न मौसमको भरोसा भो न हाबाको न पानी को
न आफ्नै चञ्चलेपनको न ता रङ्गीन बानीको ।।
न खोलाको भरोसा भो न डुङ्गा वा किनाराको
न ता तिम्रै हुँ है भन्दै सधैँ छल्ने जवानीको ।।
न ताल्चाकै भरोसा भो न साँचोको न खल्तीको
कुरा के साँझको गर्नु न पक्का भो बिहानीको ।।
निराशाको जमानामा भरोसा छैन “मस्ताना”
तिमी यस्तो तिमी उस्तो भनी दल्ने कहानीको ।।
कमलपोखरी, काठमाडौं
2014-08-25
(स्रोत : Brtnepal )