एउटा प्रेमीले जुन विरुद्ध अदालतमा मुद्दा हाल्यो
मुर्ख न्याधिसले खैनी माड्दै घुस मागेछ
त्यहि पेरीफेरीमा
मौका मिलाएर
विदा मिलाएर
सन्दर्भ जुराएर
प्रेमलयभित्र मुन्टो जोडेका जोडिहरुलाई
प्रहरीले जरिमाना तिरायो
लज्जित अनुहारहरु
संवेदनहिनतामा फोटो खिचेर
पत्रपत्रिका र टेलिभिजनमा पठायो
यहि मौकामा अदालतले मुद्दा खारेजीको घोषणा गर्यो
यो माया गर्न नपाउनेहरुको देश
मायाका लय,बान्कि र तालहरु
बेसरी बगेपनि ,बगाएपनि,देखाएपनि
यँहा मनको कुरा भन्न नसकेर कोहि चिया पिएर फर्किदैछन
भक्ति लिलामा समर्पित भएर शब्द खोज्दैछन
अपुतालि दोष अर्पण गर्दै
धेरै जसो बेग्र चादनी प्रतिक्षामा
भट्टीहरुमा रक्सिको तालमा गित गाईरहेछन
कोविद बन्ने सपना बनाएकाहरु
नानु प्रतिक्षामा सुकुटि र तोङ्बा भिजाएर
मलाई फोन गरेर भन्दै छन्
साला जीन्दगी रिक्तिएको गुलाफ भएछ
श्रृगारहिना रङ्गमञ्च भएछ
यसै छोडिदिन्छु सपना भत्किएका सन्दुकिहरु
एक्लो आगमा खेलेर के जवाफ दिउँ खै ?
बेचीएका सारङ्गी धुनहरु
कुप्पिमा सलेदो र मटितेल भरेर खोजीरहेछन
अँह भेटिएको छैन
नचाहादा नचाहादै तोडिएको सम्बन्ध
पारपाचुके निबन्ध बाचेको इतिहासहरु
यतिखेर मलाई प्रश्न गर्छन प्रेमको युद्ध कहाँ हुन्छ ह ?
उत्तरहिन प्रश्नका सगरमाथा बोकेर
विश्वविद्यालयको कठघरा धाउने काम छोडिदिए
बरु आचकल
सुम्हालुङ मास्तिर एकान्तमा गएर
जीन्दगी धुवामा उडाउदै
आकास र पहाड हेर्छु
हेर्दा हेर्दै त्यहि जुन उदाउन खोज्छ
हो,त्यहि जुन उदाउन खोज्छ
बस एक पल्ट सम्झिनलाई पनि मुटु हुनुपर्छ
दुर्भाग्य मुटुनभएकाहरु शासन गर्छन
हरेक साझ मेरो ओठवाट
पर्खिवसे आउला भनि ..आवाज आहिरन्छ
(स्रोत : Rajbanskota.wordpress.com)