फाटेको अस्तित्व हेरी,कर्णाली र डोटी रोयो
बग्यो कोशी हतासमा,सयौ सयौ चोटि रोयो ।।
भोका माग्छन् बाहिर,भरिन्छ मन्दिर पैसाले
कुल्चदै पाउमा परेर पवित्र त्यो भेटि रोयो ।।
कुल्चदै बिदेशी पन्जाले,चाँदनी र दोधारा टेक्दा
सरेको दश गजा हेरेर मुटु घोटी घोटी रोयो ।।
बर्सै पिच्छे बजेट आउछ,हालत उस्तै देख्छु
ठाउँ ठाउँमा टालिएको,निर्धो सडक पेटी रोयो ।।
बाध्यताको पेरुङ्गेमा, उन्दै जानु छ साउदी कतार
बा आमा परदेश हुँदा,एक्ला ती केटाकेटी रोयो ।।
बसन्त श्रेष्ठ ‘क्षितिज’
मिती:-०६८-०८-१५
(स्रोत : Shabdahar )