मूक्तिका सपनाहरू सब बेकार हुन
मानिसहरू एक–एकवटा आस्थाको किलोमा कैद छन्
एउटै रामलाई म¥यादा पुरुष बनाउनका निम्ति
भक्तहरू राम भित्रको हरामा देख्न असमर्थ छन् ।
ओ ! सिद्धार्थ गौतम !
ओ ! एडोलफ हिटलर
ओ ! जड भरत
कहाँ छ मानिसको मुक्तिफल ?
कहाँ हो यो आस्थाको धरातल ?
जसमा टेकेर मानिसहरू–विश्वासको फल फल्दछन् ।
सत्ताभरि त मानिस आफूलाई सम्हाल्दै ब्यस्त छ
जीवनभरि त मानिस आफूलाइृ बँचाउनै ब्यस्त छ
आवाजभरि त मानिस आफ्नै वेदना कहन विवश छ
गतिभरि त मानिस आफ्नै आकांक्षा दौडन विवश छ
फेरि कहिले ऊ आस्थाको उकालो चढ्ने हो ?
फेरि कहिले ऊ मुक्तिको विपना टेक्ने हो ?
मानिस त मानिसकै भासमा डुबेको छ
यी मीठामीठा संगीतमय स्वरहरू सब बेकार हुन
मानिसहरू आफ्नै वेदनाको रोदनमा कैद छन् ।
आदर्शहरूबाट एक एकवटा खोल सापटी लिएर
दुष्टहरू पनि भक्तका समिप पुगे
एउटा एउटा विद्रोहले
स–साना प्रशंसाहरूबीच शिर झुकायो
शत्ताका नङ्गामा सुन्दर अनुहारहरू पनि विकृत बने
मानिसले आफूलाई आकाश बनाउन खोज्दाखोज्दै
उसको लक्ष्य सबै बेकार भयो
मानिस आफ्नै अनुहारमा कैद छ ।
मानिस फुुल्दै, फुल्दै पाक्दै र झर्दै गयो
भूगोलका प्रत्येक दुरीमा आफ्ना पाइला राख्दै गयो
दासहरू मालिक भए– मालिकहरू दास
दासता झन–झन लोकपृय र सभ्य भयो ।
मालिकहरू मुक्तिका सपना लिएर आउँछन्
मालिकहरू म¥यादाका उपदेश बोकेर आउँछन्
मालिकहरू आस्थाको किलो गाड्दै आउँछन्
र मानिसहरू क्रमशः दास हुँदै जान्छन्
मुक्तिका सपना देख्दै जान्छन्
भक्तका म¥यादा पालन गर्दै जान्छन्
आदर्शका अर्थ केलाउँदै जान्छन्
ऐहिासिक दास भन्दा
महान दास हुने यस होडबाजीमा
मानिसहरू आफ्नै प्रतिबद्धतामा कैद छन् ।
(स्रोत : Shabdahar )