म सर्वत्र
निःशुल्क, जीवनदायी
मलाई देख्दैनौ
तिम्रै वरिपरि
तिमी कुल्चिन्थ्यौ होला
म कुल्चिइने चिज हैन ।
तिमी भाग्न खोज
म तिम्रै वरिपरि घुमिराख्छुु
लुकेर बस
म चुमीराख्छु
तिमी बाँच
मेरो लक्ष्य यत्ति हो
म त निःशुल्क
सर्वत्र फैलिएको
निरीह अक्सिजन
निरीह अक्सिजन ।
कविता संग्रह ‘चामल खानेहरू र चौलानी पिउनेहरू’बाट
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )