छेउमा केटि साथि परेको परिक्षाको दिन मैले राम्रो लेख्न सकिन ।गाला रातै भएका थिए सायद ।त्यो वर्ष कक्षा छ मा पढ्दाको हो ।पहिल्लो पल्ट ति केटि साथि परिक्षामा सँगै परेकी थिईन ।साथिहरुले के भने भन्ने कुरा दोश्रो वनाईयो ,प्रथम सन्दर्भमा म आफै अतालिएको थिए ,अलमलिएको थिए ।जसले मेरो हात चल्न दिएन ।गालामा रातो रङ्गले राज्य गरिरहेका भान भएको थियो ।चिटचिट पशिनाहरु भिजाउने प्रर्यत्नमा थिए ।आहिले सम्झन्छु बेसरी हाँस उठेर आउछ । जीन्दगीको यो वाईसौ वसन्त मा अहिपुग्दा धेरै हावाहरु बगे ,धेरै कथाहरु फेरीए ,अनगिन्ति हाँसो –आशु ,सुख–दुखका झोक्काहरुले बेस्मारी खेले ।धेरै युवती मन पराईयो,धेरैलाई सम्झीयो ,मन साटियो ,साटिएन यिनै पेरी फेरीका अनगिन्ति सम्झनाहरु बेला बेलाका साझ विहानमा तर्साउने गर्दैछन ।
एक दिन फेसबुकको स्टाटसमा लेखेको थिए ,सुदुर सम्झनाहरु सताउछन आजभोली ।कमेन्ट आएथे कस्ले धोका दिएको सम्झेको हो,यस्तै हो प्रेममा ,विगत भुल्नु पर्छ ,विगतवाट सिक्नु पर्छ इत्याधि । एक जना(नाम लेख्न मिलेन) ले लेखेकी थिइन मलाई सम्झेउकी केहो ?बास्तवमा उनलाई सम्झेर लेखेको त होईन र अरुले भने जस्तो पनि ।यति गम्भिर कुरा लेखेको पढेपछि मैले सम्झन बाध्य भए । भुलिसकेको कथा थियाृ म सँग ।कति सम्झिदो रहेछ ,कति लेखिएर इतिहास बुनिदोरहेछ । समयको फरकतामा मलाई हेर्ने र मैले हेर्ने कुरा फरक हुदा रहेछन ।धेरै धेरै विषयहरु विस्मृतिको आगनमा निम्सरो सुतेका हुदा रहेछन ।यस्तै भयो जिन्दगीमा ।
मैले यँहा सम्म आहिपुग्दा कति केटिलाई मनपराए ,कतिलाई सम्झे,कल्पे भावनामा रमाए ति ईतिहास भए ।वर्तमानको सत्य ओकलु मनकै मान्छेको सिरमा सिन्दुर भएपछि एक्लो छु ,प्रेमीका हिन ।एकहोरोपना बाहेक मायावी भावहरु साट्ने ,निदारमा निदार राखेर जुन मा टोलाउने ,गुलाफलाई बोलाउने ,प्रेमील चुम्बनमा हराउने साथि हिन छु अचेल यो व्यस्थ सहरमा । धेरे कुरा इतिहासमा सिमित भए ।कति विषयहरु ,कति मनपराई,कति जिस्काई कहिल्यै सम्झन नसक्ने गरि हराएका हुन जस्तो लाग्छ ।मन पराउनु ,मन साट्नु भन्ने सन्दर्भहरु त्यति चानेचुने सन्दर्भ होइनन ।देखाईको सौन्दर्यतामा म फस्छु ,तपाई फस्नुहुन्छ त्यहि फसाईको पेरीफेरीमा हराएको पनि सत्य हो ।
हालै रवि महोत्सवमा एकजना युवती देखिईन ।राम्रि थिइन ,सुन्दर थिइन ।बस यतिमा हाराईयो ।मैले देखे त्यो भिडमा उनले देखिन्न वा चासो लिईन्न ।म चाहान्थे उनि को हुन ?कहा छिन ? के गर्छिन ? दुर्भाग्य म मञ्चमा उक्लिनु पर्यो ।उनि कता गइन थाहै भएन ।सम्झना आलै छ ।कति दिन बस्ला रहला,कता गईन कता जान्छिन ,कता हराउछिन ,कता पुगेर विवाहको वन्धनमा थेचारीन्छीन । यँहा नेर भन्नै खोजिएको कति भोगाईहरु,हेराईहरु ,चाहानाहरु ,तमोरको पानी झै समुद्रको यात्रामा निस्कीएपनि कता हराउदा रहेछन,कता विलाउदा रहेछन ।यस्तै कथाहरुको पेरीफेरीवाट प्रेमील सम्बन्धका चाहाहरु विस्मृतिमा पदारोपण गर्दा रहेछन् ।
म प्रेमलाई जिवन ठान्ने ,त्याग समर्णपनको आकास मान्ने ,भोगाईका तरङ्गमा हातहरु रिक्ता भए ,मन अलमलमा फस्यो ।जीवन फिक्का भयो ।अस्थाको अटालिका अगाडि उभिएर धेरै कुराहरु पटक पटक सम्झिए ।पटक पटक विर्सिएको छु ।सन्दर्भमा खुल्छन केहि केहित ।दुई लिङगिय जवानिका प्रमका बान्किहरु अनवरत बगिरहन्छन ।यो वगाई भित्र क्षणभरको सम्बन्धलाई प्रेम भनेर गलत गर्नेहरुको बाक्लो भिड छदैछ तर शाश्वत प्रेम एक नजरमा हुने रहेछ । आजभोलिको एउटा सत्य लेख्न मनलाग्यो ,म कसैको आँखामा बेस्मारी फस्न थालेको छु । तर उनको र मेरो बोलचालनै भएको छैन ।म उनलाई प्रेमीका जस्तो चिन्न थालेछु तर उनले दैनिक यो सडकमा हिडिरहने कर्ली कपाल भएको एउटा लुते केटो मात्र चिन्छिन होला ।म सिधै बोलाउन पनि सक्तिन ,ति भव्य आँखावाट टाढा हराउन पनि सक्तिन ।यस्तै दुविधा रहेछ जीन्दगी ।एका तिर लेख्छु भनेर तयार भएको कता कता वहकिए पनि जिवनको एकाकार बुन्ने रेखा प्रेम रहेछ ।
भावनामा जो पनि वहकिन्छ ।त्यहि प्रसारमा उभिएर लेख्छु पनि ।पत्रकारीता भन्दा बाहिरको लेखनमा भावनाको पक्ष खोज्छु ।यहि खोजाईभित्रका चाहाना ,सम्झना ,सपनाहरु प्रेमिल भएर सुलोलित बग्ने लहरमा कतै बेस्मारी ठोकिदा रहेछन ।एक तिर लेख्न खोजेर अर्कोतीर वहकिएपनि प्यासिला प्रेमील नयनको सन्दर्भमा ः
अन्नतताको कञ्चनपना
खोजिरहेछु आँखाहरुमा
प्यासिला ओठहरुमा ओठ जोड्न
र जिन्दगीको सत्य चुम्न
नयनको डिलमा उभिएर क्षितिज पारी देखेका सपनाहरु कति हराए ,कति विलाए ,कति चिमोटिरहेछन ।यस्तै यस्तै यात्रावाट सुगम संगितका वियोगान्त स्वरहरु मन पराउछु ।हाम्रो पुस्ता धेरै सन्दर्भमा पिडित पुस्ताहो । ति पिडाहरु ओच्छयान लगाएर कहिले काहि आफैलाई सम्झिन मन लाग्छ ,खोदल्न मन लाग्छ ।एउटा लुते ,कपाल जिङरिङ्ग भएको ,सुन्दरतामा अलि पछि ,सम्भावनामा अलि पछि ,ग्रामीण गाँउको किसानको सन्तान । मैले देखेको सपना यर्थात भन्दा माथि भए होलान ।मेरा चाहान कद भन्दा अग्ला भएहोला रत ठाँउ ठाँउमा भत्किए ।यो धरातलमा मलाई हेर्नेहरु ,देख्नेहरु,के देख्लान म यस्तो प्रश्नमा रुमलिन्छु ।तर शाश्वत सत्य ,आत्मिक अनुभुति ,प्रेमलाई अनगिन्ति बाक्ला धर्साहरुले छेक्न सक्दैन ।अनन्त आकास हो जता पनि खेल्न मिल्ने । दुर्भाग्य वादलले दुख दिन्छ ।वस यति ।
(स्रोत : Rajbanskota.wordpress.com)