“नितु दि ! फोटो दामी लाग्यो । भिनाजु हो ?”
“हैन मेरो बोय फ्रेन !” रिसाएर, चिम्से आखाका गेडा बाहिरै निक्लेला झैँ गरि मतिर हेर्दै उतरको झटारो बर्साईन । उनलाई पनि मेरो प्रस्न झटारो भन्दा कम थिएन रहेछ । मेरो सोच पनि कति निच ! भिनाजु नभए को हुन्थ्यो ? अरु हुदो हो त तेस्तो फोटो तेसरी सबैलाई देखाउनु हुन्थ्यो त ? दोस्रो बिबाह गर्ने महिलाहरु चरित्र हिन्न नै हुदैनन् नि । यत्रो देश डुलेर, सेस भैसकेर पनि उही संकुचित बिचारमा आफुलाई बाधी राख्ने कस्ती म । मैले गलत नै भनेकी रहेछु, मैले अनुमान गरे । अब त्यो भिडमा बस्न उचित लागेन मलाई । लुसुक्क, अर्को भिड तिर लागे । आजसम्म पनि बाँचेको संकीर्ण सामाजको एक प्रतिनिधि पात्र म ।
उनि नितु । नितु लिम्बु गुरुङ । बिहे पछि जोडिएर भएको दुइटा थर । ताप्लेजुंग जन्मिएकी उनि बिहे पछि काठमाडौं बस्थिन । उनको पहिलो श्रीमान कर्ण लिम्बु संगै । १ छोरीका बाबु कर्ण निजामती कर्मचारी थिए । उनि र मेरो भेट आज भन्दा ५ वर्ष अगी भएको थियो उनकै पसलमा । नया बानेश्वरमा उनको फेन्सी पसल थियो । म अकसर उनकोमा कपडा किन्न पुग्थे । हसिलो अनुहार, फरासिली उनि हाक्की स्वभावकी थिइन् । तेही भएर पनि म उनकोमा नै जना रुचाउथे । अर्को कुरा उनकोमा सस्तो, राम्रो कपडा पाइन्थ्यो । शनिबार कहिले कसो पसलमा पसियो भने उनका श्रीमान पनि भेटिन्थे । तर उनीहरु बिच खासै मिल्ती देखिनन् थियो । एक पस्चिम त १ पूर्व फर्केका हुन्थे । किन मिल्ती थिएन ! सोध्न गार्हो लाग्थ्यो । कहिले सोधिन पनि ।
जागिरे जिम्मेवारी पुरा गर्न म पश्चिम बाकेको २ वर्षे बसाइ पछि धरान आइपुगेको पनि ३ वर्ष भएछ । उनिसंग फेरी भेट भएको २ महिना जति भएको थियो । वडा न १० बाट कोठा सरेर म उनकै पल्लो घरमा सरेको भर्खर १५ दिन हुदै थियो । कौसीमा लुगा सुकाउन जादा उनि पनि आफ्नो घरको कौसीमा थिइन् । ११ महिने छोरालाई घाममा तेल लगाउदै । अहो ! नितु दी हैन ? मैले अचम्म मान्दै अड्कल काट्दै सोधे । मेरो अड्कल मिल्यो । नितु दि नै हुनुहुदो रहेछ । चिनु भयो मलाई । छक्क पर्दै सोध्नु भयो । ए हो नि ! लक्ष्मी बैनी । हैन कसरी यता आइपुग्नु भो ? बिहे गर्नु भयो कि कसो ? प्रतिउत्तरमा मैले भने । “हो नि दि मेरो बुडो जागिर म उसकी बुढी जागिरे । जता बुढो उतै बुढी ।” दुबैको हासो छुट्यो … हे हे हे हे । “अनि दि छोरी खाई त कत्री भै ?” मेरो उत्सुकता राखे । नितु दि अलि असहज हुदै अन्कनाए झैँ भइन् । “उसकै बाउ संग । अनि भिनाजु नि ?” मैले फेरी सोधे । खाई उतै काठमाडौं होला । मैले सोचे ..आझै उस्तै रहेछ यी जोइ पोइको सम्बन्ध । तर दि कसरी गुरुङको घरमा ?
“उस्को र मेरो तेतिनै होला लेखान्त । हामी छुटेको ३ वर्ष भयो ।” नितु दिदिले भन्नु भयो । किन के भएको थियो र ? मेरो उतर दिदै भनिन “थिए धेरै कुराहरु के भन्नु ?”
नभन्ने भईन दिदीले । के कारण थियो होला ? उनीनै तेस्ती हुन की, ति भूतपूर्व भिनाजु भनाउदा तेस्ता हुन् ? बिचारी त्यो छोरीको पो बिजोग हुने भो त । बाउ आमाको जुधाईमा बच्चाको वर्तमान र भविश्य बिग्रिने भयो । आजकाल कति धेरै सम्बन्ध बिच्छेदको घटना बढेका …किन होला ? आजसम्म भनेकी छैनन् उनले मलाई । घरि घरि त मेरो तथ्यहिन अनुमानले उनलाई नै दोषी ठान्छ । पुरुष प्रधान समाजको एक हिस्सा न परे महिलालाई नै दोषी ठान्छ ।
२०७० आसार १३
(स्रोत : Laxmi Rai’s Blog )