विचार रोपेका थियौं फाटहरूमा
पहेलिएर गए
सौंन्र्दय फलाउन चाहेका थियौं बारीहरूमा
बिरामी भए
त्यहीं नजिकै गाज हालेर फस्टाइरहेको छ
बेसारको खेती
मौसमले र्छछ माटोमा उवरता
तर यहाको उरवरता कसले बदल्यो ?
यहा“को आद्रता कसले बदल्यो ?
कसले बनायो यो देशको माटोलाई
बेसारको लागि अनुकुल ?
कसले बनायो यो देशको पानीलाई
विचारको लागि प्रतिकुल ?
नेताको अनुहार र्हेछु
बेसारे देख्छु
न्यायलयको गजुर र्हेछु
बेसारे देख्छु
यो देशमा डुबिरहेको घाम बेसारे
उदाइरहेको जून बेसारे
अल्लारे मौसम
र मनहरू बेसारे ।
यो देश
भूपीको हल्लैहल्लाको देश मात्र हैन
बेसारै बेसारेहरूको देश पनि भएकोछ
किनभने बेसारसंग
जुनसुकै रङलाई पनि
आफ्नो बनाउने सामथर््य छ
हरियो साग या रातो गाजर
सेतो काउली या बैजनी भण्टा
बेसारले र्सिफ पहेलो बनाउछ
सुख पो हुनुर्पने
यो देशमा
दुखमात्र छ बेसारजस्तो
जेलाई छुन्छ
दुखी बनाउछ
व्यवस्था हुनुर्पने
यो देशमा
अव्यवस्था मात्र छ बेसारजस्तो
जे भेट्टाउछ
आफन्त बनाउछ
न कुनै स्वाद थप्छ खानामा
न कुनै शक्ति थप्छ शरीरमा
तर पनि यो देशमा
बेसारको आतङ्क चलिरहेछ ।
यो देशको र्पालियामेन्ट
भान्साघर जस्तै छ
जहा स्वस्थता बहिस्कृत
र बेसार स्वीकृत छ
जहा बेसारे अधिवेशनहरूमा
त्रासदीर्पूण नाटकको अन्तिम दृष्य
सधैंभरि मन्चित छ
तर नर्बिसौं
पकाउने बेलामा
जति माया र्गछौ हामी बेसारलाई
भान्सापछि साबुन दलेर
उत्ति नै घृणार्पूवक पखालिरहेका हुन्छौं
औंलाका कापहरूबाट
ओठका कोसाहरूबाट
जिब्रो, दात
र भाडाहरूबाट ।
देशैभरि चलिरहेको छ बेसारको आतङ्क
अब म
बेसारको ¤याङ्मा आगो झोसेर
विचारको खेतमा पानी हाल्न जान्छु ।