~यासिन राई~
(दराजको पुस्तक मिलाउदै सम्पूर्ण जीवन कहानी-क्यथारिना सँग)
जीन्दगी त्यहि निलो नदि जस्तै छ जो फेरी हर्जेर आउदैन ……
के हो त जीवनको प्राप्ति ? मान्छेले जब त्यो अन्तिम अबस्था बाट फर्केर हेर्छ त्यतिखेर के महशुस गर्छ ? जीवन कस्तो हुनु पर्छ ? कसरि जिउनु पर्छ ? यस्ता लाखौँ प्रश्नहरु हरेकको मन मस्तिष्क मा खेली रहन्छन । यस्ता प्रश्नको जवाफ खोज्दा खोज्दै जीवन सकिन्छ , उत्तदायित्वको छेउकुना छेकारो मार्दा मार्दै यु चुट्कीमा सकिन्छ जीवन भनेर उनि (कथरिना) बहकि रहेकी थिइन …. यत्तिकैमा उनको प्यारो छुच्चे (नाती) ढोकाको डोरबेल बजाउछिन म ढोका खोल्छु , क्यथारिना हास्दै उनकी नातिनीलाई सोध्छिन तिम्रो दिनभरिको जीवन कस्तो रह्यो ?
जब मलाइ स्मरण गर्न सक्ने भएथे मेरी आमा मलाइ स्कुल जान घ्याच घ्याच उठाउने गर्थिन म अझै एकछिन है भनि ढिपी गरिरहन्थे । यो मेरो बानीले उनलाई पार्न सम्म दिक्क पारेथें त्यो मैले पराया जानी जानी गरेकिथें म चाहन्थे मेरो आमा म सँग धेरै भन्दा धेरै समय व्यतित गरुन । उनि यहीं उठाउने निहुँ ले कमसेकम बार बार मलाइ छुन त औछिं गालि गर्थिन । मलाई उनको गालि असाध्यै प्यारो लग्थियो । म हाँसेर ल्याड़े ढिपी गर्थें उठ्न ।
अन्ततः उनि निकै रिसाए पछि अनि बल्ल म जुरुक्क उठेर हत्त न पत्त हात मुख धोई ब्रेकफास्ट गरेर जान्थें स्कुल । मेर आमा हत्त न पत्त मलाई स्कुल मा छाडी आफु अफिस जानु पर्ने भएकोले मलाई प्राय गेट मै छोड्नु हुन्थियो । म नमिठो मुखडा पार्दै साथीहरु काँ खेल्न पुग्थें । जब आमालाई बाइ गर्थीन त्यो मलाई सबै भन्दा मन नपर्ने क्षण थियो । र, जब उनि लिन आउथिन त्यो मलाई सबभन्दा मन पर्ने क्षण हुन्थियो । उनि मलाइ छात्तिमा टास्थिन चुम्थिन । मेरा आँखा रसाउथे उनको देखेर ।
आमा कत्ति महत्वपूर्ण छ हामी सबैको लागि । उनि नहुँदा जीवनको हरियाली रङ्ग नै हुँदैन । म घर आइपुग्दा सम्म उनकै मुहार हेर्थे । हामी हास्दै आउथियौ घर । घर आयेसी सरासर लगेर नुहाई दिन्थिन अनि बल्ल खाजा खाएर गृहकार्य गर्न लाउथिन । उनि एक असल समाज सेवी थिइन । आफ्नो काम मुख ध्यान दिएर गर्थीन । मेरा बाबा पुस्तक छाप्ने काम गर्नु हुन्थियो । उहानो हातमा जहिल्यै पुस्तक टुट्दैन थियो । पढ्न लेख्न र भये सम्म पेन्टिंग पनि गर्नु हुन्थियो । हाम्रो बडो हाँसी खुशी परिवार थियो ।
भन्छन भोलि देखिन्न, देव जाने । आमा समाज सेविका भएकोले हिडी रहनु पर्दथियो । यस्तैमा एक दिन उहाँको दुर्घटना मै मृत्यु भयो । यसको चोट सबै भन्दा बडी मलाइ लाग्यो । आमालाई दंग्याई दंग्याई अबेर सम्म सुत्न खोज्ने म अब कसले उठाउने मलाइ ? अब मैले कसलाई दंग्यउने ? सबै भन्दा महत्वपूर्ण कुरो अब मलाइ कसले माया गर्छ ? मेरो बाबाले गर्नु हुन्छ माया तर त्यो माया आमाले दिए जस्तो कहाँ हुन्थियो र ! मलाई केहि गर्ने चाह नै हरायो । मेरो बाबाले सके जति माया गर्नु भयो छातीमा तस्नु भयो । मलाइ मेरो आमाको अन्तेस्थी को दिन मात्र रुन आयो । जब मेरो आमालाई जमिन मुनि गर्ल्याम गुर्लुम हाले । अनि म चिच्याए बेस्सरी चिच्याए ……रोए सकेको जत्ति बल निकालेर रोए । विधिको बिधान भयो जे हुनु थियो । म त्यतिखेर नौ बर्षकी थिए ।
मन कतै भुलियेन मेरो बाबाले केहि समय काम गर्न छोडी मलाई नै समय दिनु भयो । घर हेर्थें हर कुनामा आमालाई नै देख्दथे । कतै आँशु रोकिएनन । मेरो बाबाले त्यो घर बेच्नु भयो र नयाँ ठाउँमा किन्नु भो । नया ठाउँ , नयाँ साथि, नयाँ छिमेकी मन अलि रम्न थाल्यो । किनकी त्यहाँ छिमेकीको छोरी मेरै उमेरकी थिइन । अब म उनि सँग रम्दै स्कुल जान थाले तर जब मेरो साथि उनको आमा सँग लुट्पुटिएको देख्थें मन ढुंगा हुन्थे । हाम्रो जिवान गाथा सँग बिज्ञा उनि मलाइ उनको छोरी जस्तै नै माया गर्थिन । तरै पनि आफ्नै आमा जस्तो त कहाँ हुन्थियो र ! तर रमाए यस्तै गरि समय बिते, बितिरहे । मेरा बाबा अब आफ्नो पुरानो कार्य लाइ निरन्तरता दिन लाथ्नु भयो किनकी जिवान त रोक्दैन थियो । समय संगै अघि बढी रहेथ्यो । हामी मान्छे समयको दासी यसै सँग अघि बढी रहनु पर्दथियो ।
जिवान यात्राका क्रम मा कैयौं चौतारो हरु आउछन जहान हामी बिसाउदै अघि बढ्छौं । मैले स्कुल सके पछि उनी साथि सँग कलेजको लागि घर बाट अलि टाडा बस्नु पर्यो । मेरो बाबाले कुनै कुराको कमि गर्नु भएको थिएन । थियो त केवल आमाको मायाको कमि । मैले बिज्ञान पढे मेरो साथीले आर्किटेक्चर बनिन । हामीमा खुब घनिष्ट दोस्ती भो उनि पढाई सकेर बिहे गरिन । मेरो अझै केहि बाँकी थियो । एक्कासी फेरी एक्लो महशुस गरे । मेरो बाबा एक आफ्नै काम मा व्यस्त थिएय । अब उहाँ निकै पाको पनि हुँदै हुनुहुथियो । मैले धैर्य गर्नु भन्दा बिकल्प थिएन, गरे । भन्छन जोडी भगवान्ले नै मिलाई दिएको हुन्छ । मैले पनि डाक्टर गरे पछि भने संगै नै एक असाधई नै मन मल्ने दौतरी भेटे । एक अर्काको मन बुझे पछि हामीले बिहे गर्यौं ।
हाम्रो एक छोरी भयो । हामी दुबैको पेसा एकै भएकोले खुब राम्रो समज्दारिता र प्रेम थियो । उत्तर दायोत्व जिम्मेवारी यसति तानाबानामा जेलिएको जीवान बल भइन्जेल भाग दौड गरिरहन्छौं हामी । म मेरो परिवार सँग खुशी थिए अनि मेरो बाबा जो मेरो जिवान्को सबै भन्दा भ्यालुएबल हुनुहुन्थियो । बिगतका घाउ हरु सेलाउदै गए । मलाइ थाहा छैन भगवानले किन असल मान्छे लाइ नै बार बार दुखाउछन । परिक्षा लिन्छन ।
जिवान्का जँघार खुशीको डुंगामा नै हेलिरहेको थियो एक्कासि अर्को असैया पीडाको भेल आउछ र खुशीको ढुंगा पल्टाई दिन्छा । एक बिरामीको अप्रेसन गरि घर फर्कदै गरेको मेरो श्रीमानको सडक दुर्घटना हुन्छ । उहाँ आइय पनि भन्न नपाउदै यस संसार बाट बिदा लिनु हुन्छ । बियोगान्त पनि कति सहनु । म फेरी उजाड उजाड भए उदास उदास भए । रुन पनि सकिन । जीवान जति दुख्छ त्यति नै अग्राख हुँदो रहेछ । अब त मलाई सम्झाउने पनि छैन । मेरो आँशु पुछी दिने नि छैन अनि मलाइ माया गर्ने पनि छैन । जीन्दगी बत्तर लाग्यो । छिया छिया , छेन्द्रा छेन्द्रा परेको चेमा जस्तै लाग्यो । टेक्ने लठ्ठी नै भाच्चिएको महशुस गरे । मेरी छोरी छ, म छु अनि मेरो पीडा । जब असैया पीडा हुन्छ आँशु पनि नाउँदो रहेछ ।
अब मैले जीवानमा जस्तो सुकै पीडा आए पनि त्यसलाई पीडाले नै सेक्न सिकेकी थिए र बिस्तार बिस्तार बढे अघि । चुप चाप एक खुट्टाले खन्च्यांग खन्च्यांग गर्दै । डाक्टरी जागिरमा अबकास पाएर नि सेवा गरिरहे । मेरो जिवान्को सम्पूर्ण लगानी जहान भयो मेरो र मेरो श्रीमानको । सोचे बाँकी जीवान पनि त्यहीं सेवा गरि बिताउछु । यसै गरे । मेरी छोरीले उच्च शिक्षा कानुन मा हासिल गरिन । र, उनले आफ्नो सुहाउँदो प्रिय सँग बिहे गरिन । हाम्रो भविष्यको बाच्ने सहारा नाति भयो । अहिले म केहि गर्न नासकेनी उसलाई हेरेर जीवनको आरोह अब्रिः भुल्छु , सारा पीडा बिर्सिन्छु । अब म ढुक्क सँग मर्न सक्छु ।
उनको त्यो चाउरिएको मुहार सन्तुष्टिको लेपनले सुन्दर छ त्यसमाथि नातिको आगमनले स्वर्गिग आनन्दमा छिन् उनि र भन्छिन यहीं हो जीवान अनि प्राप्ति , हामी जस्तो आएका थियौं त्यस्तै खालि हात जान्छौं।
जीवानमा के के न पाइन्छ भनि हामी कति दौड धुप गर्छौं तर जीवान केहि होइन यु चुट्कीमा सकिने नाटक हो । यस जगत नाट्यशाला हो अनि हामी मात्र पात्र हौँ । तसर्थ सके सम्म जीवानमा दिनु , सकारात्मक सोच का साथ् शीर उठाएर बच्नु । तिमी पनि यहि गर्नु …….. म क्यथारिनाको जीवन काहानिले निस्तब्ध हुन्छु … यत्तिकै मा उनको नाति स्कुल बाट आइपुग्छ …. हजुर आमा (क्यथारिना सोध्छिन) कैयौं चाउरिएको अनुहार कत्ति नथाकेको मुस्कानमा कस्तो रह्यो बा तिम्रो दिन ….. ?
(स्रोत : Nareedarpan )