~सिसम पाण्डे~
अब सम्झन लायक पल दिएर जानु
तिमी नआउञ्जेल चिनो सल दिएर जानु
फर्केर आउनु प्रिय भविष्य सफल पारेर
त्यतिञ्जेल बाँच्न सक्ने बल दिएर जानु
आँखामा आँसु छ प्रिय टिलपिल खस्न लागेको
सम्बन्ध फुल्ने फलाउने मल दिएर जानु
सक्दीन सोँच्न किन अबरोध तिमीलाई कहिल्यै
त्यसैले तिम्रो बाधाको भल दिएर जानु
– बर्दघाट नवलपरासी
नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )