सिमाना त भन्नु मात्रै एउटा धर्ती एउटै माटो!
छातीभरि जन्म घर कर्म घर दिन्छ बाटो!
सन्तानहरु थरिथरि हुन्छ माया सँधै एउटै,
कोहि नजिक कोहि टाढा उहि धर्ती दुइटा पाटो!
सेवागर्न सँधै दुईटा काँधहरु तयारै छन्,
किन पार्नु घरदेशी र पर्देशीमा सँधै फाटो!
बाध्यताले टाढा हुँदा पराई भाको नठान्नु है,
दिदीबैनी दाजुभाई छाडी आ’छु मेरो साटो!
सिमाना त भन्नु मात्रै एउटा धर्ती एउटै माटो!
छातीभरि जन्म घर कर्म घर दिन्छ बाटो!
बोस्टन अमेरिका
(स्रोत : Milankosansar)