बुवा बितेको भर्खर एक बर्षको बर्खी सकेको एक महिना जति भएको थियो होला। एक दिन आमाले मलाई र दाईलाई बोलाएर आचम्मको कुरा गर्नु भयो । आमाले दाईसंग “अब म पनि धेरै बाच्दिन होला त्यसैले बिनोद तैंले बिहे गर् । मलाई नाति अथवा नातिनीको अनुवार हेरेर मर्न मन छ “ भन्दा म र दाई एक अर्काको अनुवार हेरेको हेरै भएका थियौं ।
दाईले पर्तिकार नगरेको होईन तर आमालाई के भएको थियो एकोहोरो जित मात्र गर्न थाल्नु भयो । दाई आफै बेरोजगार थियो आफ्नै दुईवटा खुट्टामा हिड्न त गार्हो त्यसमाथि चारवटामा कसरी हिड्नु ! अझ आमाको कुरा अनुसार त छ वटामै हिड्नु पर्ने !! तर पनि केहि सिप लागेन दाईको हुन्छ भन्नु बाहेक अरु बिकल्पनै थिएन । अनि हुन्छ नै भन्यो पनि ।
त्यसपोछी केटी हेर्ने चक्कर सुरु भयो दाईको । एक पोछी अर्को गर्दै हेर्दै जाँदा एउटा चाहि मन पर्यो । सायद उनले पनि दाईलाई मनपराइछन् । कुरा अगाडी बढ्दै गयो । किनमेल सुरु भयो । गहना , लत्ता कपडा, महङ्गा सामान संगै थुप्रो ऋण पनि जोडियो । आमा खुसी हुनुन्थ्यो किनभने बुवा नभए पनि ठुलो जिम्बेवारि सकिदै थियो आमाको काँधबाट। म चाहि दङ्ग थिए दुलाहाको भाई बन्न पाएकोमा ।
बिवाहको दिन पनि आयो जन्ति सबै तयार भए । एकछिनमा हिडेपनि । पोखराबाट लेखनाथ जन्ति जानु धेरै बाटो थिएन , लगभक आधाघणटमै हामी बिवाह हुने ठाँऊमा पुग्यौ । दिनभर पणडितले जे जे गर्न लगायो त्यहि त्यहि गरे मेरो दाई र हुनेवाला भाऊजुले । बेलुकी बिवाह सकियो । अरुले के के पाए मलाई थाहा थिएन तर मैले चाहि सुनको औँठी र एक जोर कपाडा पाएको थिए दुलाहको भाई भएर ।
जादा जति जना गएपनि भरे फर्कदा हामी एकजना नँया मान्छे लिएर फर्केका थियौ घर । त्यसरी नै नेपाली चलन अनुसार भाऊजुलाई घरमा भित्राइयो । त्यसपोछीको दिनहरु निकै राम्रो गरी बित्दै थियो । भर्खर मात्र बुवा बित्नुभएको घाउमा मलम लाग्दै गएको थियो । भाउजुपनि साह्रै असल थिइन् । मलाई र आमालाई पनि साह्रै माया गर्थिन । सबैले आमालाई तेरि बुहारी लक्ष्मी जस्ति छ भन्दा आमा गजक्क पर्नु हुन्थयो खुसीले । अब अर्को समस्या के थियो भने घरको दाई र म दुवै बेरोजगार, बुवाको अउने थोरै पेनसनले खान मत्र ठिक्क हुने । के बचाउने र के ले ऋण तिर्ने भन्ने समस्याको तनाब चाहि हामी सबैको अनुहारमा झल्कीन लागेको थियो ।
फेरी दिन बित्दै गए । दाईको बिबाहको लगभक चार महिना भएको थियो होला । एक दिन सबै परिवार संगै भएको बेला दाईले अचम्मको निर्णय सुनायो । “ म अब बिदेश जान्छु , पैसा कमाएर सबै ऋण तिर्छु , अनि शुखसंग बसौला “ दाईले यसो भन्दा आमा त झसंगै हुनु भयो र सहमति दिनु भएन । हुन त भाउजुको पनि सहमति कहाँ थियो र यो कुरामा । तर यो पालो जित गर्ने पालो दाईको थियो र जित्यो पनि ।
त्सयको अर्को नै दिन दाई जिल्ला प्रशासन कार्यलाय कास्की पुग्यो र पासपोर्ट पनि बनायो । अनि फेरी अलि दिनमा काठमांडु पनि हिडि हाल्यो , कुनै एजेन्ट पनि भेटायो र जाने नै निश्चित गरेर मात्र पोखरा फर्कियो ।
फेरी दिन बित्न सुरु भो , एक महिना बितेको थाहानै भएन । हुन त बितेको समय जहिले यस्तै नै हुन्छ छिटो बितेजस्तो लाग्ने । ढिलो त आउने समयले मात्र गर्ने हो । घरको मुलढोका, ढोकाको दुइतिर अम्खरामा फुल राखेर साइत गरेको । आमा रुदै भन्नु हुन्छ “बाबु फोन गर्दै गर्नु , दुःख भयो भने फर्कि हाल्नु ! नुनिलो सुकिलो जे छ त्यही खाउला , जसरी सकिन्छ त्यसरी नै बाचुला !!” फेरी दाई भावुक हुदै भन्छ “ चिन्ता नगर्नुस् आमा, दुई बर्षको कुरा त हो त्यासपोछी फर्की हाल्छु नि म ! मेरो याद आयो भने माथि आकाशको चन्द्रमालाई हेर्नुस र बुझ्नुस् कि मेरो छोराले नि त्यहि चन्द्रमा हेरेको छ । आखिर यहाँबाट देखिने चन्द्रमा र त्यहाबाट देखिने चन्द्रमा एउटै हो । अनि कसरि मा टाढा हुनेछु त ?”
दाईले त्यसो भन्दा आमा झन् ठुलो ठुलो स्वरले रुनुभो । संगसंगै भाउजु पनि रुन थाल्नु भो । मा चाहि भावुक मात्र भएको थिए । रौं भने रुन आउदैनथ्यो , हाँसु भने सबै रोएको बेला कसरी हास्नु । के गर्नु-गर्नु भएको थियो तर मन भने नरमाइलो भएको थियो ।
दाई हिंड्यो घरबाट बिदा भएर, मा चाहि दाइको पोछी पोछी हिडे दाईलाई काठमांडु संम छोड्न। पोखराबाट हिडेको लकभक तिन घणटामा मुग्लिङ के पुगेका थियौ बाटो जाम थियो । पोछो बुझ्दा थाहा भयो बाटोमा एउटा गाडीले बच्चा किचेको कुरालाई लिएर स्थानिय बासीले बाटो बन्द गरेका रहिछन तर हाम्रो राम्रै भाग्य भन्नु पर्छ केही घण्टामा कुरा मिलेछ र बाटो खुल्यो ।
मुग्लिबाट हिड्दा सुर्य रातो रातो भएको थियो अनि त्यसको एकछिनमै कता बिलायो बिलायो । बिस्तारै तरा देखिन लाग्यो तर जुन देखिएन । थहा पाए औँसिको रात रहिछ , अध्यारो । दाई हिड्दा आमाको मुख जस्तो अध्यारो , भाउजुको मन जस्तो अध्यारो अनि बिदेश हिड्न लागेको दाईको जिवन जस्तो अध्यारो ।
काठमांडु पुग्न लागेको मात्र के थियौ नौबिशेमा अर्को जाममा परियो । नागढुङ्गामा बाटो बनाउन लागेकोले गर्दा नेपालीलाई यहा हुने जाम सामान्य जसतो भईसकेको थियो । तर त्याहाँ पनि धेरै बेर अड्किनु परेन एक घण्टामै खुल्यो र हामी काठमांडौ पुग्दा राति भइसकेको थियो त्यसैले अरु ठाउँ सम्भवनै भएन र गोङ्गबु कै कुनै एक होटेलमा पुगेर थकाई बिसायौं ।
दाई र मेरो बिच बाटोमा के के कुरा भए खासै याद छौन मलाई तर होटेलमा सुत्नु भन्दा अगाडी दाईले मलाई भनेको थियो “ हेर बाबु त पनि अब ठुलो भइस् , अली सोच त बुवा त बितिसक्नु भो अनी अब म पनि बिदेश हेडें । अब आमा र भाउजु तेरो जिम्मा । र अर्को कुरा तेरो भाउजुको पेटमा भर्खर एक महिनाको बच्चा छ । त्यसैले ख्याल गर्नु घरको अब सबै जिम्मा तरो टाउकोमा छ र तँ संग समय पनि छ त्यसैले राम्रो संग पढ्नु आमा र भाउजुको ख्याल गर्नु अनि आफ्नो पनि ख्याल गर्नु ।“ म हुन्छ भन्दै टाउको मात्र हल्लाउंछु ।
त्यो दिन थाकेको भएर होला सार्है मजाले निदाए म । दाई के गर्यो मलाई थाहा भएन । अनि फेरी अर्को दिन बेलुकी साढे सात बजेको कतार एयरको फ्लाइट दाईको । हामी तिन बजेतिर एयरपोर्ट पुग्छौ । दाईले आम र भाउजुलाई फोन गर्छ भित्र छिर्ने बेला भयो भन्न । फोन राख्दा दाईको आखाँ पनि रातो भएको थियो । दाई भित्र छिर्ने समय हुन्छ । रगतको नाता न पर्यो मेरो पनि आफै आखाँबाट आँशुको धारा नै बग्न थाल्यो । त्यति साह्रो त म कहिले रोएको थिइन । सायद बुवा बित्दा पनि ।
दाई भित्र गएको धेरै समयसंम एयपोर्ट बाहिर नै बसे एक्लै । माथि आकाशबाट ठुलो आवाज आयो हेरे कतार एयर लेखेको बिमान उडयो । मेरो दाईलाई बोकेर , हाम्रो घरको सपना बोकेर , हम्रो मात्र किन हजारौ नेपालीले दिन दिनै देख्ने लाखौं सपना बोकेर ।
त्यसको अर्को नै पोखरा फर्कीन्छु । खै ! किन किन मन आफैमा नरमाईलो लाग्छ !! भउजुलाई हेर्छु , अनी आमालाई पानि कता हो कता केही गुमाएको जस्तो अनुवार देख्छु दुवैमा । त्यो देख्दा झन् दुःख लाग्छ । हसाउन र मजाक गर्न मलाई आउथेन त्यसैले नि होला सायाद । कहिले कसो एक्लै लेकसाइडतिर घुम्न जान्थे तर झन नरामाईलो लाग्थ्यो । सानो हुदा बुवा,आमा म र दाई बेला बेला घुम्न आएको यादले सताउन्त्यो । फेरी त्यही नजिक बशुन्धरा पार्क पनि थियो जहा सानोमा दाई र म भागेर पिङ्ग र चिप्लेटि खेल्न जान्थ्यौ । बास्तवमा आमा र भाउजु भन्दा नि मैले नै धेरै कुरा गुमाएको छु कि जस्तो पनि लाग्थ्यो । तर आमाको र भाउजुको दुःख उनीहरुलाई नै थाहा थोयो होला मेरो मलाई नै । सबलाई आफ्नै दुःख ठुलो लाग्ने त हो संसारमा ।
दिन दिनै गर्दै भाउजुको पेट ठुलो हुदै गइरहेको थियो । आमा र भाउजु दुबैको आश ठुलो थियो । सायद सात समुन्द्र पारी पनि ठुलै आशा थियोहोला हुनेवाला बावुलाई । त्यही बेलामा मलाई चाही बाह्र कक्षामा तिन बिषय लागेर फेल पनि भइएको थिए । तर किन हो कुन्नि मतलबनै लागेको थिएन । दशै आयो , ठ्याक त्यही बेला बिदेशबाट पैसा पनि आयो । त्यही पैसाले घरको समान अनी दशैको कपाडाहरु पनि किनेका थियौं हामीले ।
टिकाको दिन पनि आयो । भाउजु आएपछीको पहिलो टिका अनी दाई गएपछिको पनि पहिलो टिका । तटिकाको ठ्याक साइत हुने बेला घरको फोन बज्यो । उठाउँछु दाईको फोन रहिछ । आँखाबाट आफै आँशु पो बग्न लाग्यो मेरो त । कुरा गर्न सकिन आमालाई फोन दिए । आमा त झन् के कुरा गर्न सक्नु हुन्थ्यो र बिचरा आमाको मन न पर्यो । त्यो बर्षको दशैको टिका रोएरै बित्यो हाम्रो ।
त्यसपोछी धेरै समयसम्म दाईको फोन आएन । न त यताबाट गर्दा फोन नै लाग्यो । पुस महिना संगै बेस्करी जाडो पनि सुरु भयो पोखरामा । तर दाईको फोन न आयो नै न त लाग्यो नै अहिलेसम्म । पोखराको ठाँउ पानिको कुनै भर नै नहुने एक रात मजाले पानि परिरहेको बेला भाउजु बेस्मारी कराउन थाल्नु भयो दुख्यो भनेर । मैले फोन घुमाए । एम्बुलेन्स आयो । अस्पताल पनि पुगियो ।
प्रसुति कक्षको बहिर म, बित्र आमा र भाउजु । कुर्दा कुर्दै बिहान नै भयो । भित्रबाट केही खबर थिएन। दाईलाई फोन फेरी घुमाउछु , खबा उता पनि केहि थिएन । अतिनै झ्याउ लग्यो के गरु के नगरु जसतो पनि भयो । बिस्तारै घाम पनि झुल्किन लाग्यो । बाहिर निस्किए अनि त्यो दिनको पत्रिका किनेर ल्याए ।
पत्रिकाको पहिलो पाना मात्र के पल्टाउन भ्याएको थिइ । पुरै शरिरमा पसिना आयो, शरिर थरर…. थर… काप्न थाल्यो । जता त्यतै अन्धकार देख्न थाले मैले । त्यही बेलामा आमा आउनु भयो र भन्नुभो “ ल बधाई छ तलाई ,मलाई , हामी सबलाई ! तेरो दाईको छोरा भयो ठ्याककै तरो दाईको अनुवार भएको !!” तर मेरो मुख धेरैनै अध्यारो भएको देखेर फेरी आमाले सोध्नुभो “के भयो तलाई ? किन मुख कालो गरेछस् ?”
म मौन हुन्छु , आमाले हातको पत्रिका खोस्नु हुन्छ अनि सिधै बेहोश् हुनुहुन्छ । पत्रिकाको प्रमुख पेजमै लेखेको हुन्छ “ खाडिमा बिनोद शर्मा नमाक युवकको छतबाट खसेर मृतु” । आमालाई त्यही अस्पतालको आई. सी. यु. मा लगिन्छ । मेरो दिमागमा सोचाई खेल्न थाल्छ “ फेरी नया जिवना संसारमा आयो र अर्को गयो । एउटा आमाको काख गयो र अर्को आमाको काख भरियो । हरे भगवान धन्य छौ तिमी हाम्रो परिवारमा दुई जना बावु नाभएको टुहुरा र दुई जना बिदुवा गरायौ ।“ फेरी दाईले हिड्ने बेलामा आमालाई भनेको कुरा सम्झन्छु “ हो चन्द्रमा त्यही नै हुन्छ चाहे दाई या कोही संसारमा होस् या न होस् । र चाहे दाईको छोरा होस् या अन्य कोही जन्मुन साक्षी नै होला त्यही जुन । तर दाईले जुन दिन भनेको थियो त्यो दिन नै औंशी परेको ठ्याक्क याद आउछ मलाई ।
दुई दिन पोछि आमालाई पनि आई. सी. यु. बाट निकालियो । तर घर भने लगिएन बरु लगियो सेतो कपाडामा बेरेर सेति को बगरमा र जलाईयो त्यही ठाउँमा जुन ठाउँमा जहाँ पहिले नै बुवालाई जलाईको थियो । दाई पनि फर्कियो अलि दिनमा तर कतार एयरको सिटमा बसेर होईन बरु काठको बाकसमा बसेर ।
त्यसरी हाम्रो सोर्ग जस्तो घर नर्क भएको थियो । तर अहिले मेरो परिवार भनु कि हाम्रो परिवार भनु । जे भनेपनि त्यो परिवारको सद्स्य भन्नु तिन जना। म, मेरो श्रीमति र मेरो श्रीमति र मेरो दाईको छोरा ।
(स्रोत : Kathasahitya )