हस्तक्षेपले थिचिँदा त बोल्नुपर्छ नि
अतिक्रमणले किचिँदा त बोल्नुपर्छ नि
आँगन काट्दा पराईले चित्त दुख्छ भने
देशकै सिमा मिचिँदा त बोल्नुपर्छ नि
स्वाभिमानी झण्डालाई सधैँ उँचो राख्न
देशको नक्शा खिइँदा त बोलनुपर्छ नि
दशगजामा उभिएर देशको सिमा छेक्दा
मधेशी भाई पिटिँदा त बोल्नुपर्छ नि
आफ्नै देशभित्र पनि शरणार्थी बनि
मरी-मरी जिइँदा त बोलनुपर्छ नि
सुरेश बडाल
तुप्चे,नुवाकोट
(स्रोत : Suresh Badal’s Facebook )