अनिकालमा,
काम लाग्ला भनेर
कसैले ल्याइदिएको
एकथैलो अन्न साँचेका थियौ ।
स्यानोतिनो पिडा
त्यसैलाई हेरेर बाँचेका थियौ ।
पिढिको डिलनेर ।
भोकले ,
अचाक्ली अत्याएपछि
कुटेर खाने रहर गर्यौ ।
उचाल्दा मेसो पाईएन।
मिलमा पुर्याएर
मुख खोलेपछि
मुखले थाहा पायो-
माड नलाग्यो भयो ।
तिमी धान होईन
भुस रहेछौ ।
भुस
उस !
भुसले अनिकाल टर्छ ?
संविधान नपाएको
मेरो देश
यतिबेला
भुसको थैलोजस्तै
नेता बोकेर बाँचिरहेछ ।
मनको डिलनेर ।
(२०७०/ ०४ /२१)
(स्रोत : eNepalikhabar)