“आज पसलको सामान नल्याइ नहुने, आजै पाहुना पनि धेरै आउँछन् । के पोे गर्ने होला !” आमा छिमेकी बजुलाई आफ्नो समस्या सुनाउँदै हुनुन्थ्यो ।
“त्यै त के गरी भ्याउँछ्यौ एक्लैले” विहानको घाम ताप्दै तर्कारी केलाउन सघाइरहनुभएकी बजुले भन्नुभयो ।
पासाङकी आमा मुक्तिनाथ आउने पाहुनाहरू बस्नेखाने सानो सानो लज चलाउनुहुन्थ्यो । यो झारकोट गाउँ असाध्यै रमाइलो थियो । बाबा विदेशी पाहुना लिन पोखरा जनुभएकाले घरमा आमा र कासाङ मात्र थिए । जोमसोममा कलेज नभएकोले कासाङका दाजु पनि पोखरामैं बसेर पढ्थे । एक्लै लज चलाउन आमालाई भ्याइनभ्याई थियो । लजको समान लिन झण्डै एक विहानको बाटो हिंडेर जोमसोम पुग्नुपथ्र्यो ।
“आमा,म गएर ल्याउँछु नि त सामान ! के के ल्याउने भन्नोस् न बरु ।” आमाको समस्या बुझेर कासाङले भनिन् । उनी अघिपछि पनि विदाको बेला घोडा लिएर जोमसोम आउने जाने गर्थिन् । किनमेल गरेर आमालाई सघाउँथिन् । उनीे जोमसोम कै स्कुलमा छ कक्षाकी विद्यार्थी थिइन् ।
”पढ्न चाहिं कति बेला जान्छ्यौ नि ?”आमाले समस्या देखाउनु भयो ।
”आज शनिवार होइन, बिर्सनुभएको ?”कासाङले स्कूल जानुनपर्ने कुरा सम्झाइन् ।
“ए हो त नि ,राम्ररी गएर सामान ल्याउ छोरी !”आमाले भन्नुभयो ।
कासाङ आमासँग किन्नु पर्ने सामानको सूची र पैसा लिएर जोमसोम हिंडिन् । उनी घोडामा थिइन । उनले माया गर्ने भएकोले घोडा पनि भनेको मान्थ्यो ।
जोमसोम झर्ने बाटो एकदमैं ठाडो र भिरालो थियो । बाटाभरि मसिना ढुङ्गाका गिर्खाले घोडाका खुर समेत रड्किने डर हुन्थ्यो । अझ अलि ढिलो भयो भने त कालीगण्डकीको खोँचै खोँच जोडतोडको हावा चलेर मान्छे नै उडाउलाजस्तो गथ्र्यो । उकालो बाटोको धूलो र वगरको बालुवा उडाएर आँखै हेर्न दिंदैनथ्यो ।
“पख्…पख्…फुर्के, विस्तारै हिंड् । खुट्टा रड्केर लड्लास् फेरि !”कासाङको कुरा बुझेजस्तै घोडा पनि विस्तारै हिंड्नथाल्यो । कासाङ घोडालाई फुर्के भनेर बोलाउँथिन् । ओरालो सकेर बल्ल बल्ल कालीगण्डकीको किनारै किनारको बगर हिंडेर उनी जोमसोम पुगिन ।
“बाजे, दश बजिसकेछ । बाह्रबजेपछि हावाचलेर हिंड्न गाह्रो हुन्छ ! मेरो सामान चाँडै राखिदिनुप¥यो ।” कासाङले सधैं सामान किन्ने पसलमा पुगेर सामानको सूची दिंदै भनिन् ।
“ए आज तिमी आयौ, कासाङ ! हुन्छ,चाँडै गरौंला ।” पसले बाजे मात्र होइन कासाङको राम्रो स्वभाव र मीठो बोलीले गर्दा उनलाई सबैले माया गर्थे, मन पराउँथे ।
कासाङ सामान लिएर हतारहतार घरतिर लागिन । एकघण्टा जति कालीगण्डकीको तिरैतिर हिंडेपछि घोडा कागबेनीको उकालो लाग्यो । मुक्तिनाथबाट आउने र जाने मानिसहरूको दोहोरो लाम थियो त्यो अत्यासलाग्दो उकालो पनि । आउने र जाने बराबर !
“कति आँटिली केटी, एक्लै यस्तो बाटो हिंड्न कत्ति पनि नडराएकी हेर…हेर…।” कासाङलाई त्यस्तो बाटो एक्लै हिंडेकी देखेर यात्रीहरू उनको सह्राहना गरेको सुनिन्थ्यो ।
झारकोटभन्दा निकै तलको खिङ्गार गाउँमाथि पुगेपछि कासाङले एउटी चालीस–पैंतालीस वर्षकी स्वास्नीमान्छे बाटोमा लडी रहेकी देखिन । साथका लोग्नेमान्छे निकै आंत्तिएका देखिन्थे–लौन, अब के गर्ने…? लेक लाग्या पो होकि ।
बाटामा आउने–जाने मान्छे एक छिन उभिएर हेर्थे, जाान्थे । सबै हतारमा भएकाले सायद कसैलाई तिनको मदत गर्ने फुर्सत थिएन । अरु त अरु त्यही ठाउँकन मानिस समेत मद तगर्न कोही अघि सरेको देखिएन ।
“के भयो बाजे…? विरामी पो प¥यो कि कसो !” कासाङले घोडाबाट ओर्लंदै सोधिन ।
“हो…नानी, लेक लाग्यो कि के हो, यिनी सासै फेर्न नसकेर लडिन् । मदत गर्ने पनि कोही छैन, माथि होटेलसम्म लैजान सके पनि केही उपाय निस्कन्थ्यो कि !” उनले एकदमैं चिन्तित हुँदै भने ।
“चिन्ता नर्गोस् बाजे, केही हुँदैन । हावा नपुगेर धेरैलाई यस्तो हुन्छ ।” कासाङले भनिन.।
“चिन्ता नगरेर के गर्नु नानी, यो विरानो ठाउँमा न अस्पताल छ, न कुनै मदतको आशा !” कासाङले सम्झाउँदा पनि ती मान्छेको चिन्ता हटेन ।
“चिन्ता नगर्नोस्, ल बरु उहाँलाई मेरो घोडामा राखौं । यसैमा राखेर माथि पृु¥उाँला, माथि पुगेर आराम गरेपनि ठीक भै हाल्छ नि ।” ती सानी टीको त्यो कुरा सुनेर उनलाई ठूलो ढाडस मिल्यो ।
दुबै मिलेर विरामीलाई घोडामा चढाए । कासाङले सरासर आफ्नै लजमा पु¥याएर आमालाई सबै कुरा ससुनाइन् । आमाले केही जरीबुटी पिनेर खान दिनुभयो ।
“ल बज्यै, यो तातो चिया खानोस् । केही बेर आगो तापे पछि ठीक हुन्छ ।” आमाले औषधी ख्वाएपछि चिया दिंदै भन्नुभयो । नभन्दै केही बेर पछि नै उनलाई विस्तारै सञ्चो हुादै गयो । लेक लागेको असर औषधिले ठीक ग¥यो, चिया र अँगेनाको तातोले शरीर पनि राम्रैसँग गर्मायो । कासाङको मदत समयमैं पाउन सकेकोले उनी बिस्तारै ठीक भइन् ।
“अब त बाँच्छु कि क्याहो ! तिमी त देउतै भयौ नानी, मेरालागि । तिमीले मदत नगरेकी भए…!” विरामीले कासाङलाई काखमा राख्दै भनिन् ।
“हो बल्ल बुझिछौ, मानिसनै देउता हो ! जसले विपत्तिमा परेकालाई मदत गर्छ,त्यो नै भगवान हो, कसो ?”विरामी महिलाको कुरा सुनेर लोग्ने मान्छेले भने ।
“हो…देउतै भएर बचाइन् कासाङल मलाई !” ती महिलाके कुरा सुनेर कासाङले अफ्नी आमाको अनुहार पनि खुसीले चम्किएको देखिन् ।
(स्रोत : कान्तिपुर कोपिला,भदौ १४,२०५९)