कथा : निःशब्द प्रश्नहरु

~इल्या भट्टराई~Illya Bhattarai_1

त्यो भन्दा पहिला म कहिले पनि कुनै कारागारमा पसेकी थिइनँ । कुनै बन्दीगृहमा गएर मलाई त्यहाँका बन्दीहरुको जीवन तथा तिनीहरुको मनोेविज्ञान बुुझ्ने साह्रै ठूलो इच्छा थियो । एक दिन एउटा संयोग मिल्यो । एउटा गैससले मलाई उनीहरुसँगै राजधानीको एउटा कारागार निरीक्षण गर्न जान उपलब्ध गराएको मौका छोपेर म पनि उनीहरुसँगै त्यो दिन महिलाकारागार भित्र पुुगेकी थिएँ ।

नारी स्वभावैले कोमल हुुन्छन् । तर परिआएको खण्डमा तिनीहरु उग्रचण्डी हुन पनि बेर लाउदैनन् । त्यसैले त त्यो दिन कारागारमा भेटिएका ती बन्दी महिलाहरुका श्लीलतालाई नाघेका बचन ,ठट्टा तथा उन्मुुक्त हाँसोले मलाई त्यतिसारो अचम्मिल तुुल्याएन ।
म पुुगेको कारागारको महिलासेलमा चोरी ,पाकेटमारीका जस्ता अपराधीदेखि हत्याका मुुद्दा खेपिरहेका थुप्रै महिलाहरु थिए । निकै महिलाहरु हत्याको आरोपमा त्यहाँ आजीवन कारावासको सजाय भोगिरहेका रहेछन् । अरुको हत्या गरेको आरोपमा थुनिएका ती महिलाहरुलाई देख्दा एउटा नयाँ जीवन जन्माउने नारीले कसरी एउटाको जीवन लिन सकेकी होलिन् भनेर अचम्म लाग्यो । मन कसो कसो अन्यमनस्क भयो । त्यस्ता कमलो मनका तिनीहरुले कठोर मनको भई मान्छेको प्राणै लिन कसरी सकेका होलान् ?
तर उनीहरु सामान्य थिए । हत्याजस्ता जघन्य अपराध गरेकोमा उनीहरुलाई आफूप्रति कुनै पनि ग्लानि भएको जस्तो भाव मैले तिनीहरुमा भेटिनँ ।

तिनीहरुले भीडमा भए पनि तिनीहरुभन्दा बेग्लैजस्तो देखिने गरी एउटी एक्ली नारी त्यो बगैँचाको कुनामा हातमा भएको कुुटोले एकै ठाउँमा एकोहोरो भएर माटो खोस्रदै थिइन् । उनी टाढा क्षितिजमा कता हो कता शून्यमा हेरेर मनमा केके कुुराहरु खेलाउदै एकोहोरो टोलाइरहेकी थिइन् । तिनका आँखाहरु भावरहित र शून्य देखिन्थे । अनि तिनमा त्यही रहेका अरु आइमाईहरुजस्तो मनमा अगा्रख पलाइसकेको जस्तो पनि थिएन ।

मलाई ती आईमाई बारे जान्ने उत्सुकता भयो । हेर्दैमा निरीह र अबोध देखिने ती नारी को होलिन् ? कारागारमा आफ्नो जीवनका सुनौला दिनहरु होम्नुुपर्ने सम्भाव्यतालाई विर्सेर तिनले के अपराध गरेकी होलिन् ? तिनी कति बर्षका लागि यो बन्धनक ो जीवन भोग्नका लाीग आएको होलिन् ?

तिनको भावभङ्गिमा तथा तिनको शूून्यताले मेरो मनमा तिनीप्रति केही जान्ने जिज्ञासा पैदा गराइदिएको थियो ।

जेलको वार्डेनले तिनको नाम तुलसा भनेर वताइन् । भगवान् विष्णुुको पवित्र नाम धारण गरेकी ,हेर्दैमा सुकुमारी लाग्ने ती नारीले के त्यस्तो अपराध गर्न पुुगिछन् ,जसको कारण उनीलाई यस कारागारको चौघेराभित्र बन्दी बन्न बाध्य पा¥यो । उनको त्यो निर्दोष अनुहारले मलाई उनीबारे बढी थाहा पाउनका लागि प्रेरित ग¥यो ।

“तुुलसा बैनी ! तिमी किन यहाँ एक्लै बसिराखेको ? तिमीलाई अरुसँग हाँसखेल गरेर सँगै बस्न मन लाग्दैन ? ”

मेरो प्रश्न सके कर्कलाको पातमा परेको पानीजस्तै निरर्थक थियो उनका लागि । त्यसैले त ठूल्ठूला आँखाले एकपल्ट मलाई गहिरोसँग हेरेर उनले मुुन्टो तल्तिर निहुुराहिन् ।

“तिमीले के अपराध ग¥यौ तुलसा ? तिमी किन जेल परेकी ? ” मैले उनीसँग स्पष्टरुपमा प्रश्न गरेँ ।

‘तिनी अझैँ मौन रहन चाहन्छिन् होला ’ भन्ने मेरो सोचाइको विपरीत तिनले सुस्तरी ओठ चलाइन् ।

“यो समाजमा आइमाई भएर जन्मिनुु नै एउटा ठूलो अपराध हैन र ? ”

त्यो उनको प्रश्न थियो वा उत्तर ,मैले बझ्न सकिनँ । तर तिनी कसैसँग पनि सम्बोधित थिइनन् । तिनी मात्र आपैmँमा हराएकी थिइन् । तिनले आफैँसँग प्रश्न गरिन् अनि आफैँलाई उत्तर दिइन् ।

तिनको त्यो व्यवहारले मलाई तिनीबारे अरु जान्ने इच्छा तीव्र भएर आयो –‘के भयो तिनीलाई ? तिनीले के अपराध गरेकी होलिन् ? कुन परिस्थितिमा गरेकी होलिन् ? ’

“तुलसा ! तिमीलाई देख्ता,तिमीले जे ग¥यौ त्यो जानेर गरिनौ जस्तो लाग्यो । के तिमी थाहै नपाई कुनै अपराधमा मुुछिएकी हौ ? तिमीलाई कसैले फसायो जस्तो छ । तिमी आफूले गर्दैनगरेको अपराधको सजाय पो भोग्दै छयौ कि क्या हो ? ”

“कसले भन्यो तपाईलाई म निरपराध छु भनेर ? मैले जे गरँे त्यो मैले जानेर गरेँ । तर ,मैले जे गरेँ त्यसबाट म अपराधीमा गनिन्छुु भन्ने मलाई थाहा थिएन । ”

मेरो प्रश्न सुनेर तटस्थभावमा एकोहोरिएकी तुलसा एक्कासि उद्धेलित भइन् । उनी निकै आवेगमा आएकी जस्ती देखिइन् ।

“उसो भए भन न त तिमीले के अपराध ग¥यौ ? र किन ग¥यौ ? अपराध गरेपछि कारावासमा परिन्छ भन्ने तिमीलाई थाहा थिएन ? ”

“मैले भ्रुुणहत्या गरेँ । आफ्नै शरीरभित्र राखेर आफ्नै रगतले सिञ्चन गरी हुर्काइरहेकी आफ्नै सन्तानलाई मारेँ ।

“तिमीले किन त्यस्तो जघन्य अपराध गर्नुुप¥यो ? के तिमी अविवाहिता हौ ?”

चुरापोते विहीन उनको फुुङ्ग उडेको अनुहार देखेपछि विवाहअगाडि गरिएका गल्तीका दुुष्परिणामस्वरुप भएको गर्भधारणबाट समाजमा आफुु लाञ्छित हुनबाट बच्न नै तुलसाले आफ्नो गर्भ तुहाइन् होला भन्ने लख काट्न मलाई गाहा्रे परेन ।

“अनि तिम्रो त्यो पुरुष कहाँ गयो? के उसले तिम्रो साथ दिएन ? पेट बोकेको थाहा पाएपछि त्योसित जबरजस्ती नै भए पनि बिहे गरेकी भए , आफ्नो इज्जत जोगाउन तिमीले त्यस्तो जघन्य अपराध त गर्न पर्दैनथ्यो नि ! ”

“उपदेश दिन सबैलाई आउँछ । तपाई पनि उपदेश दिएर मेरो आलो घाउमा नुन छर्किने काम नगर्नुस् । भो ,बरु जानुस् तपाई । म सँग यहाँ कुनै कुरा गर्नु पर्दैन । ”

तर केही बेरपछि किन हो कुुन्नि तुलसा पग्लिइन् ।

“दिदी म कुमारी केटी होइन । बिहे गरेपछि नै मैले गर्भ बोकेकी थिएँ । मेरो लोग्ने प्रहरीसेवामा थिए । हाम्रो भर्खरै बिहे भएको थियो । बिहे गर्नकै लागि उनी दुुई हप्ताको बिदा लिएर आएका थिए । मलाई पाएर उनी निकै खुसी भएका थिए । उनी सधैँ ‘ मैले जस्ती सोचेकी थिएँ , तँलाई त्यस्तै पाएँ ’ भनेर दङ्ग परिरहन्थे । बिहेपछिका सात दिनहरु यसै गरी बितेका थिए ।

भोलिपल्ट उनी फर्किनुपर्ने थियो । जीवनमा नसोचेको माया पाइसकेपछि त्यो मायाको मुहानको अभावमा मैले कसरी बाँच्ने होला ? भन्ने सोचले मेरो मुुटुमा भक्कानो पारिराखेको थियो । उनी मलाई सम्झाइराखेका थिए । दशैँमा टीका लाइदिन आउँछुभन्ने वाचा गरिराखेका थिए । उनको वाचाबाट म आफ्नो विचलनमा परेको मनलाई तहमा ल्याएदै थिएँ । भोलि हुने सम्भावित बिछोडपछि फेरि दशैँको टीकामा हुने सम्भावित मिलनको कल्पनामा आनन्दित हुदैँँ थिएँ । तर दैवलाई मेरो त्यो आनन्द स्वीकार भएन । तिनले त्यही राति बन्दुक बोक्ने विपरीत सोचाइका व्यक्तिहरुलाई मृत्युुको बहानामा मेरो दैलोमा पठाइदिए ।

त्यसै रात प्रहरीसेवामा भएकै कारण मेरो लोग्ने अर्को सोचका व्यक्तिहरुद्वारा मारिए । देशसेवा गरेको फल उनले मृत्युुवरण गरेर भोग्नुप¥यो ।

उनी न त सुुराकी थिए , न त आदेश दिन सक्ने व्यक्ति नै थिए । त्यो वेला त उनी कुनै युद्धमा पनि थिएनन् । उनी त सुनौलो भविष्यको कामना गर्दै ,प्रकृतिको एउटा नियमलाई पूरा गर्दै, आमाबावुको इच्छाअनुसार विवाहबन्धनमा बाँधिएर वंश परम्परालाई जोगाउन अगि सरेका एक सामान्य व्यक्ति थिए । उनी आफ्नो बिहेका लागि बिदामा बसेका सद्य;विवाहित एक प्रहरी थिए ।

ती आफ्नो सामाजिक दायित्व पूरा गर्न छुुट्टीमा आएका एक सामान्य प्रहरी थिए । तर तिनीहरुलाई उनको, अथवा भनौ हाम्रो खुुसी सह्य भएन र बिहे गरेको सातै दिनमा ,उनी सेवामा फर्किने अगिल्लो दिनमा कीराफट्याँङ्गा मारेसरि संवेदनाविहीन भएर ती हतियार बोक्नेहरुले उनलाई मारेर गए ।

दिदी, बिहे गरेको सात दिनै नपूुग्दै म विधवा भएँ । जीवनमा देखेका कस्ताकस्ता राम्रा सपनाहरु छुुस्स आएको आँधीले भताभुुङ्ग पारेर भत्काएर गयो । दिदी ,मैले त्यस्तो होस् भन्ने त सोचेको थिइनँ ।

देशको प्रतिकूल परिस्थितिका कारण उनले ज्यान गुमाउनुपरेको यथार्थ हुुँदाहँुर्दै पनि उनको मृत्यपछि घरमा ‘पोइटोकुुवी अलच्छिनी’को रुपमा म विभूषित भएँ । आफ्नो पीडाको रनाहामा अर्धबेहोस्जस्तै भइराखेकी मलाई तिनीहरुको व्यवहारले झनै मरेतुुल्य पारेको थियो ।

दिदी,आफ्नो लोग्नेसँगै सुखी जीवन विताउन त म पनि चाहन्थेँ नि । त्यस्तो सुखी जीवन बिताउन छाडेर , लोग्नेको मृत्युुको कारक बनेर यस्तो जीवन बिताउन के मैले चाहेकी थिएँ र ? तर किन घरका मान्छेहरुले ‘मैले मेरो लोग्ने मारेँ ’ भनेर ममाथि आरोप लगाए ?

अनि एक दिन के भो था’छ दिदी ? उनी मरेको तीन महिना मात्रौ भा’थ्यो । घरको सबै धन्दा सकेर भान्छामा चुलो छेऊमा भुुसुुक्क निदाएकी थिएँ । मेरो विवशताको फाइदा उठाउन मेरा ससुुरा त्यहीँ आइपुुगेछन् ।

“आफ्नो छोरो त मरिगो भने तँसित केको नाता ? छोरा भा’भए पो नाता हुुन्थ्यो । ”

मैले बाबुसमान मानेर इज्जत दिने गरेको त्यस नरपशुुले त्यस दिन आफ्नो मर्यादालाई खसालेर रसातलमा प¥ुयायो ।

त्यसपछि त त्यो उसको दैनिकी नै बन्यो । म त्यसको पन्जाबाट उम्किन सक्तिनथेँ । दिउँसो साधुु बिरालो जस्तो बन्ने , त्यसको पोल म उसकी स्वास्नीको अगाडि खोल्न सक्तिनथेँ । म माइत जान पनि सक्तिनथेँ ।

गर्भ रहेको थाहा पाएपछि मैले रुदै सासूलाई वास्तविकता बताएँ । मलाई लागेको थियो , लोग्नेको विश्वासघातले तिनको मनको कठोरतालाई पगाल्ला । भत्केको मनले अर्को खण्डहर भइसकेको मनको दुुःखपीडालाई आत्मसात् गर्ला । उनीबाट म न्याय पाउँली ।
तर मेरो कुराले उनीलाई त झन् रणचण्डी बनायो । “ए, मेरो छोरो खाएर पुुगेन,अब मेरो लोग्नेलाई ताक्दै छेस् ? कसैलाई नआएको जोबन तँलाई आएछ हैन ? आफूकसकसकहाँ चाहार्न गइस् ,उहाँ भने दोषचाहिँ बाउजस्तो ससुुरालाई लाउँछेस् । पापिनी ! यस्तो कुरो भन्न तँलाई लाज लागेन ? यस्तो पाप बोल्नभन्दा पहिला तँ किन मर्न सकिनस् हँ ? ”

मलाई जति सरापे पनि उनलाई वास्तविकता थाहा थियो । त्यसैले त मलाई घरबाट निकाल्न सकिनन् । तर गाउँमा यो कुुरो कसैलाई थाहा नहोस् भनेर उनले मलाई निकै धम्क्याइन् ।

छोरो मरेको तीन महिनापछि मैले गर्भ बोकेको थिएँ । ती दिनहरुमा त त्यो घरबाट बाहिर निस्केकी पनि थिइनँ । नत मेरा साथीसँगिनीहरु थिए । न न मेरो कसै सँग हिमचिम नै थियो । त्यस घरमा ससुराबाहेक अरु कुनै पुुरुष पनि थिएनन् । त्यसैले मेरो गर्भले ससुराको पाप ओकल्ला भन्ने डर ती दुुवैमा प¥यो । त्यसपछि ती दुुई जनाले मलाई केके , केके कुुराहरु जबरजस्ती खुुवाउन थाले । मलाई त्यो गर्भको कुनै माया मोह थिएन । तर तिनीहरुले जे खुवाउँथे त्यो कलबिख खान मलाइृ साह्रै गाहा्रे हुुन्थ्यो । त्यो खाएपछि म आफै मरेतुुल्य हुन पुुग्थेँ ।

मलाई त्यो घर नर्कजस्तो भइराखेको थियो । तर मेरो जाने ठाउँ कतै थिएन । साइतमा मेरा दाइभाउजुुसमेत सबै गाउँलेहरु डरले गाउँ छोडेर मुुग्लान् पसेछन् । यसरी मेरो जीवनमा खुुसीको एक झुुल्को घाम पनि थिएन ।

सासुुससुराले खुवाएका ती विषालुु तत्वहरुले मेरो शरीर गलाउदै गयो । मलाई अशक्त तुल्याँउदै लग्यो । तर मेरो गर्भमा हुर्कदै गरेको त्यो भुु्रण कत्ति जब्बर रहेछ । त्यसले त्यो सबै पचायो । अनि आफूजीवितै रहेर, बाहिर ती बुुढाबुुढीहरुलाई आफ्नो उपस्थितिले आजित तुुल्याइरह्यो ।

एक दिन सासू बिहान सबेरै कतै गइन् । उनी फर्केर आउँदा झमक्क साँभm परिसकेको एक डोको घाँस काटेर गाईलाई हालिदिँदै थिएँ । सासुु आएर पिँढीमा थ्याच्च बसिन् । उनीसँग एउटी आइमाई पनि आएकी थिइन् ।

बिहान सासुु हिँडेदेखि नै हराएको ससुुरा पनि त्यतिखेरै टुुप्लुुक्क आइपुुगे । मैले पकाएँ । तिनीहरुलाई खुवाएँ । अनि धन्दा सकेर सुत्न जान लाग्दा सासूले मलाई गोठमा सुत्न जाने उर्दी लाइन् ।

सासू नछुनी हुँदा गोठमा सुत्न जान्थिन् । उनी त्यही गोठमा सुत्न गा’को बेला एकान्त पारेर मेरा ससुराले मलाई नर्कमा पुु¥याएका थिए ।

बिहे गरेर आएका सुुरुका तीन महिना त म पनि पर सर्दा गोठमा सुतेकी थिएँ । तर त्यो बेला एक्कासि गोठमा सुुत्न जा भनेको सुन्दा मेरो मन कुनै नजाँनिदो आशङ्काले ढक्क फुुल्यो । कुरो किन व्यर्थ बढाउनु भनेर म गोठमा गएँ । आधा रातमा एक्कासि भयङ्कर पीडाले म बिउँझिएँ । सासूसँग आएकी आइमाई ले मेरो जीउमा केके गरी कुुन्नि ? मेरो शरीरको तल्लो भाग काटेको जस्तो भएको थियो । दुखाइको रन्कोले मलाई बेहोस् बनाएछ । म मर्नुु न बाँच्नुको दोसाँधमा पुुगिछु ।

त्यो आईमाई त सुँडिनी रहिछे । त्यल्ले केके गरी मलाई थाहा भएन । तर जब बेहोसी बाट केही होस खुल्यो तब मैले थाहा पाएँ, मेरो गर्भ तुुहिसकेको रहेछ ।

सासूससुुरा आफ्नो काममा सफल भएछन् । तर म भने मृत्यूको सँघारमा पुुगेको थिएँ । गर्भ तुहिएकोमा मलाई कुनै प्रकारको संवेदना भएन । तर दुुखाइले अब म पनि बाँच्दिनँ जस्तो मलाई लागेको थियो ।

तर विधिको विडम्बना ! रातको अँध्यारोमा तिनीहरुले खोल्सामा फाल्यौँ भन्ठानेको त्यो चर्चा चल्यो ,चासो भयो अनि त्यही चासोले डो¥याउदै गाउँका पञ्च ,भद्र भलादमी लाई हाम्रो दैलामा डो¥यायो । गाउँमा सरजमिन भयो । मेरा सासूूससुुरा सरक्कै पन्छिए । अनि दाग लाग्यो मेरो चरित्रमाथि ।

म पल्लो घरको लाटो घर्ती सँग सल्किएको ठहरिएँ । आफ्नो इज्जत जोगाउन,मैले आफैले केके गरेर भ्रुुणहत्या गरेँ भनेर म साबित भएँ । अनि त्यही अपराध गरेको आरोपमा ,त्यसको सजाय काट्न म यो कारावासमा ल्याइपु¥याइएँ ।
दिदी ,तपाई भन्नुुस् त यो सजाय मैले जुन अपराधको लागि पाएँ ,त्यो अपराधको अपराधी मै हुुँ त ?

के एउटा प्रहरी जवानसँग बिहे हुनुमेरो जीवनलाई दुुखको खाडलमा जाकिदिए ,ती सबै के हुन् ? अनि गर्दैनगरेको सजाय भोग्नको लागि म कसरी अपराधी भएँ ? दिदी, तपाई नै भन्नुुुस ् न साँच्चिकै अपराधी को हो?

बिचरी तुलसाको कथाले मेरो मष्तिष्क विचलित भयो । बाहिरबाट शान्त देखिने तिनी भित्र कति उकुुसमुकुस पालेर बसेकी रहिछन् । आफू निरपराध हँुुदाहुुँदै पनि परिस्थितिले परिबन्दमा पारेकाले तिनी अपराधीमा गनिएर आफूले नगरेको अपराधको सजाय भोग्दै रहिछन् । आफूनिरीह भएकै कारणले गर्दा आफुु ले त्यत्रो अन्याय खप्नुपरेको पीडाले तिनीलाई बदलाको कुन धरातलमा उभ्याएको होला ? यसले तिनमा कति आक्रोश जन्माएको होला ? समाजमा थाहा नपाइएका यस्ता कति तुुलसाहरु होलान् ? तिनीहरुले आफ्नो मनमा यस्ता आक्राशका कति ज्वालामुुखी बोकेका होलान् ? तिनीहरुभित्रको भित्रको आक्रोश विस्फोटन भयो भने त्यसले समाजमा हिरोसिमा र नागासाकीको दुुर्भाग्य नल्याउला र ? मेरो मनले मैसँग प्रश्न गरिरह्यो , तर म सँग ती नि;शब्द प्रश्नहरुको कुनै उत्तर थिएन ।

साभारः निशब्द प्रश्नहरु

(स्रोत : तेह्रथुमबाट प्रकाशित हुने एक मात्र ‘विकसन’ साहित्यिक पत्रिका )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.