पाउलो बनी फक्रिने
शित बनी लत्रिने, बैंश हो मेरो
खाली पेट फल लाउने
शिशिरमा कोपिला बन्ने
वशन्त हो, बैश मेरो
लालुपाते फूल छ भने
सरद मैं आउछु
खेतबारीमा सुन फल छ भने
हलो बनी जोत्छु
हिलै हिलो मुख भरी
आषाढको मेला
आङ्गभरी सिरेटो छ
अनाजको बेला
जान्न होला मुग्लान म त
मोती उब्जाउ हुन्छ यहाँ
सबै ऋतु सुकसुकाउ छन
मन रोएको बेला
के गरौं खै ?
भोक भाकै बाँच्छु भन्छ मन
के गरौं खै ?
धिकार लाग्छ, पछुत्तो लाग्छ
साथी मारि कमाएको धन
आशै आशामा थाकेका आँखा
तृष्णा मै बाँच्छन्
उमंगमा वाफिएर
वर्षा बनी रुन्छन्
भोका नाङ्गा जीवनले
डाडाँ काडाँका गीत गाउँ छन्
त्यसैले त हजूर, यौवनहरु पनि धाउछन् ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Pingback: कविता : परिवेश | jpdahal2065