तिम्रा पैसाले माला लगाउँदैछु
क्यामराको लेन्समा
चमत्कार छाँउदैछु
भोलि हेर जनता
तिम्रै छाती माथि
टेकेर
आकाश छाम्ने छु
अनि
अविर र मालाले ढाकिएर
गड्गडाहट तालिमा
रमाउने छु
मागेर भर्ने
रमाइलो पेट छ
जे होस
तिम्रै रगत पिएर
पवित्र आसनमा आसिन छु
तिम्रौ पसिनाले
नुहाएर पुजामा बस्याछु
तिम्रा हड्डीको सहारा लिएर
अविश्मरणीय यात्रा गरिरहेछु
माटो र मासु जे होस
मलाई थामेकै छ
अनि
तिम्रा आँखालाई अन्धकार दिएर
प्रकाश पाएकै छु
गरिबलाई डसेर
आफ्नो विष झारेर
रमाई रहेछु ।।
काइदा छ !
नमस्कार खा कै छु
सबैको आँखामा
लोकप्रिय भएकै छु
मागेर तिम्रा शिरमा
मेरा पाउ राख्या छु
मन्दिर मन्दिरमा तिम्रो गाँस
खोसेर मेवा चढाए कै छु
मानवलाई मारेर भे नि
इश्वर रिझाएकै छु
तिम्रा पैसाले माला लगाउँदैछु ।।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Pingback: कविता : माला लगाउँदैछु | jpdahal2065