अर्थ हुन्छ र ।।
आमालाई मायाकी खानी पुजिने मन-मन्दिरमा,
ममता नभएको भए जननीको के नै अर्थ हुन्छ र ।।
हिसाब-किताब जिन्दगीको जति नै पल्ट गरे पनि,
घाटा-नाफा नहुने भए लगानीको के नै अर्थ हुन्छ र ।।
(स्रोत : Dreamlandnepal)