~सुमन रौरभ~
निस्पष्ट अँध्यारो बगैंचामा फुलेका दुर्घन्धित काला फूलहरू, फूलहरूमा झुम्मिरहेका घीनलाग्दा पुतलीहरू । बगैंचाको बीचमा उभिएको हतास, एक्लो ऊ । भित्र डरले उसको रगत बरफजस्तै चीसो हुँदै थियो, बाहिर ऊ पसिनाले निथ्रुक्क भिजेको थियो ।
दुःस्वप्नको बीचमा ऊ झल्याँस्स ब्यूँझियो । उसको असहज ब्यूँझाईले श्रीमती पनि ब्यूँझिई, बत्ती बाली र उसको टाउको सुम्सुम्याउँदै मायालु आवाजमा सोधी-‘के भयो ?’
‘डरलाग्दो सपनामा एक्लै थिएँ…. आत्तिएँ र ब्युझिएँ । सपनामा तिमी पनि आउन .. एउटा आड हुन्छ मलाई ‘ ऊ आँखा चिम्लेको चिम्ल्यै मन्द स्वरमा बड्बडायो ।
‘उसको सपनामा म कसरी जानु कुन्नि, बेढड्ढी सोच कति धेरै आउँछ यो मान्छेमा ‘ श्रीमतीले दिक्क भएर सोची र लगत्तै उसलाई अँगालोमा बाँधेर टाउको आˆनो तातो छातीमा टास्दै मायालु स्वरमा बोली-‘हुन्छ, म पनि आउँला, आˆनो भरोसा लाग्ने ईश्वरलाई सम्भ, र निदाउ।’
ऊ फेरि निदायो र पुनः सोही अँध्यारो बगैंचामा पुग्यो, घीनलाग्दा पुतलीहरू भुन्भुनाइरहेका तिनै काला फूलहरू देख्यो । यसपालि श्रीमतीले आˆनो वाचा पूरा गरी र बगैंचामा ऊसँगै उभिन आइपुग्यो । ऊ केही बोलिरहेको थियो, श्रीमती केही बोलिरहेकी थिई । तर कुनै कुरा स्पष्ट थिएन । उसले एकाएक आफैंले बोलेको सुन्यो -‘यो बच्चा कसको हो ?’
श्रीमतीले निहुरिएर आˆनो फुलेको पेट हेरी, दुवै हत्केलाले प्रेमपूर्वक सुम्सुम्याई र गर्वका साथ बोली -‘मेरो’
‘तेरो त तेरो, तर अरू कसको ?’ उसको झगडालु स्वर झन् चर्को भयो ।
‘यो मेरो चरित्रमाथिको लान्छना हो या तिम्रो पौरुषत्वमाथिको शङ्का ?’
श्रीमती झोक्किएर कराई ।
‘मेरो पौरुषत्वलाई चुनौती दिन्छेस् ?’
‘तिमी किन उट्पट्याड्ढ कुरा गर्छौ ?’
वादविवाद बढ्दै गयो । उसले दुवै हातले च्याप्प श्रीमतीको घाँटी समात्यो । श्रीमतीले खोक्न खोजी, सकिन । श्रीमतीले ओठको देब्रे कुनाबाट र्याल निकाली तर उसले घाँटी अँठ्याउन छोडेन । श्रीमतीको निधारमा चिट्चिट् पसिना आयो, आँखाको पुतली फुल्दै गयो, कन्चटको नसा मोटो हुँदै गयो, उसले तैपनि छोडेन । अघिसम्म र्याल बगेको ठाउँबाट अब रगत बग्यो । उसले आत्तिएर हात छोड्यो । फेरि झल्याँस्स ब्यूझियो ।
उसले बत्ती बाल्यो र आधा आँखा खोलेर श्रीमतीको भुँडी हेर्यो, सपनाको जत्रै ठूलो थियो अझै । आँखा मिच्दै फेरि हेर्यो, श्रीमती सुतेको तकियाको सेतो खोल रगतलेभिजेर रातै भइसकेको थियो । अघि सपनामा डराएको ऊ अहिले विपनामा झन् डराइरहेको थियो ।
अघिसम्म उसलाई तातो माया दिने श्रीमती सम्पूर्णरूपमा चीसो भइसकेकी थिई ।
मूर्खता बिहान सबेरै जोखिमपूर्ण हाँगोको टोड्कोमा आˆना नाबाल बचेरालाई छाडेर परेवाका जोडी चारो खोज्न उडे । साविकको समयमा फर्केर आइपुग्नुपर्ने, आइपुगेनन् ।
सूर्य चम्किदै गयो, बचेराहरू आत्तिदै गए । भोक बढ्दै गयो, बचेराहरू विहृवल हुँदै गए । आकाश कालो भयो, बादल गड्गडायो, छिमेकी रूखमा चट्याङ पर्यो, पानी छिटा्यो । उनीहरू फर्केनन् ।
झमक्क साँझ पर्यो । बचेराहरू भोकले च्याँच्याँ कराउँदा कराउँदै मरणासन्न भए । तैपनि उनीहरू फर्केनन् ।
साँझको अन्तिम प्रहरमा पोथी परेवा थोरै चारो बोकेर आलसतालस हुँदै फर्किइ । हरीबतासले आधा भत्किसकेको गुँडमा इन्तु न चिन्तुको हालतमा रहेका आˆना बचेराहरूलाई सहानुभूतिपूर्वक पालैपालो स्पर्श गरी र सधैँको जस्तो बेलैमा चारो लिएर आउन नसक्नुको विवशता सुनाई-‘मान्छेहरू मूर्ख भएपछि के लाग्छ ? आफूहरू विनसित्ती लड्छन्, आतङ्क मच्चाउँछन्… अनि हामीलाई समात्छन्, थुन्छन्, फेरि छोड्छन् र ताली बजाउँदै ‘शान्ति शान्ति’ भन्दै चिच्याउँछन् । तिम्रा बाबु अझै तिनै मूर्खहरूको खोरमा छन्… सके भोलि आइपुग्लान् कि Û’
बचेराहरूले न त आमाले खुवाएको चारो निल्न सकेका थिए , नत शान्तिको कथा बुझ्न नै सकेका थिए।
झुटो कुरा मैनबत्तीको मधुरो प्रकाशको भरमा उसकी आमा साँघुरो कोठाको एउटा कुनामा पिलपिले स्टोभमा भात पकाइरहेकी थिई । कोठाको अर्को कुनामा उसको बाबु व्याट्री सकिनै लागेको सानो ट्रान्जिस्टर कानमा जोडेर लोकदोहोरी सुनिरहेको थियो ।
ऊ कहिले सधैँकी रोगी अनुहारकी आमालाई हेथ्र्यो, कहिले निधारभरि असन्तुष्टि बोकेको बाबुलाई हेथ्र्यो । कोठाभित्र उपलब्ध झिनो प्रकाशमा ऊ भ्याएसम्म आफूलाई पनि हेर्ने कोसिस गथ्र्यो र जब आफूमा ध्यान केन्दि्रत हुन्थ्यो, उसको बालबुद्धिमा एउटै प्रश्न उब्जिन्थ्यो -‘म किन गरिब छु यतिविधि ?’
धेरै बेरको अलमलपति उसले आमालाई सोधिछोड्यो -‘आमा, म किन गरिब छु ?’
आमाले ‘के तालको केटो रहेछ’ भन्ने भावले उसलाई हेरी र लामो समय सोचेर जवाफ दिई
-‘तेरा बाबु गरिब छन्, त्यसैले तेरी आमा गरिब छे । तेरा बाबुआमा गरिब छन्, त्यसैले तँ पनि गरिब छस् ।’
उसले आमाको जवाफमा मात्र चित्त बुझाएन र बाबुलाई पनि सोध्यो-‘हो वा ?’
बाबुले ट्रान्जिस्टर बन्द गर्यो, लामो सास तान्यो र तानेको सास सुविस्तासाथ छोड्दा आवाज आफै निस्कियो -‘हो….. ।’
‘वा धनी भए आमा पनि धनी हुन्छिन् ?’ उसले फेरि सोध्यो ।
‘आमा धनी भए म पनि धनी हुन्छु ? ‘ उसले प्रश्न थप्दै गयो ।
आमाले दिक्कलाग्दो स्वरमा सम्झाइ ‘हो वा हो, तँ चाँडै ठूलो हो, गतिलो इलम गर, धेरै पैसा कमा, तँ धनी भए हामी पनि धनी हुन्छौं ।’
‘हुम्म्… ‘ उसले धिपधिप बलिरहेको मैनबत्तीमा आँखा गाडेर धेरै बेर गरिबीको बारेमा सोचिरहृयो, हिसाब लगाइरहृयो ।
ऊ ठूलो हुँदै गयो । आमाले भनेझैँ इलम सिक्दै गयो । पैसा कमायो, श्रीमती कमायो, सन्तान कमायो, कमाउँदै गयो र टाढिँदै गयो ।
एकदिन अचानक बुढ्यौलीले गाँजिसकेका आमाबाबुलाई बजारमा भेट्यो । उसलाई आश्चर्य लाग्यो । हस्याफस्याङ गर्दै घर आयो र आˆनी श्रीमतीलाई एकै सासमा घटनाको बेलीविस्तार लगायो-‘मेरा बाबुआमा त एक नम्बरका झुटा रहेछन्, बुझिस्् । म सानो छँदा उनीहरू परिवारका एकजना गरिब भए सबै गरिब हुन्छन्, एकजना धनी भए सबैजना धनी हुन्छन् भन्थे, उनीहरू त अहिले त त्यत्तिकै गरिब रहेछन् । खै त म धनी भइसकेर पनि धनी भएका ?’
श्रीमती चाहिँ उसको आश्चर्य मेटाउनुको सट्टा आफै झन् आश्चर्य मानेर उसलाई हेरिरहेकी थिई ।
(सुमन रौरभको पराई विचार लघुकथा सङ्ग्रहबाट लिइएको एक अंश)
(स्रोत : Gorkhapatra)