तपाईं किन यसरी
सुतिरहनु भएको बा?
उ हेर्नुस त
तपाईंभन्दा ढिलो उठ्ने घाम
अघिनै उठिसक्यो
तपाईंको हातगोडा किन चिसो बा,
किन दर्हो भएको यो शरीर?
यी मानिसहरु किन
आँसु झार्दै उभिएका बा,
उठ्नुस् न।
लट्ठि टेकेकै भरमा
त्यत्रा पहाठहरु चढ्नुभयो
सङ्घर्सका पहाडहरु,
पसिनाका झरनाहरु
निधार हुँदै च्यापुसम्म पुगेर
आफैँ हारेर झरिदिन्थे
तर पनि बा
तपाईं कहिल्यै हार्नुभएन।
तपाईँको काँधमा चढेर
तपाईँको छातीमा खुट्टा झारेर
तपाईँको टाउको मुसार्दै
धेरै घुम्ती
अनि मोडहरु पार गरेको छु,
लामा-लामा यात्रा गरेको छु
तर आज
यो काँधमा
तपाईँलाई बोक्ने हिम्मत छैन बा
यो कठिन यात्रा गर्ने ताकत छैन,
सक्नुहुन्छ भने उठिदिनुस्
त्यो किलामा झुण्ड्याइएको
ज्वारीकोट लगाउनुस्
म चश्मा पुछेर राखिदिन्छु,
एकैचोटि भएपनि
खोक्दै उठ्नुस् न बा
बिन्ती।।।
(स्रोत : Suresh Badal’s Facebook )