दसकौं भयो किरण बेखबर भएको । इष्टमित्र, गाउ , शहर , स्कुल , कलेज का साथी सबै बाट …. अरु त अरु, आफ्नै जोडी बच्चाकी आमा जीवन संगीनी , जन्म दिने आमा सित बिछोडको पिडाले समेत छोयो कि छोएन उस्लाई ? कसैले अनुभुती गर्ने मौका पाएका छैनन । फर्कने नफर्कने ? जिउदो छ कि मरिसक्यो कसैले अनुमान लगाएको छैन । किरणको छाया समेतको आभास कतैबाट नगुन्जेको धेरै भयो । चिन्ने जान्नेहरु कहिले काही कुरा काट्छन अती आदर्श अनी महत्वाकांक्षी थियो उ । उस्को आदर्शले उसै लाई खायो पनि भन्दछन कोहि कोहि । यस्तो मान्छे त युरोप अमेरिकामा जन्मनु पर्दछ हाम्रो देशमा के काम अर्कोले थपेको थियो । किरणको आशु र पिडा उसै सित बुझिदिने थिएन कोहि ।
जिन्दगीमा के के न गर्छु भनी टुप्पी बाधेर पढि बि. ए. सम्म पास गरेको थियो किरण ले । समाज को रित र आमा को अनुरोध लाई नाघ्न नसकी पढाई को क्रम मा नै बैबाहिक गाँठोमा बाधिएको थियो किरण । असल बन्छु भनी न त साथी भाई सित बसेर पिउँथ्यो न त धुवा उडाउथ्यो बदनियत पनि थिएन उस्मा । अरुको भाग र हक खोसिने देखे उ टाढै हुन्थ्यो, आफ्नै भाग खोसिए पनि अधैर्य हुँदैनथ्यो, समाज मा न्याय सम्पादनको कुरो उस्को रुची हुन्थ्यो । साथीहरु यसरी माथि चढिदैन कुनै न कुनै हागो त समाउन नै पर्दछ भनी सल्लाह दिन्थे, तर उ एक्लै संघर्ष गर्नुको तितो अनुभब लाई मिठो मानि सहर्स स्विकार्दथ्यो र बिना आफ्नो टेक्ने धरातल त्यो अस्थिर हुन्छ भनी जवाफ दिन्थ्यो ।
एक दुई गर्दै बर्षौ बित्यो किरणले हातमा प्रमाण पत्र बोकी हिंडेको , प्रमाण पत्रको लेमिनेसन पनि पत्र पत्र भै फाटी सकेको थियो । उस्को सोझो पन र आदर्शले बिस्तारै आवारा, गफाडी अनी घमन्डी को भारी बोकाइ रहेको थियो । घरायसि व्यबहारको बोझ उठाउने क्षमता नहुँदा उ आफन्त बाटै गैह्र जिम्मेवार भनी अरोपित भै सकेको थियो ।
कहिले काही अनुनय बिनय गर्दा दुई चार रुपैयाँ को सहयोग गर्ने पनि तर्की हिंड्न थाले । उधारोको बोझले दिन भन्दा रात लाई प्यारो बनाइ सकेको थियो किरणले । सन्तानको बेवास्ता , सङिनी को दैनिक ठास ठुस र घुर्की, आमाको यसो छैन उसो छैन को गन गन ले भित्र भित्रै बिक्षिप्त बन्दै गएको थियो किरण । हरेक बिहानीले उस्का सपना लाई लोक्पा खुवाउदै गएको थियो । अरु को मात्रै होइन अब त किरण स्वयंको भरोसा मा सशंकित हुन पुगेको छ ।
मामा माइज्युको आक्रोस पूर्ण गुनासो थियो कुन्नी के नाम को ब्यापार गर्छु भनी पैसा माग्या थे नदिएर रिसाएका छन, उता दिदी भिनाजु कोस्दै थिए त्यस्तो काम धाम नभएको लाई पैसा सापट दिएर डुबाउनु छ र दु:ख गरेर कमाएको सम्पत्ति ? रिसाए रिसाओस । अाफु चोखो बनेर खोट जती किरणको टाउको मा थोपर्ने को एउटै स्वर हुन्थ्यो । परिस्थितीले किरण लाई संसारको भिड ले एक्लाउदै लगेको थियो । नजिक हुन खोज्यो तर्किने धेरै थिए । सहपाठि, साथीहरु जो धनाढ्य थिए अनैतिक पेशामा इमान बेच्न हौस्याउथे किरणले साहस गर्न सकेन, इज्जत र नैतिकताको पर्खाल नाघ्ने हिम्मत किरणले गरेन । हौस्याउने हरु उस्लाई लाछी भन्दथे । किरणको आदर्श र इमान्दारिताले उसै लाई खाइ सकेको थियो । मानसिक तनाब चरम अवस्थामा दौडदै रहदा दुर क्षितिज सम्म आसाको कुनै झल्को छैन उस्को नजरमा । मर्नु भन्दा बहुलाउनु एक मात्र बिकल्प थियो किरण सित आफ्नो हातमा ।
सधैं झै आज पनि किरण झिसमिसे मै उठ्यो । संगीनीको निरास मलिन अनुहारमा क्षमापार्थी याचनात्मक भाबमा हेर्यो , संगिनीले कुनै नौलो र उत्साह देखाइनन , नि:शब्द किरण बच्चा हरुको कोठामा छिर्यो, दुनियाँ देखी बेखबर बाल सुलभ निन्द्रामा थिए ति …. । मन मनै मुरी मुरी माया दियो । भाब बिभोर भएर टप्किनै आटेको उस्को आशु पछाडि कसैको आवाजले रोक्कियो । थाहा नै नभए झै किरणले ध्यान कतै मोड्ने कोशीस गर्दै थियो तर काँध मा संगीनीको हात उस्ले महसुस गर्यो । उन्को आँखा मा हेर्ने साहस किरणले बटुल्न सकेन बच्चा झै लपक्क अँगालो हाल्यो र आशु खसाल्यो लुकाएर । उ अझै निसब्द नै थियो । मन मनै उ माफि माग्दै थियो सुख दिन नसकेकोमा र सदा को लागि मनग्य माया लिदै थियो उनी सित । मन भित्र एउटा अकल्पनिय निर्णय बोकेर ब्युझिएको किरणले अप्रिय बाटो रोजेको थियो । संगीनी सित आँखै नजुधाइ दैनिक बोक्ने गरेको एउटा ब्याग बोकी बाहिर निस्कियो । आमाले पूजा कोठा मा बजाएको घन्टले बच्चा पनि ब्युझि सकेका थिए । उ अगाडि बढ्यो माथि झ्याल बाट बच्चा र तल ढोका बाट जीवन संगिनी ले किरण लाई पछ्याइ रहेको भान थियो । जब भन्झ्याङ बाट ओरालो लाग्नु पर्ने भयो किरण ले साहस गरी घर तिर फर्की हेर्यो सबै को आँखा उस्लाई नै ताकेको ताक्यै रहेछन । किरण थुचुक्क बस्यो र अनायास भक्कानो परेर रोयो धित मरुन्जेल । आफ्नो लाचारी प्रती प्रायश्चित गर्यो, माफ माग्यो आँफै सित र यो समाज सित अनी बाटो लाग्यो अदृश्य गन्तब्य तिर । बाटोमा भेटिएका कसै सित पनि हाइ हलो भनेन लगाम लागेको घोडा झै सिधा हिडि रह्यो गोरेटो सडक र हावाइ मार्ग हुँदै ……….
समयको निरन्तरताले सन्तान जवान भैसके । संगीनी बृद्ध भैसकीन ।आमा परमधाम भैसकिन । संगीनीका आँखा अझै बाटो हेरी टोलाई राखेका छन कतै टुप्लुक्क आइपो हाल्छन कि ? कतै हुलाकी ले खबर पो ल्याइ हाल्दछन कि भनेर ………..
समाप्त
०६-२०-२००९
(स्रोत : Dautari )