बिहानीको किरण ओडि मोती बन्छे शित।
शित उडी बादलुको लुक्छे घुम्टो भित्र।।
शित जस्तै उडी जाने सास हाम्रो एक् दिन्।
‘जिवन’ हाम्रो के हो आखिर्? सोची हेरौँ एक छिन्।।
समयको बेग संगै गतिशिल् छ जिवन्।
मनको बाँध्ले रोकिन्दैन चन्चल् हाम्रो यो मन्।।
जति भाग्छ जिवन् हाम्रो यात्रा त्यति नजिक।
जिवन्-पथको गन्तब्यमा पुग्ने लक्ष्य अडिग।।
कर्मशील बन्नै पर्छ कर्म सँग जुझ्न।
सुख्-दुख झेल्नै पर्छ जीवनलाई बुझ्न।।
निराशाको घुम्टो ओडे जिवन् बर्बादी।
जिवनलाई हरपल बनाउँ आशाबादी।
(स्रोत : साहित्य संग्रहालय )