मैले झुकेर दुईहात जोडें
तर
तिम्ले जवाफ फर्काएनौ
हिजो त श्री ५ थियौ र पो
आज दुइ हात जोड्दै छौ
श्रीपेच छैन र पो बदलियौ
झरेका फुल कसले टिप्ला
आखाँ भित्रै मरेर फेरी तिम्लै
कसरी ब्युताऊ श्रीपेच ओडाई
चम्चाका पर्खाल भित्र जन्मियौ
राष्ट्र देख्यौ जनता देख्न सकेनौ
दर्बारबाट झुपडी ठम्याएनौ
जनताका आवाजको जबाफ
बन्दूकले दियौ बलबान सम्झी
बलीयो त आज समय भयो
बगेको खोला फर्की आउने
आसमा पर्खनु काल आउनेछ
तर सदा नयाँ युग आउनेछ
अब तिम्लै श्रीपेच ओडाउदैन
फगत तेसै श्रीपेच ओडाउदैन !
– राज थापा
आयरल्याण्ड !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )