आज स्कुल विदा भएकोले सोमु र मिङमा दुईजना मात्रै घुम्न निस्किए । मुक्तिनाथभन्दा केही माथिको उनीहरूको गाउँ असाध्यै रमाइलो गाउँ यियो– हातैले हिमाल छोइएलाजस्तै हिमालको नजिक । छेउमैं एउटा अग्लो डाँडो थियो हिमालकै फेदजस्तै देखिने । डाँडोमा धेरेज्स्तो हिउँ पर्ने हुँदा कोही जाँदैनथ्यो । अहिले भने त्यहाँ हिउँ थिएन । गाउँबाट हेर्दा त्यो निकै रमाइलो देखिन्थ्यो । त्यही देखेर उनीहरूले आज त्यो डाँडो छढ्ने सल्लाह गरेका थिए ।
त्यता मानिस कमै जाने भएको हुँदा बाटो पनि राम्रो थिएन । ढुङ्ग्यान बाटोमा जोडले चलेको हालाले धूलो उडाउँदा हिँड्न भलनै गाह्रो थियो । तै पनि उनीहरू आज त्यो डाँडाको टाकुरामा पुग्ने अठोट गरेर उकालो चढदै थिए । बाटा छेछाउ पालता झाडी मात्रै देखिन्थे ।।
“छ्यास्राक्क !” उनीहरू एक सुरमा हिँडीरहेको बेला नजिकैको झाडीबाट निस्किएको आवाजले उनीहरूको होसै उड्यो ।
“लौन नि…हिउँ भालु त होइन ? मलाइ त डर लाग्यो, फर्कने पो होकि सोमु !” मिङमाले डराउँदै भनिन् ।
“हिउँ भालु यति तल आउँदैन । चरासरा उड्दा निस्केको होला यो आवाज, नडराऊ ! अलि माथिसम्म जाउँ, अनि फर्कौैंला ? यहाँसम्म आइपुगीहालियो ।” सोमुको कुराले मिङ्माको डर केही हरायो ।
“त्यसो भए लुकेर हेरौं नत केही बेर, कोही देखिन्छ कि । ऊ त्यही झाडी नविकैबाट आएको थियो होइन त्यो आवाज ?” मिङ्माले भनिन् ।
मिङ्माको सल्लाह अनुसार नै उनीहरू बाटो छेउकै झाडीभित्र लुके । आवाज फेरि अर्कोपटक पनि सुनियो । भालृु भएको भए झम्टीसक्थ्यो भन्ने लागे पछि उनीहरूको डर पनि कम भएको थियो । त्यसैले केही बेर त्यहाँ लुकेर हेरेपछि आवाज आएतिरै पच्छ्याएर अघि बढे । केही पर पुगेपछि उनीहरूले एउटा चटनी पहरो देखाप¥यो । दोस्रो पटक सुनिएको आवाज त्यही पहरोको छेउछाउबाट आएको थियो । तर त्यहाँ कतै केही देखिएन ।
के को. होला त त्यो आवाज, यता त केही पनि देखिँदैन । उनीहरू सोच्दै थिए– हमीलाई देखेर भाग्दा वा लुक्दा आएको हुन पर्छ त्यो आवाज । भालु चितुवा आदि भएका भए झम्टीसक्थे, मानिस भए लुक्नु पर्ने कामै छैन । त्यसो भए बदमासहरू त होइनन्, तीर्थ यात्रीहरूलाई दुखः दिने ? सोमुले यो कुरा मिङमालाई पनि सुनायो ।
“हो, म पनि यस्तै सोच्दै थिएँ । ओहो, ऊ…त्यता हेरत..! के हो त्यो ।” केही पर चटनकै छेउमा ससाना ढुङ्गाको थुप्रो र थुप्रोमाथि सुकेका झिँझा थुपारिएको देखेर मिङ्मा छक्क परिन् ।
“कसले थुपारेको होला यो ? कोही बनभोज खान पो आएका थिए कि ! जाउँन त नजिकै गएर हेरौं, केही था पाइन्छ कि !” सोमु र मिङ्मा त्यतै तिर लागे ।
चट्टान छेउको जमेको धूलोमा मानिसको जस्तै देखिने पााइलाको चिन्ह देखेर उनीहरू झनै चकित भए । ती पाइला भने उनीहरूभन्दा पनि साना केटाकेटीकाजस्तै लाग्थे । चट्टानको अर्को एक ठाउँम पनि झिँझा ठड्याइएको देखियो । यस्तो सुनसान ठाउँमा केटाकेटी आउने त कुरै थिएन, त्यसैले त्उये देखेर उनीहरू झनै छक्क परे । त्यही बेला फेरि आवाज आयो– छ्यास्राक्क ।
“केही न केही त पक्कै छ ।” मिङ्माले सानो स्वरमा भनिन् ।
“हो, केही त पक्कै छ । ऊ त्यो झाडीमा लुकेर हेरों, केही भए कसो नदेखिएला ।” उनीहरू छेवैको झाडीमा लुकेर चनाखो हुँदै हेर्न थाले ।
निकै बेर विते पछि पहिलेकैजस्तो आवाज सुनियो । आवाज चट्टानको त्यही झिँझा ठड्याइएको ठाउँबाट आएको थियो । उनीहरू सास रोकेर त्यतै हेरिरहे– त्यहाँ ठड्याएको झिँझा विस्तारे केही सरेकोजस्तो देखियो , नभन्दै त्यो ठाउँमा एउटा सानो गुफा देखाप¥यो । निकै बेर पछि गुफाभित्रबाट एकजना सानो मानिस बाहिर निस्क्यो । मानिस केटाकेटीजस्तै सानो देखिए पनि अनुहार र जिउ भने ठूलो मानिसकोजस्तै छिप्पिएको देखिन्थ्यो । उसको हातमा तीखो चुच्चो भएको सानो लट्ठी थियो । चनाखो भएर चारैतिर हेरे पछि उसले गुफातिर केही इशारा ग¥यो । इशारा पाएर ऊजस्तै अर्का दुईजना बाहिर निस्के ।
तिनीहरूलाई देखेपछि सोमु र मिङ्मा दुबै चकित भए । यति साना मानिस बदमास लुटेरा हुने कुरै थिएन । सामान्य मकानिसजस्ता पनि देखिँदैनथे । शरीरको कम्मरभन्दा माथिल्लो भाग नाङ्गै थियो, बनमान्छेकोेजस्तै झ्यापझ्याप्ती बाक्ला रौंले ढाकिएको । कम्मरमुनि जनावरको छालाजस्तै केही बेरिएको देखिन्थ्यो । झmट्ट हेर्दा बाँदरकैजस्तो देखिन्थ्यो तिनको अनुहार । आफूहरूले कहिल्यै कतै नदेखेका त्यस्ता होचा मानिस देखेर पहिले त केही डराए पनि उनीहरू । तर विस्तारै डरभन्दा बढी आश्चर्य लाग्यो । को होलान् यी…? कतै सानैमा हराएर यता आइ लुकेका मानिस त होइनन् यी ?
सोमु र मिङमा आँट गरेर झाडीबाट बाहिर निस्के । उनीहरूलाई देखेर ती अनौठा मानिस डराएर गुफाभित्र लुक्न खोजे ।
“नडराऊ… हामीसँग डराउनु पर्दैन !” उनीहरू त्यसरी डराएका देखेर सोमुले सम्झाउन खेज्यो । ऊ इशाराले पनि त्यही कुरा दोहो¥याइ रहेको थियो । पहिले डरले आत्तिए पनि आफूभन्दा केही मात्र ठूला देखिने केटाकेटीमात्र देखे पछि उनीहरूको डर केही कम भएको देखियो । तै पनि तिनीहरूको डर पूरै हराइ सकेको थिएन ।
सोमु र मिङ्माले नजिकै पुगेर उनीहरूलाई राम्ररी हेरे । ती मानिस उनीहरूभन्दा बेग्लै देखिन्थे । उनीहरूले आफ्नो किताबको एउटा पाठमा विभिन्न जातिका मानिसहरूबारे पढेका थिए । त्यहाँ देखेको तस्बिरका मानिसजस्तै लागे ती मानिस । अफ्रिकातिर कहाँ हो पिग्मी भन्े जाताका मानिस यस्तै साना होचा भन्ने पनि उनीहरूले पढेका थिए । तिनै पिग्मी जातिका मानिस झण्डै दश हजारवर्षसम्म अफ्रिाकाका मालिक थिए रे । अहिले भने यो जातिका मानिस लोप हुँदै गएर थोरै मात्रै बाँकी छन् रे । अहिले तिनीहरू मध्य अफ्रिकाको जांगा–सांगा नजिकै मोसापोला भन्ने ठाउँमा मात्र पाइन्छने रे । त्यसरी अफ्रकामा मात्र पाइन्छन् भनेको होचा जातिका मानिसजस्तै मानिसलाई अहिले आफ्नै मुस्ताङको एउटा गुफामा देखेर उनीह्रूको मन खुसीले नाच्दै थियो ।
मिङ«्मा र सोमुको व्यवहार र अनुहारको भाव देखेर ती होचा मानिसहरूलोई पनि इनीहरू दुस्मन होइनन् भन्ने श्ाििस भयो । त्यसैले उनीहरू पनि हाँसेर खुसी प्रकट गर्न थाले । तिनको भाषा बुझिँदैनथ्यो । उनीहरूले इशारामा बताए अनुसार ती मानिस सभ्य भनिने सोमुजस्तै मानिस र हिंस्रक जनावरहरूबाट बच्दै, लुक्दै भाग्दै यिनै हिमाल र पहाडका एक ठाउँबाट अर्को ठाउँ घुमिरहन्छन रे । साना साना खरायो, बाख्रापाठा मारेर र पाए बोटविरुवाक फलफूल मुना, पात खाएर बाँचने यी होचा मानिसलाई सैभन्दा धेरै डर सभ्य भनिने मानिससँगै लाग्छ रे ।
तिनीहरूको कुरा सुनेर सोमु र मिङ्मा दुबैलाई आफूहरूलाई सभ्य भन्न पनि लाज लाग्यो – हो त, हामी मानिसकै कारण आफूजस्तै कति मानिसको जाति लोप भैसकेको छ, कति जीवजन्तु र चरचचुरुङ्गी हराइ सके । त्यसैले यिनीहरू मजस्ता मानिससँग किन नडराउन् त ।
त्यो सोचेर मिङमाले इशारामैं भनिन्– नडराऊ, हामी तिमीहरूको बारेमा अरू कसैलाई पनि भन्दैनौं । त्यो थाहा पाए भने तिमीहरूलाई हेर्ने मानिसहरू धुइरिन्छन्, विदेशीहरूले अनुसन्धान गर्न भनी समातेर लैजान पनि बेर छैन । त्यसैले, यो कुरा हामी कसैलाई पनि भन्दैनौं, हुन्छ ।
सोमुले पनि उसको कुरामा सही थाप्यो, उनीहरू दुबैजना एउटा नयाँ जातिका मानिससँग भेट्न पाएकोमा अति नै खुशी थिए । तर आफ्नो कारण ती मानिसले दुःख पाउनु नपरोस भन्ने तर्फ पनि चनाखो थिए ।
उनीहरूको कुरा बुझेर ती होचा मानिस खुशी देखिए । मिङ्मा र सोमु उनीहरूसँग विदा भएर घरतिर लागे ।
(स्रोत : चिचिला, वर्ष १६ अंक ९, क्रमांंक १८८ फागुन २०६१)