~मदन दुलाल~
चे ग्वेभारालाई चिठ्ठी
——————–
“चे”
तिमी जाग अब
अनेकौँ ठुला -ठुला तमाशा
भई सके
मुलत तिम्रो देश
अनि
समग्र बिशव
आँशुले नुहाई सके
बिकाशको सुत्रलाई
समाजबादको मुल्य मान्यतालाई
कालो बादलले ढाकी सक्यो
समाजबादको दर्हो पर्खाल
पुँजीको बल द्वारा
तिब्र गतिमा भत्काई सकियो
याँहा पानि होईन
रगतको अहाल बगेको छ
गरिबलाई गरिबीको
दलदलमा जकडिएको छ
पुँजीको हैकम चलेको छ
मौन बसि दिन्छौ कती?
तिम्रा नगन्य अनुयायीहरूले
बाटो बिराई सके
समाजबादको महान आदर्श त्यागी
पुँजीको फरिया पक्री
द्र्ब्य पिशाच भई सके
धेरै ढिला भई सक्यो
जाग “चे” जाग
चिर निन्द्रा त्यागी देउ
याँहा दिन-दु:खी अनि
गरि खाने बर्ग
तिम्रै प्रतिक्षामा हर प्रहर
बाँची रहेछन
शोसक,दुराचारी र पुँजीबादीले
गरिबको गाँस,बास र आधारभूत
बस्तुहरू गिद्धले सिनो
लुछे झैँ लुछी सके
मजदुर/किसान/सर्बहारा हरूको
हकहीत का लागी
ब्युँझ “चे” ब्युँझ
सारा बिशव जारशाहिको
बुट बजारिँदा
चिरा चिरा परि सक्यो
के सक्छौ यो सब टुलुटुलु हेर्न?
एक पल्ट जागेर त हेर
जारशाहीको बुटले गर्दा
चिरा परेको तिम्री आमाको कोख
अनि
सर्बहाराको मुख बन्द गरिएको
प्रष्ट देख्ने छौ
बतिस्ता*हरू पुन जागी सके
ओबामाहरूले बुशको कुरूप रूप धरी सके
त्यसैले
तिम्रो जाग्ने बेला यही हो
उठ्ने बेला यही हो
ब्युँझने बेला यही हो
रातो चम्किलो तारा
फहराउने बेला यही हो
अब पनि जागेनउ भनि
उठेनउ भनि
ब्युँझेनउ भनि
रातो चम्किलो तारा झैँ
चम्केनउ भनि
तिम्रो साम्यबाद र समाजबादको
महान आदर्शमा कालो धब्बा लाग्ने छ
ईतिहासको कुनै कालखण्डले
तिमीलाई कलंक/कुपात्र को रुपमा
चित्रित गर्ने छ
अनि बेलायत र अमेरिकाहरूले
कुटिल हाँसोका साथ
तिम्रो खिशी गर्नेछन
त्यसैले
केवल एक पल्ट
जाग “चे”
– मदन दुलाल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )