जसलाई चाहेँ, उसलाई पाएँ, गरेँ मनोमानी ।
को होला र, यो दुनियामा, म झैँ भाग्यमानी।।
उसको आँखाबाट मैले संसार हेरेकोछु अचेल
उसको फोक्सोले मैले श्वास फेरेको छु अचेल
यहाँभन्दा अरु, के बयान गरुँ, शब्द छानिछानी
को होला र, यो संसारमा, म झैँ भाग्यमानी ।।
उसको ओँठमा मेरो मुस्कान डुलेकोछ अचेल
उसको काखमा मेरो जीवन फुलेकोछ अचेल
यस्तै साथ पाए, को गर्थो र,प्यारमा आनाकानी
को होला र, यो जगतमा, म झैँ भाग्यमानी ।।
…………….उर्लाबारी 4/253, मोरङ…………
………………….हाल; मलाया…………………