~कुमार सिंह के.सी~
गरिब भएपनी, भिख माग्न परेको छैन
एकदिन कमाउछु, म अझै मरेको छैन
थाहा छ मलाई, तिमी महलमा बस्छौ,
म पनी त, सडकमा बास गरेको छैन
टालेको लगाउछु, सिस्नो खोले खान्छु ,
तर मान्छेहरुको,नजरबाट झरेको छैन
पसिनाले कमाईले, सधै सन्तुष्टी दियो,
जता सुख छ, म उतै उतै सरेको छैन
मान्छे हो, कही कतै काम लाग्छ भनेर,
दुष्मनलाईपनी,कर्के आँखा तरेको छैन
अर्घाखाँची
(स्रोत : Nepalisahityaghar.com)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.