के भनेर चिन्छौ मलाइ मेरो कुनै नाउँ छैन
घुमन्ते भै बित्यो जीवन बास बस्ने ठाउँ छैन ।
न त छोड्न सके छाप न त कुनै इस्ट मित्र
बेवारिसे भा’छु आज उपमा त्यो गाउँ छैन ।
चल्छ यहाँ नेताको नाम कि त हुनु पर्छ डाका
सभ्य मानब भई बस्दा त्यसको कुनै भाउ छैन ।
कलि युग लागेको छ पशु देखि प्राणी सम्म
कोरलिन्छन चल्लाहरु खोजि गरे माउ छैन |
तस्करीको लामो ताँती दिनदहाडै अशुरक्षित
खोर भित्र जाकुँ भने समाउँने दाउ छैन।
निस्वार्थी छ आमा सब्द बोकी हिड्छिन लालाबाला
जात भने मनुषको छ खोजि गरे बाउ छैन ।
बल्झी बल्झी दुखि रैछ नेपाल आमा तिम्रो मुटु
खोक्रो पारे धमिराले देख्ने कुनै घाऊ छैन ।
कल्पना भाबुक
काठमाडौँ
हाल इजराएल
(स्रोत : Shabdahar )
मनका धनि हुन्छन यहाँ साहित्यमा लाग्ने मान्छे ,
सफलताको सिंढी चड्छन् बिहानीमा जाग्ने मान्छे
जस्तो जस्तो कर्म गर्यो उस्तै फल मिल्छ यहाँ ,
जिन्दगी भर दु:ख पाउँछन सत्य सँग भाग्ने मान्छे
संघर्स नै जीवन भनी सुख दु;ख नरोज्नाले ,
लाचार भै बाँचेका छन हात फैल्याइ माग्ने मान्छे
नाम बिना परिचित छन् बिर्से पछि मानबता,
इज्जत बिना बाच्नु पर्छ दुनियालाई चाख्ने मान्छे
अहंकार त्यागी जसले जीवन लाई नियाल्दछ
सम्मानित हुन्छ उही अरुको मान राख्ने मान्छे ।