हरेकदिन बिहान जब देश शौचालय जान्छ
र घण्टौंसम्म कन्दै बस्न बिवश हुन्छ
देश छट्पटाउंदछ,
उसलाई नेताहरुले
कति पीडा दिएकाछन्………..
कमोडमा निक्कै बेर थचारिएपछि
देश निखारिन्छ र सिंहदरवार पुग्दछ
देश झस्किदै आएको छ जबदेखि
उसले थाहा पाएको छ नेताहरु जनतालाई ठगेर
विकास निर्माणको नाममा
पेट फुट्नेगरि खान्छन् र
उसलाई वर्षौदेखि कब्जियत गराई रहेछन्
यता विमान प्रकरणमा कमिशन खाएर
मोटाउंछन नेताहरु, उता देश दुब्लाउंदै जान्छ
देशलाई कहिल्यै निको नहुने कब्जियत भएको छ
यता झमक्क साँझसंगै नेताहरु म्स्किन थाल्छन्
उता देश पीडाले छट्पटाउन थाल्दछ,
किनकि उसले भोलि फेरि
सहनु पर्नेछ अर्को कब्जियत
साँझ परेपछि मन्त्रीहरु विदेशीसंंग तारे होटलमा
खान्छन डिनर र उडाउंछन तर माल
यता देश जनताको झुपडीमा एउटा थागँने ओछयानमा
लुटपुटिएर पीडाले कराउन थाल्दछ
रात बाक्लिदैं जांन्छ यता
मन्त्री र नेताहरु चियर्स गर्न थाल्छन्
उता देशको पेट वायू भरिएर डम्म फुल्न थाल्दछ
जुन वायू भित्र नेताका आश्वासन र
जनताको ब्यथा मिसिएको छ
जब तारे होटलमा नेताहरु अघाएर ढ्याउ गर्छन
यता देश देश झुपडीमा आँशु झार्दछ||
(स्रोत : eJanata)