नीति सिद्धान्त हेरेर, जहाँ जीवन अर्पिएँ,
भद्दा आचार देखेर झल्यास्स भर्इ तर्सिएँ ।
भुनेको मही छाडेर, बजारे स्वादमा भुली,
बुकुरा बासका साथी, छाडी पल्क्यो कतै मुली ।
मैलाधैला थिए साथ, अहिले सुकिला सँगी,
मकै गुन्द्रुक छाडेछ, तारे खान्की मिलेपछि ।
उहिले मान्छेले नोट बनाउँने कुरा थियो,
अहिले नोटले मान्छे बनाउँने प्रचार छ ।
उल्टिएर मुली हिड्दा, धैर्यता फुत्किदै गयो,
त्यही सर्कस हेरेर ‘आनन्दित’ हुँदैछु म ।
२०७० असोज ९
(पौडेल नेकपा एमालेबाट प्रतिनिधिसभाका पूर्वंसांसद हुनुहुन्छ)
(स्रोत : eNepalikhabar)