~पुस्कर बन्जाडे~
बारीको कान्लो मिचियो
केहि बोलीन
सोचेँ
छिमेकी हो
गार्हो सार्हो पर्दा काम लागेको छ
खेतको आली मिचियो
केहि बोलीन
पछाडी फर्किएँगाउँले हो
मर्दा पर्दा काम लागेको छ
यस पाली त
देशको सिमानानै मिचिएको छ
ईतिहास पल्टाएँ
न मर्दा काम लागेको छ
न पर्दा काम लागेको छ
मेरो देशको छातीमा कुल्चीनेको सामू
अहिले त मलाई
मेरो खीया लागेको खुकुरी
उधाउने रहर जागेको छ..
(स्रोत : Kaflesantosh.wordpress.com )