टिका सरले भन्नुभो ” एई ! आमा र मलाई चिया ले चाडै” टिका सरकी श्रीमतीले ठस्स मुख लगाउदै चिया दिएर भान्सा तिर लागिन । टिका सरलाई चिया गजब लागे पनि वहाँ की आमाको मुख अलिक खल्लो देखिन्थ्यो । “ए बुहारी अलिक चिनी लागेन जस्तो छ ।” भित्रै देखी फतफताउदै टिका सरकी श्रीमती वाहिर आइन्, ” अचेल आमाको स्वाद ज्यादै बिग्रेजस्तो छ, चिनिको पाग बने हुने होकी के हो ?” “तपाईलाई पनि खल्लो छ त ? एउटा भाडांमा पकाएको हो, लु चाख्नुस न” श्रीमतीको खरो आदेशमा टिका सरले, अर्को चुस्की लिए चियाको, अनि आमा माथी खनिए “के भो आमा, यस्तो भयो भने घरमा कलह बढछ, एत्रो उमेरमा के गरेको यस्तो” आमा चुप लागिन । वास्तवमा आमाको चियामा चिनी हालेकै थिएन, आमाले खल्लोलाई खल्लो भनेर प्रमाणीत पनि गर्न सकिनन्, खल्लो चियाको स्वाद गुलियो नहुँदै उनि परमात्माकी प्यारी भइन्, तर अझै पनि टिका सरकी श्रीमती सासुलाई कहिले पनि चिनी नपुगेको गुनासो बिसाउछिन । अब त ढुक्क छ, चिया साच्चै खल्लो थियो भनेर बोल्ने त कोही रहेन । विजयपुरको यो सानो सम्झना भित्र कती अनुत्तरित प्रश्नहरु छन । के चिया साच्चै खल्लो थियो ? खल्लो थियो भने बुहारीले किन स्वीकार गरिनन ? टिका सरले किन आमाको कुरा सुनेनन ? आमाले विद्रोह किन गरिनन ? यदी चिया साच्चै खल्लो भए, के बुहारीको यो कृत्य सही थियो ? के उनीसँग यो अधिकार थियो ? अनि टिका सरले आफ्नै श्रीमतीको बारेमा जान्ने चेष्टा किन गरेनन ? भान्सा घर भित्रको लेखाजोखा परिक्षण किन भएन ? के टिका सरकी श्रीमतीमा असल भान्सेमा हुनुपर्ने सबै क्षमता र योग्यता थिए ? के उनीमा एक असल भान्सेमा हुनुपर्ने नातावाद कृपावाद र पक्षपात रहित व्यवहारका लक्षणहरु थिए ? यहाँ तीन पक्ष छन्, एक अधिकार प्राप्त भान्से, एक भान्सेलाई नीयन्त्रण गर्न सक्ने तर निकम्मा शक्ति र तेश्रो पिडित पक्ष । यी पक्षहरुका विचका कुराहरु सत्य असत्य जे भए पनि, एउटा कुरो सत्य थियो, त्यी आन्तरिक असमानता, मनपरितन्त्र, बिद्रोहशक्ती बिहिनता, गैर्हजीम्वेदारीपन तथा अगुवाको नालायकपन आदिले गर्दा त्यो घरमा कहिल्यै शान्ति समुन्नति आएको देख्न पाइएन ।
अब एकछिन भान्सा घर तथा भान्सेको वारेमा कुरा गरौ । भान्सा शक्तिको श्रोत हो, हाम्रो कमाइको ठुलो भाग यस्मा खर्छ हुन्छ । पुतलिसडकको मेरो डेरा एउटा कोठाको थियो, मेरो बेडरुम्, मेरो भान्सा अनि मेरो स्टडी रुम, सबै एकै कोठामा । मैले सानो गुन्द्रीमा एउटा सतरन्जी को ओछ्यान भए पनि ठीक थियो, पढ्न कहिले काही शंकरदेव क्याम्पसको लाईब्रेरी गए पनि ठीक थियो, तर म समयमै घर आएर आफ्नै भन्सोको भात प्रिय थिएं । हुनत कहिले काँही झापाली भोजनालयमा पनि भोजन हुन्थ्यो, तर मलाई आफ्नै भान्सोको भोजनको शक्तिमा धेर विश्वास थियो । म आफ्नो सम्पूर्ण दक्षता र क्षमता लगाएर म खाना बनाउथें, रवि खड्का, लय दाइ, यादव पान्डेय जस्ता साथीहरु मेर भान्साका फ्यान थिए । रविलाई धेरै पीरो मन पर्थ्यो, लयदाइ, मुकुन्द दाई लाई खसिको झोल र भात भए गज्जब हुन्थ्यो । कहिलेकाही सबै जना एकै पटक भन्दै नभनी मेरो डेरामा आयीपुग्थे, म तरकारीमा अलिक बेशी झोल हाल्थें नपुगे एक बाहन भात बसाउथें, नपुगे सबै बांडेर खानथ्यौं अनि सबै जना मिलेर भांडा माझ्थ्यौं । यादव कहिले काही धेर पीरो भयो भनेर झोक्किन्थ्यो, त्यसैले म उस्को भाग तरकारी खोर्सानी हाल्नु भन्दा अधी निकल्थें । कहिले रवि बिना खोर्सनी पनि तरकारी खाइदिन्थ्यो । यस्तै थियो हाम्रो मिलिजुली भान्सा अनी भान्साको प्रजातन्त्रीक अभ्यास ।
अन्तिम अनुच्छेदमा मेरो देशको भान्सोको कुरा गरौं । यहाँ राम शाह, जयस्थिती मल्ल, पृथ्वीनारायण शाह जस्ता भान्से आए, न्याय, समानता र एकता पस्केर गए । गिर्वाण वीर वीक्रमको पालादेखी राजेन्द्र र सुरेन्द्रको भान्सो कमजोर भएकोले जंग बहादुरले नेपालको राष्ट्रीय भान्सामा प्रवेश पाए । जंग बहादुरले आफु भान्से भएर नातावाद्, कृपावाद र चाकडीवादको भरपूर वितरण गरे । त्रीभुवनको निरीह बिद्रोहमा जनआवाज तथा सपुतहरुको मसलाले त्रीभुवनको भान्सोले नेपालालाइ प्रजातन्त्र पस्क्यो ।महेन्द्रको बुध्दिले पन्चायत पकायो पस्क्यो, बिरेन्द्रले बहुदलीय प्रजातन्त्र पस्क्यो, नेपालको इतीहासमा बिभिन्न भान्सेहरुले आफ्नै किसिममा परिकार बनाए र पस्के । कहिले ढिलो कहिले चांडो भयो होला तर नेपाल कुनै न कुनै गतिमा थियो, ठप्प भएन । अब आएर नेपालको भान्सोमा केहि पनि पाक्न छोडेको छ, संबिधानको भान्सो विरवलको खिचडी भएको छ, विकाशको गति दुर्गति छ, भान्सा भित्रको लुछाचुंडीले भान्सामा केहि पाक्ने त के, पकाउने तैयारीको पनि सम्भावना छैन ।
अब पहिलो अनुच्छेदको टिका सरको घरको प्रसँग देशको भान्सो सँग जोडेर हेरौ । यहाँ पनि तीन पक्षहरु छन्; पिडीत जनता, जड शासक तथा, नपुंशक जन नेता । कस्को कती जिम्मेदारी छ यहाँ, जनता पिडित छन तर योग्यताको परिक्षण नै नगरी भान्से चुन्ने लाचार र कातर जनता पनि दोषी छन्, अनि यी भान्साको अधिकार पाएको आडंबरमा पक्षपात र नातागोता तन्त्र बाड्ने चाकडी प्रिय भान्से नेता हरु अझै बढी जिम्मेदार छन्, अनि देशको सर्वोच्च शिखरमा आसीन निरीह्, कठैबरा, टुहुरा, काँतर र डरपोक जननेता र राजनेता यीनलाई त आफ्नो जिम्मेदारी थाह पनि छैन होला । अन्त्यमा नेपाली भान्सोमा असल भान्सेको परिपुर्ती शिघ्र हुनेछ, अनि टिका सरकि आमा जस्ता निरिह नेपाली जनताहरुले प्रगतिपुर्ण चिनिहालेको चियाको स्वाद पाउनेछन भन्ने शुभकामना !
अस्तु !
बिलोल पोखरेल,
ह्युस्टन टेक्सास
(स्रोत : रचनाकारको फसबुकबाट सभार )