~नवीन विभास~
फेसबुक लग इन गरेँ ।
हत्त न पत्त खोजेँ, अनलाइनमा छन् कि भनेर ।
रहेनछन् । अफलाइन म्यासेज आएको छ कि भनेर इनबक्स खोलेँ । थिएन ।
उनको फ्रेन्डलिस्टमा भएजतिलाई मेसेज गरेँ । कतैबाट रिप्लाई आएन । जहाँ भए पनि सन्चै होऊन् भन्ने कामना गरेँ ।
अर्धसहिद कमरेड इन्कार अर्थात् मस्तबहादुर जहाँ भए पनि सकुशल रहून् भनेर कामना गरेँरगरिरहेछऽ ।
सम्झिएँ, उनीसित भएको अन्तिम च्याट ! मस्तबहादुर ! बड्डा, पैसा नभए’नि अरबको मरुभूमिमा कामचाहिँ कर्रो छ ।
म : भनेअनुसार दिएन कि क्या हो !
मस्तबहादुर ! अभागी खप्पर जाँ गयो ठक्कर । खाइपिई ६ सय रियाल र दुई घन्टा ओटी भन्थ्यो । याँ आएसि ओटी न सोटी । न खाईपिई ६ सय रियाल न दुई घन्टा ओटी । बड्डा मलाई त चङ्रङ्ङै पार्यो ।
म ! हत्तेरी यार ।
मस्तबहादुर : तीनपुस्ते भविष्य, दुई चार नेतालाई बालुवाटार र सिंहदरबार छिराउन ठिक्क भो । अलिअलि रहलपहल बोकेर अरब आइयो । अब त मलाई याँ एकछिन पनि बस्न मन छैन ।
म स् बड्डाले के तीनपुस्ते भन्छौ !
मस्तबहादुर : बाआमालाई सघाएर सुखदुस्खमा साथ दिने बेला बाआमाको भविष्य पनि चढाएर जनयुद्धमा लागियो । छोराछोरीको लालनपालन र शिक्षादीक्षा भएन । तिनका भविष्य पनि खोलामा बग्यो । आफ्नोसहित तीन पुस्ता चढाइएन त !
म : हो त ।
मस्तबहादुर : हिजो जोसित लडियो, उही शाही सेनालाई कब्जा गर्न रातारात पठायो आफ्नै हेडक्वाटरले । थापाथलीबाट सुकुम्बासी उठायो । भैरवनाथ गणबाट ४९ जना हाम्रा कमरेडलाई बेपत्ता पार्नेलाई फुली लाइदियो । सामन्तको जग्गा कब्जा गर्न लगायो र सरकारमा गएपछि तिनै सामन्तसित घाँटी जोड्यो र फिर्ता गराउन पुलिस लगायो ।
बुर्जुवा डिग्री भनेर स्कुले झोला स्कुलमै छाडेर लागियो युद्धमा । हेडक्वाटरले प्रत्येक जनमुक्ति सेनाको हातमा वार भेट्रान सर्टिफिकेट हुनेछ भन्यो । समायोजनमा पनि सब मिलाइन्छ भन्यो । आखिरीमा चिल्लै ।
न वार भेट्रान न जनमुक्ति सेना । दिनभर बारेको बार मुख्खेको भालेले के भत्कायो । रातभर करायो दक्षिणा हरायो ।
म : सरापेर के गर्छौ बड्डा रु खोला तरें लौरो बिर्सें ।
मस्तबहादुर : हेर्दै जाम् है बड्डा, अझै के के गर्छन् ।
म : अब त बचेको भए पो रु
मस्तबहादुर : यी बड्डाहरू थाक्के नि यत्रो रगत र सपना घुइया भाउमा गैजाला तो बड्डा रु के यो रगतले यिनलाई सन्च देला र रु कोही न कोही त आला हे । के तिनकै हनुमान भएर तिनकै सती जालान् तो सबै !
भन तो बड्डा, आफ्नै देशमा आफ्ना परिवारसित बस्ने दिन पनि आला के र रु सुन्छु, क्रान्तिमा सबथोक गुमाएका ससाना मन फेरि जुट्दैछन् रे, अलपत्र छाडिएको क्रान्ति पूरा गर्न । साँच्चि हो भने योभन्दा खुसीको कुरा के होला, मेरो यो बाँकी जिन्दगी चढाउन !
अनलाइनमा उनीसित यति कुरा भएपछि उनीसित चार वर्षअघि भेट भएको दिन सम्झिएँ । त्यो थियो, उनी दुई लाखको पँखेटाले अरब उड्नुअघि । उनको हातमा थियो एउटा पोको ।
भनेका थिए, ‘यैले त ‘माथि’ जान रोकेको छ । दिनमा पाँच सयको दबाई खान्छु । तीन वर्षका लागि चालीस हजारको ओक्तो पोको पारेर उड्न लाग्या’छु ।’
म : बड्डाले ओक्तो त खाइरा’छौ नि !
मस्तबहादुर : अबचाहिँ ओक्तो हालेको खोरचाहिँ खानुपर्ला ।
म : बाँचेसि देक्खिन्छ भन्ने बड्डालाई थाहै छ के र ।
मस्तबहादुर : दाँत फुक्ले न ओक्तो । नफुक्ले ओक्तो न सोक्तो । बरु केले पो उडेर फर्कने होला घर ! त्यो पो चिन्ता भो । अब मलाई याँ एकछिन पनि बस्न मन छैन । जो होला सो होला, त्यतै गर्छु, बड्डा ।
अन्तिम च्याट थियो यो । अरब उड्नुअघि डायरी छाडेर गएका थिए । अनलाइनमा नदेखेपछि उनको डायरी झिकेँ । हतारमा लेखेजस्ता, तर प्रस्ट थिए, उनका अक्षर ।
बेनी
कहिल्यै रिजर्भ फोर्समा रहिनँ । सधैं फस्ट एसल्टमा । ब्यारेकअगाडि सेनाले भेरिलाइट बाल्दा देखेँ, कोहीका हात थिएनन्, कोहीका टाउका । छेउछाउमा फुत्रुकफुत्रुक गरिरहेका थिए ।
उठ्न खोजेँ । सकिनँ । शरीर तातो भएको अनुभूत गरेँ । के सोचेँ कुन्नि रु खै कसरी उठेछु । दौडन खोजेछु । कहाँ सकिन्थ्यो रु ढलेछु । लिन कमरेडहरू आएछन् । केही समयपछि थाहा पाएँ, एचपीमा कमरेड प्रभाकर अर्थात् दीपेन्द्रकुमार घर्तीमगरले उपचार गरिरहेका थिए ।
सम्झिएँ, एउटै एसल्टमा परेका सङ्कल्प, जुनी, प्रताप र सम्झनालाई । फुत्रुकफुत्रुक गरिरहेका तिनै थिए वा अरू कमरेड रु आफू पनि घाइते भएपछि भेउ पाइनँ ।
बोकेर बाबियाचौरमा हिँडिरहेका थिए कमरेडहरू । शाही सेनाको हवाई आक्रमण तीव्र भयो । पातलो बस्ती थियो । एकजना किसानको भैँसीको छेवैमा मलाई छाडेर कमरेडहरू हिँडे । छिनमै मेरोछेवैमा बम खस्यो । भैँसी मर्यो ।
केही समयपछि कमरेड हेर्न आए । धूलोमा पुरिएको मलाई देखेनन् या देखे पनि नदेखेजस्तो गरे । संयोग, केही समयपछि रोल्पाकै कमरेड टार्जन र कुलमान पुगे । तिनले मलाई छाडेनन् ।
सपनाजस्तो लाग्छ मलाई ।
त्यसपछि कुन सेल्टरमा पुगेर सुरक्षित भएँ भन्ने उल्लेख छैन । लगत्तै ढाडमा टेकेर टाउकोमा हान्ने गण्डक अभियानमा गएको बेला स्याङ्जा, चित्रेभञ्ज्याङमा मारिएकी एउटी महिला कमरेडबारे लेखेका छन् ।
दिउँसोपख हो ।
हाम्रो आर्कमा पसेर दुश्मनले गोली चलायो । मेरै अगाडि कमरेड निशाना ढलिन् । उनलाई लिएर जाने कि टिमलाई सुरक्षित गर्ने रु निर्णय सेकेन्डभर गर्नु थियो । उनलाई लिएर जाँदा सबै सखाप हुने स्थिति थियो ।
एकछिन अडिएर लडेँ ।
‘मलाई बचाउनुस् कमरेड’, जमिन र आकाश दुवै ठाउँबाट भइरहेका फायरिङसित मिसिएर कमरेड निशानाको आवाज पनि कानमा ठोक्कियो ।
तीन दिनपछि थाहा भयो– घाइते निशानालाई शाही सेनाले बलात्कार गरेछ । सङ्गीनले रोपेछ । छियाछिया पारेछ । मारेछ ।
थाहा छैन, टिम जोगाउन गल्ती गरेँ कि सही रु कमरेड निशानाको आवाज अहिले पनि कानमा बजिरहन्छ । अहिले पनि बेचैन हुन्छु म सम्झेर उनको पुकार ।
त्यसपछि के लेखेका हुन् रु बुझिएन । पानीले भिजेर अक्षर फुलेका छन् । अर्को पानामा लेखिएको छ स्
गण्डक अभियानमा गएपछि कि काठमाडौँ जितेर फर्किइन्छ कि सहिद भइन्छ भन्ने लागेको थियो । काठमाडौँ कब्जा गर्ने भनिएको थियो । कि जित्छाँै र लालसेना भएर जिन्दगी बिताउँछौँ, कि त सकिन्छौँ भन्ने लागेको थियौ । फेरि पुरानै समाजमा बाँकी जीवन यसरी जिउनुपर्ला भन्ने सोचेको थिइनँ ।
युद्धका दस वर्ष र शिविरका पाँच वर्षको बलिदानलाई लिस्नो बनाएर केही थान नेता सिंहदरबार र बालुवाटार पसे । केही थान नेता–कार्यकर्ता माथ्लो वर्गमा उक्ले । शिविर बसेकालाई त पाँच लाखमा लिलाम गरे । बाँकी कार्यकर्ता र हिजो लडाइँका बेला सेल्टर दिने र मारिनेका स्वजन त हेर्याहेर्यै भए ।
डायरीको पाना सरर पल्टाउँदै जाँदा कमरेड सङ्कल्प अर्थात् बिर्खलाल लेखिएको भेटियो ।
पाना छुट्टिएको रहेछ । त्यसमा लेखिएको छ :
अछाम मोर्चामा ब्यारेकको आर्कमै फस्ट एसल्टमा थियौँ हामी ।
घरपरिवार र पार्टीका नाउँमा उनले लेखेको चिठी अछाम हान्ने अन्तिम सेल्टरमा मलाई दिएका थिए । पार्टी र कमरेडहरूलाई दोष नदिन भन्दै उनले चिठीमा लेखेका थिए, ‘बलिदान क्रान्तिको माग हो । परिवारको साथमा पार्टी र कमरेड हुनेछन् ।’
अँ, ब्यारेकतर्फ बढिरहेका बेला छेवैमा एट्टीवानको सेल खस्यो । उछिट्टयायो । लगत्तै भेरिलाइट बाल्यो । त्यसपछि गोलीको के कुरा । उछिट्टयाउँदा पनि संयोगले सँगै परेछौँ ।
गोली टाउकोमा लागेछ । ऐया नै भन्न पाएनन् । एकछिन उनलाई समाएर घोप्टो परेँ । गोली बर्सिरहेको थियो तर मलाई त्यहीँ अँगालो हालेर रुन मन थियो । आक्रोशित भएर दुश्मनमाथि जाइलाग्न मन थियो । तर फुर्सद कहाँ थियो र !
उनको झोला र राइफल बोकेर अगाडि बढेँ ।
झन्डै पाँच घन्टापछि बिसाउँदै बिर्खलालको झोला हेरेँ ।
झोलामा त रगत लतपतिएको रहेछ ।
भावुक बनायो । हिजो सँगै गएको साथी, आज उनको झोला मात्र छ ।
रुमाल झिकेँ । लटपटिएको गिदी पुछेँ । फेरि बोकेँ । अलि पर पुगेपछि किन हो कुन्नि रु झोलाभित्र के छ भनेर हेर्न मन लाग्यो । डायरी थियो । फोटो एल्बम थियो । दुई जोर लुगा थिए र ब्रस थियो ।
झोला बोकेर हिँड्दाहिँड्दै बिर्खलालको छोरा अजयले चाँडै घर आउन भनेको सम्झिएँ । अजयले ‘खै बाबा’ भनी सोधे के भन्ने सम्झेर उकुसमुकुसिएँ ।
हिँड्दाहिँड्दै पाइला लर्खराएजस्तो भयो । त्यतिबेला पनि हामीलाई पछ्याउँदै शाही सेना आकाशमा दौडिरहेको थियो ।
बिर्खलालबारे लेखिएको पानाको तल्लो भाग खाली थियो सायद । त्यहाँ उनले मसिनो अक्षरमा थपेका छन् ।
चिठी दिन उनको घर धेरैपालि पुगेँ । हातखुट्टा काँपे । के भनी सम्झाउने रु सकिनँ । शान्ति प्रक्रियापछि त होस गुमाएर आफ्नै तालमा हिँडिरहेकी बिर्खलालपत्नीलाई के भनिदिने रु क्रान्तिमा छौँ, भोलि सबै ठीक हुन्छ भनेर सम्झाउने ठाउँसमेत हामीसित बाँकी थिएन ।
डायरी पढेपछि नराम्ररी मन भरङ्ग भयो । उनको डायरी झोलामै राखेँ र कम्प्युटर रिफ्रेस गरेँ । अफलाइनमा पनि उनको मेसेज थिएन ।
म अझै रोल्पामा उनको मेसेज कुरिरहेछु कामना गर्दै कि अनलाइन या अफलाइन नभेटिए के भयो र ! बाँकी जिन्दगी लिएर नेपाल फिरेका मस्तबहादुरसित छिट्टै भेट हुनेछ ।
नवीन विभास, काठमाडौं
प्रकाशित: भाद्र २०, २०७२
(स्रोत : Ekantipur)