~दलबहादुर बस्नेत~
मान्नेज्यू पालिसदार भाषण् छाँट्नु हुन्छ
मञ्च पाए थोत्रा आश्वासन बाँट्नु हुन्छ।
महामहिमहरूका घर दैला चाहारेर
टोल–टोलमा पुगी जनता भाँड्नु हुन्छ।
संविधान भरी हकै हक राखेर
मजासँग जनता ढाँट्नु हुन्छ।
सभा भवनमै घचेटाघचेट गरेर
ताण्डव नाच नाँच्नु हुन्छ।
मान्ने ज्यूको लोभलाग्दो चटक हेरेर
जनता भने न बाँच्नु न हाँस्नु हुन्छ।
(स्रोत : Nepalpati)